banner
banner

पृथ्वीनारायणलाई सम्झदै

प्रा.डा. खेमकोइराला (बन्धु) - 
के चुनिएका सिपाही के भाइ भारदार तिनलाई दौलत कमाउन नदिनु, मान्छे हेरी हुर्मतमा मात्रै राखिदिनु । 
– पृथ्वीनारायण शाह 
उनले भनेकै थिए – ‘राग तान व्यसनमा भुल्न नदिनु’ । तर आज यो सबै विर्सिएको छ । 
भ्रष्टाचारी सबै देशमा हुन्छन् तर भ्रष्टाचारीको चाहिँ कुनै देश हुँदैन । कतै पढे थिएँ ।
“जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
यही चालसित कल्प कल्प कहिल्यै खाई अगाउन्न त्यो ।’
– लेखनाथ पौड्याल
हिजो पनि भ्रष्टाचार थियो, आज पनि छ, भोलि झन् रहन्छ । 
चाणक्यले भनेकै थिए – भ्रष्टहरुको अवैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन छ । 
सामन्तवाद विरुद्ध लड्नेहरु आज आफै सामन्त बन्न पुगे । निरंक’शता श्रीपेच बन्यो भन्नेहरु आफै राजा र महाराजा बने । कयौँ भारदार अगाडि खडा भए देश शासकै शासकमय भयो संघीयताको नाममा जनताले पाउने भन्ने सुविधा कता कता । सिंहदरबारमा २५ राजा, प्रदेशमा ७, जिल्लामा ७७, महानगरमा ६, उपमहानगरमा ११, नगरपालिकामा २७६, गाउँपालिकामा ४६०, वडामा ६७४३ छँदैछन् । यिनैसँग जोडिएका छन् । प्रतिनिधि सभाका २७५, अपर हाउसका ५५०, प्रदेश सांसद ५५० कति छन् हाम्रा शासकहरु । राज्यबाट तलब, भत्ता र सुविधा लिनेहरु यिनीहरु जनताको पेट काटेर सुविधा लिन्छन् अनि सम्माननीय श्रीमान् भनाउँछन् र यिनीहरुको छवि यसबारेमा कुरै नगरौा । भुक्त भोगी जनतालाई थाहा छ यिनीहरुको कति त यिनीहरु के गर्छन् के गर्दैनन् त्यो खोजीको क’रा हो । दश प्रतिशत मात्र पनि तलब भत्ता धारीले सुशासन तर्फ जनताको निम्ति काम गरे कति हुन्थ्यो भन्ने प्रश्न उठ्छ । आफ्नो आफ्नो छातीमा हात राखेर आत्मालाई साक्षी राखेर सोच्न’ पर्ने –
भ्रष्टाचार क्यान्सर हो । असल शासन र आर्थिक विकासको बाधक भ्रष्टाचारले अराजकता निम्त्याउँछ । हिमालचुली जत्तिकै सम्पत्ति थुपार्नेहरुबाट देश अति विपन्न हुन्छ तर भ्रष्टाचारीहरु अगाउादैनन् । उनीहरु लुटछन् मोज मस्ती गर्छन् अनि त्यसपछि धोका दिन्छन् । राज्यकोषमा हाली मुहाली गर्नु अझ जनतालाई पनि चुस्नु उनीहरुको विशिष्ट पहिचान हो । भ्रष्टाचारीहरुले देश मात्र होइन विदेश सम्ममा पनि आफ्नो रंग पुर्‍याउँछन् । भाग शान्ति वण्डा गर्छन् कतिपय ठाउामा त भ्रष्टाचारको नियन्त्रण गर्ने नाटक पनि गर्छन् । अथाह सम्पत्ति जोड्छन् अपराधको हिमालचुली तर सजाय शून्य । अशुद्ध नियत । 
गुन्नार मेन्ड्राल नामक समाजशास्त्री, अर्थशास्त्री भन्छन् – शासनमा आउने नयाँ जमातले क्षणिक देखावटीका निम्ति पुरानालाई भ्रष्ट घोषित गरी दण्ड दिए जस्तो गर्छन् तर नयाा शासक स्वयं भ्रष्टाचारमा लिप्त हुन प’ग्छन् । कस्तो गजबको कुरा जिरो टोलरेन्स अर्थात् शून्य सहनशीलताको निम्ति सधै नै न्यायाधीश, मन्त्री, विधायक, नेता सबै कुर्लिरहन्छन् र भ्रष्टाचार नियन्त्रण हुँदैन । सदाचार पद्धति निर्माण ह’ादैन । भ्रष्टाचाररहित समाज भेट्न देख्न पाइदैन राज नेतृत्व या उच्च पदाधिकारी मात्र होइन सबै यही भ्रष्टाचारको निम्ति लालायित ह’न्छन् जति सक्दो छिटो पैसा कमाउ अक’त सम्पत्ति जोड सात प’स्तालाई प’ग्ने गरेर । 
हिजो राजाले भ्रष्टाचार गर्‍यो दरबारले गर्‍यो पनि भन्ने गर्थे तर आज त न राजा छ न दरबार छ । डन, दलाल, विचौलियाले मनि, मसल, माफियाको माध्यमबाट म्यानुपुलेशन गर्दै भ्रष्टाचारको खैरो खनिरहेका हुन्छन् । कस्तो विडम्बना के न्यायलय । के मन्त्रीपरिषद । के संसद सबै तर्फ यसैले घेरेको छ । मुहान सङ्लो भए न नदी सङ्लो हुन्छ । आज लोकतन्त्र भनिने दिनमा तिनका आधार भनेका राजनीतिक दल हुन् । तिनीहरु स’शासनका विरुद्ध छन् । भ्रष्टाचार उनीहरुको मूल मन्त्र हुन पनि हो भ्रष्टाचारको यस्तो नेट छ जसलाई छिचोल्न वा काट्नै नसकिने । व्यापारदेखि लिएर उद्योग सम्म सर्वत्र भ्रष्टाचारीलाई पञ्चखत माफ छ । हो, अख्तियार छ, महालेखा छँदैथियो सम्पत्ति सुदृढीकरण विभाग छ राष्ट्रिय सतर्कता केन्द्र छादै छ । तर देशलाई वेथितिको फन्दामा पार्न भ्रष्टाचारीहरु ताछाड मछाड लागेर अघि बढिरहेका छन् । दलहरु धमिरा हुन् भ्रष्टाचारका नमूना हुन् नेताहरु पछुवा कार्यकर्ताहरु पुच्छर । घुसखोरी यत्रतत्र छ भ्रष्टाचारलाई राज्य विरुद्धको अपराधमा लिइदैन किनकि सत्ता त राजनीतिको खेल हो । राजनीति मै सत्ता प्राप्त हुन्छ, सत्ताको अपरम्पार महिमा । जे बोल्छन् गर्छन् अर्को । 
भू.पू.प्रधानमन्त्री भट्टराईले सुराई लिएर वालुवाटारबाट निस्के शुशिल कोइरालाको पनि त्यही स्थिति । मनमोहनले पनि कुनै वेइमानी गरेनन् तर यता त आस त्रास सबै देखाएर लुट्ने मात्र शासकको काम । लुट््न लुट्नु जनतालाई जाँतोले घ’न पिसेजस्तै पिसीरहनु ।
लामो कालखण्डदेखि हामी नेपाली भ्रष्टाचारको मारमा परेका छाौ । राणा शासनको कुरै छोडौं । पञ्चायतमा पनि भ्रष्टाचार विद्यमान थियो संसदीय व्यवस्थामा यसले खुल्ला ह’न पायो । लोकतन्त्र आइसकेपछि त कुरै छोडौ हाम्रा शासकह?को मूलभूत उद्देश्य राज्यकोष ल’ट्न’मा केन्द्रित छादैछ । त्यो बाहेक पनि जनतालाई शोषण गनर्’ तिनलाई हुर्मत लिनु उनीहरुको विशेषता देखिन्छ । नेता तिनका कार्यकर्ता प्रशासक जनप्रतिनिधि सबैका भ्रष्टाचार सम्बन्धी अपराध कर्महरु सामान्यतया छोपिएका छन् । जति सार्वजनिक भएका छन् ती अत्यन्त घृणित छन् तर तिनीह? लाज पचाएर बसेका छन् । त्यति मात्र होइन प्रतिष्ठाका नाममा उनीहरु धाक धक्कु र रवाफ दिइरहेका छन् । खोइ तिनीह?ले सजाय पाएको ? जसलाई हामी सम्बद्ध निकाय भन्छौा ती निकायले पनि भ्रष्टाचारलाई कारवाही गनर्’ त कता कता । उल्टो भ्रष्टाचारीलाई इज्जतसाथ सफाइ दिई आफू पनि भ्रष्टबाट प्राप्त रकम लिई कालो बनेको जग जाहेर छ । भ्रष्टाचार हुन्छ भनेर बनाईएका संस्थाहरु भ्रष्टाचार निवारण होइन नियन्त्रण होइन भ्रष्टाचारी नै बनेका अनेकौं उदाहरणहरु छताछुल्ल बनेका छन् । नियन्त्रण गर्ने त्यस्तो कुरालाई निवारण गर्ने रोकथाम गर्ने जस्ता कुरामा दुई तिहाइको सरकार लाग्ने सम्भावना कमै देखिन्छ । अहिले न्यायलयको विशुद्धता अथवा अख्तियारको आाटका कुरा म उठाउन चाहन्न । 
यति मात्र भनौं भ्रष्टाचारमा बदनियतको श्रृखंला छ । यसले समानान्तर सत्ता संचालन गरेको छ । अर्थलोलुपहरुलाई ललिपप खुवाएको छ । म’हान अत्यन्त फोहोर छ लूट र मोज गर भन्ने सिद्धान्त नै बनाए जस्तो छ । न्याय र कान’नलाई गलत रुपमा गलत मनसायसँग प्रयोग गर्दै कार्यान्वयनलाई अत्यन्त फितलो बनाएर भ्रष्टाचारलाई बढावा दिने भ्रष्टाचारीलाई प’रस्कृत गर्ने सम्म काम गरेको छ । नपाउनु अलग्गै कुरा हो पाएमा भ्रष्टाचार नगर्ने को होला ? भन्ने सम्म प्रश्न आएको छ । यो पवित्र देशमा अपवित्र काम गर्नेहरु र भ्रष्टाचारीलाई समाजमा सम्मान दिने परम्पराले ठूला भ्रष्टाचार ग्राइन्ड डिजाइनमा चल्छ भन्ने त स्पष्टै छ । सम्पूर्ण अधिकारीहरु वदनियतसाथ अन’चित कार्यमा लाग्यो भने भोलि देश के होला ? भन्ने प्रश्न उठ्छ । एउटा भनाइ संझना आउँछ –
विषमताको अनुभूतिले समाजलाई विद्रोहतिर मुखरित गर्न सक्छ विषमताको अनुभूति र त्यसको अस्पष्ट संरचनामै वास्तविक विद्रोहको सम्भावना लुकेको हुन्छ । – अमत्र्यसेन, नोवेल पुरस्कार विजेता । लाग्छ, यो दिनतर्फ हामी कतै आउँदै त छैनौं ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper