banner
banner

राजनीति र जनता एकै हैनन्

स्वयम्भु नाथ कार्की -
विश्वका अधिकांश भयंकर नरसंहारहरु राजनैतिक नेताहरुको छुद्र स्वाथ्र्यको परिपुर्ति गर्ने कामको निमित्त भएका छन । जनसाधारणको सामान्य जनजीवन मृत्युजस्तो कष्टकर नेताहरुको कै सत्तामोहले भएका छन । गाउँलेहरु , आफन्तहरु अझ एकै परिवार भित्रकाहरु बीच काटाकाट मारामार नेताहरुको तुच्छ स्वाथ्र्यको निमित्त भएको छ । अलग अलग नेताहरुको स्वाथ्र्यको निमित्त एक अर्काको रगतले होली खेल्न तम्तैयार जनताले एक पटक माथी फर्केर हेर्ने हो भने अनौठो देख्नेछन । जसका निमित्त आफन्तको पनि वली लिनदिन तैयार छन उनीहरु बीच त कुनै प्रकारको वैमनश्य नै छैन । केवल आफ्नो वल अर्कोलाई देखाउन हजारौ लाखौ जनताको सुख चैन, ज्यान समेत होम्न तैयार भएका हुन्छन । 
हुनत सबै नीतिहरुलाई नियन्त्रण गर्ने नीति भनेर राजनीतिलाई हमेशा सर्वोच्च स्थान दिईने गर्दछ । कर्तव्य र जिम्मेवारीले बाँधेको राजनीति वास्तव मै सबै नीति भन्दा सर्वोच्च हुन पनि सक्छ । तर जव राजनीति निरंकुश हुन्छ, अर्थात त्यसलाई सहि बाटोमा डोर्‍याउने कुनै शक्ति रहदैन तव यो भन्दा छुद्र नीति अरु कुनै हुँदैन । अझ त्यसमा अत्याधिक बहुमतको छाप लाग्छ त्यो वेला राजनीतिमा लिप्त भएकाहरु अधोषितरुपमा आफुलाई इश्वर, परमेश्वर, परमात्मा नै ठान्न थाल्छन । निरिह जनता चाहे असमर्थताले होस वा अज्ञानताले उनीहरुको यो दावीलाई सत्य मान्न थाल्दछन । अनि यसको परिणाम हमेशा जनताको दुर्भाग्यको रुपमा आउने गर्दछ ।
राजनीतिवाजहरु जव आफ्नो शक्ति अर्कालाई महशुस गराई सक्छन, आफ्नो वेअर्थी कुराको निमित्त केहीको रगत बगाई सक्छन  त्यसपछि हुन्छ वार्ताको नाटक । लचिलो बनेको बहानामा जे सपना देखाएर जनताको रगतको होली खेलिएको थियो त्यो बहाना नै हराउछ । जनता फेरी अर्को पल्ट रगतको होली खेल्न आउन भनेर क्षतिपुर्ति रकम तोकिन्छ । अनि त्यसको परिवार आफ्नो प्रियजनको प्राणको मोल वापत त्यो रकम बुझेर आँशु पुछ्दै छेउ लाग्छ । यस्तो खेल खेल्दा ज्यान गुमाउने दुवै पक्षकाहरु जनता नै हुने गर्दछन । नेताहरु त हमेशा सुरक्षित नै रहने गर्दछन , सुरक्षित मात्र हैन एक अर्काको न्यानो माया पनि पाउने गर्दछन ।
यदि कतै कुनै जनताको असन्तोष प्रकट हुन थाल्यो भने त्यसले कालान्तरमा नेताहरुको र जनताको अलग वर्ग रहेछ भन्ने चेत नपलाओस भनेर कुनै नेता त्यसको नेतृत्व गर्ने र कुनै नेता त्यसको विरोध गर्ने अभिनय शुरु गर्दछन । जनता पनि हाम्रो असन्तोषलाई नेतृत्व गर्न कोहि त आयो भनेर मख्ख पर्दछन । तर विस्तारै त्यो असन्तोषलाई मोडेर नेता वर्गले आफ्नो हितमा प्रयोग गरेरै छाड्छन । यो नेपालको मात्र हैन सम्पूर्ण तेश्रो विश्वको कटु वास्तविकता हो । यो हुनसक्ने दुरदर्शी महेन्द्रले करिव आधाशताव्दी पहिले नै देखेर नेपाली नेपाली एकै हौ भन्ने अभियान शुरु गरेका थिए । 
महेन्द्र सरकारले मनसा, वाचा, कर्मणा नेपाली नेपाली एक हुन भन्ने स्थापित गराए । शोषण रहित समाजको सृजनार्फको यात्रा शुरुगरे । शोषणको स्वभाविक कारण जनतालाई जातिय तथा साम्प्रादायिक  रुपले बाँड्नु हो यसले एक नेपालीले अर्को नेपालीलाई पराई देख्छ । यसले जनता बीचको एकता टुटेुर आत्मबल हराउँछ अनि शरु हुन्छ बलियाले निर्धोलाई गर्ने थिचोमिचो । धनी गरिव बीचको शोषक र शोषितको सम्वन्ध पनि यहि सम्प्रदायिक सदभावको अभावले हुन्छ । यसै भनेर उनले २०२०साल भाद्र १ गते जारी भएको मुलुकी ऐनमा कुनै किसिमको विभेद गर्ने कामलाई दण्डनिय बनाए । तर उनी पछि उनको पदचिन्ह पछ्याउने उत्तराधिकार नेपालले पाएन । त्यसैले अआफ्नो ‘भोट ब्यांक’ बनाउन नेपाली नेपाली बीच भेदभाव वर्तमान संविधानसम्मत बनेको छ ।
दुखको कुरा यसलाई वीरेन्द्र सरकार अतिनै सरल भएकाले अगाडी बढाउन सकेनन अरुलाई नै जिम्मा दिए । यहि कुरा बुझाउन राष्ट्रयोगी नरहरीनाथले ‘छाता आफै ओढ्नु पर्छ’ भनेकोलाई राजद्रोह जस्तो मानियो । राष्ट्रवादले ओतप्रोत साधनाले देदिप्त्यमान योगीको विकल्पमा नेपाली बाबा प्रस्तुत गर्ने दुष्प्रयासको फल राजा, मुलुक अनि जनताले भोग्नु परेको छ । संसारका तत्कालिन दिग्गजहरुलाई समेत आफ्नो महत्व जनाउन सफल महेन्द्र सरकाले मुलकलाई सक्षम उत्तारधिकारी दिन सकेको भए नेपाल अहिले साँच्चै नै बुद्धको मुलुक भएको जिम्मेवारी पुरा गरेर विश्व शान्तिको केन्द्र बनेको हुनसक्ने थियो । 
वर्तमानमा त जनतालाई आफ्नो महत्वाकांक्षको यज्ञमा होम गर्ने राजनीतिवाज र निरिह जनताको रुपमा नेपाली विभाजित छन । स्वेच्छाचारी राजनीतिवाजहरु कतिसम्म हृदयहिन छन भने भुइचालो जाओस , बाढी आओस , पहिरो जाओस वा आगोले खरानी नै पारोस उनीहरुलाई असर गर्दैन । कयौ टन खाद्यान्न पिडितको निमित्त आएको हुन्छ त्यसलाई सडाएर पुर्न सक्छन तर एकदाना पनि पिडितसम्म पुग्न दिदैनन् । बाढीले सबै बगाएर, खाद्यान्न खान अयोग्य बनाएर भोकै बसेकालाई जनही ७० रुपैया नगद दिने घोषणा गरेर कार्यकुशलताको प्रमाणपत्रको आशा गर्दछन । जनता अव जाग्नै पर्छ यस्ता हृदयहिन राजनैतिक नाममा खोल ओडेकाहरुको उन्मोलन गर्न नत्र आफै सखाप हुने दिन टाढा छैन ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper