banner
banner

बल्ल सही दिशामा जाँदैछ

शाश्वत शर्मा -
यही हप्ता ज्ञानेन्द्र शाह सपरिवार दुई हप्ताका लागि पोखराको भ्रमण्मा निस्कदैछन् । बेला बेलामा जनचाहना बुझ्ने अभिप्रायले ज्ञानेन्द्र शाह यस्ताखाले देश दौडाह हुँदै आएको छ । केही दिन अघिमात्र हो, पोखराभन्दा केही किलोमिटरको दुरीमा रहेको सिक्लेसमा नेकपाका अध्यक्ष प्रचडले ज्ञानेन्द्र शाहप्रति कटाक्ष गरेको । केही दिन अघि एउटा पारिवारिक जमघटका बेला काठमाडौंको एक रेष्टुरामा ज्ञानेन्द्र शाह नाचेको विषयमा प्रचण्डले कटाक्ष गरेका हुन् । उनलाई कामज्वरो आएको थियो । सिक्लेस पुगेर अर्का रहस्यमय व्यक्ति कृष्णप्रसाद सिटौलालाई दायाँ राख्दै ‘होटलमा किन नाचेको ?’ भन्दै जर्किएका थिए ।
यो कुरा बेग्लै हो कि सामाजिक सञ्जालमा मात्रै होइन कि किपतय मिडियामा पनि प्रचण्डको यो अभिव्यक्तिको खुब आलोचना भएको थियो । जेहोस्, यसबाट प्रष्टिन्छ कि शान्त भएर बसेका ज्ञानेन्द्र शाहबाट यिनीहरु कसरी तर्सिन्छन् ? यद्यपि मानव स्वभाव नै हो कि आफ्ना गल्ती कमजोरी छोपछाप पार्न अरुतिर ध्यान मोड्न यस्ताखाले अभिव्यक्तिहरु बेला बेलामा आउने गर्छन् ।
श्रीमान प्रचण्डलाई अव राम्रोसँग थाा छ कि अवका दिनहरु आफ्ना लागि र आफ्ना छ्यासमिसे पार्टिका लागि अनुकूल हुनेछैनन् भन्ने । हिजो विदेशीको निर्देशनमा राजसंस्था, हिन्दुधर्म र यहाँको पुरातन संस्कार सिध्याउन, नेपाली जनतालई झुक्याउन रअनेक झूठ बोयिो । आश्वासन दिइयो । अव समय घर्किदै गयो, हिजो छरिएका भ्रमहरु चिरिदै गए । उज्यालो भनेको अँध्यारोमात्र साबित हुनपुग्यो । नेपाली जनाका आँखा उघ्रिदै गए । यिनीहरु बाघको छाला आढेका स्याल पो रहेछन् भन्ने कुरा खुल्दै गयो...अनि फेरि ज्ञानेन्द्र शाहको डर लाग्यो प्रचण्डलाई । अझै पनि ‘राजा’लाई देखाएर आफू चोखिन सक्छु भन्ने भ्रम छ यिनीहरुलाई । त्यसै किन नाचेको सम्म पनि भन्छन् ? कठै कम्युनिष्टहरु ?
उता प्रमुख प्रतिपक्षीका केही नेताहरुको घैंटोमा अलि अलि घाम लाग्न थालेको देखिन्छ । नेपालालाई हिन्दुराष्ट्र नै बनाउनु पर्छ नेपाली कांग्रेसलाई वीपीको लाइनमा नै दौडाउनुपर्छ भन्ने केही नेताहरुलाई लागेको छ । राजधानीमा जारी कांग्रेस महासमितिको वैठकमा यी कुराहरुले चर्चा र प्रवेश पाइरहेको छ । जेहोस्, ढिलो भए पनि कांग्रेसका एकाध नेताहरु बाहेक अन्यको घैंटोमा घाम लाग्न थाल्नु राम्रो विषय बनेको छ । लााग्छ, कांग्रेस सुध्रिदैछ, सही राजनीतिक मार्ग पहिल्याउनतिर अग्रसर भएको छ । कांग्रेसीहरु उत्साही पनि भएका छन् ।
सत्तारुढ नेकपा स्थायी समितिको बैठक पनि यही बेला बल्ल बल्ल बस्न सकेको छ । कांग्रेसभित्र हिन्दुराष्ट्रले प्रवेश पाएको विषयलाई लिएर नेकपाका अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनबाट कमजोर बनेकोकांग्रेसमा अनेकता व्याप्त भएको भनेर भनिएको छ । अव के भन्ने ? दुई तिहाईको सरकार हाँकिरहेको नेकपाका ओली नेतृत्वको सरकार त्यसै पनि धरमरको स्थितिमा छ । प्रभावशाली नेता वामदेव गौतमसमेत ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेर गल्ती गरिएछ भन्ने वक्तव्य दिन थालेका छन् । त्यस्तै इसाईको होली वाइन खाएर अझै तंग्रिएका माधव नेपालहरु प्रहारमाथि प्रहार गरिरहेका छन् । अझ अध्यष प्रचण्ड स्वयम् ओलीलाई गिराएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न मान्छे उचालिरहेका छन् । ...तर नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा कांग्रेस आफ्नो असफलता ढाकछोप गर्न सरकार विरुद्ध भ्रामक प्रचारमा उत्रेको छ भनिएको छ । त्यस्तै गरेर आफ्नै सहयात्री पार्टीहरु राजपालाई चैं दुविधा ग्रस्त र संघीय समाजवादी फोरमलाई तुलनात्मक रुपमा उदार र सकारात्मक सोच राख्ने शक्ति ठानिएको छ ।
माथि माथि एकीकरण गरेर पनि तल तलसम्म अझै दुई पार्टीका रुपमा रहेको नेकपा वास्तवमा आफैमा अन्यौलग्रस्त छ । यो पाट िहो वा क्रिश्चियन धर्म प्रचारक एउटा संस्था, यसमा नेपालीहरु अन्यौलमा परिसकेका छन् । ९४ प्रतिशत जनता ॐकार परिवारमा आवद्ध हिन्दु नेपालीहरुलाई खुलेआम हाँक दिदै क्रिश्चियन धर्मगुरुको होली वाइन पिउनेहरुको पतन अव अवश्यम्भावी छ । त्यसकारण पनि परिवारका साथ रहेको ज्ञानेन्द्र शाहलाई किन होटेलमा नाचेको ?भ न्ने जस्ता सस्ता प्रश्नहरु आउन थालेका हुन् ।
समष्टिमा भन्नुपर्दा नेपाली राजनीति जनआन्दोनलपछिलादिएको भन्दा फरक, अझ उल्टो दिशामा घुम्न थालिसकेको छ । प्रमुख प्रतिपक्षी सच्चिदै छ भने सत्तारुढ पार्टी आफ्नो नालायकी र असक्षमताबाट गलती माथि गल्ती गर्दै जाँदो छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यी सबै असक्षम सावित भइसके भनेर दोहोर्‍याउनु परोइन । अवका दिन र दिशा भनेकै परम्परागत शक्तिसँगको सहयात्रा र हिन्दुराष्ट्र र राजसंस्थालाई यथास्थान दिनु हो । लाग्छ नेपाल पूर्व संविधानमा सुधार गरेर समयानुकूल बनाएर अघि बढ्ने वातावरणतिर अग्रसर भएको छ । यही नै सहीमार्ग पनि हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper