banner
banner

न्याय माँग्न आमा सडकमा सुत्नुपर्ने ?

अधिवक्ता गंगा दाहाल -
एक मानबले अर्को मानवप्रति शारीरिक मानसिक, र यौनजन्य पिडा वा चोट पुर्‍याउने कार्यनै हिंसा हो । आफ्नो स्वतन्त्रतालाई स्वेच्छाचारी रूपमा प्रयोग गर्न वा उपभोग गर्नबाट बन्चित गरिने कार्य समेटलाइ हिंसाको दायराभित्र राखिएको पाइन्छ । लैङ्िगक हिंसाले बिशेष गरेर महिलाको आर्थिक सामाजिक राजनैतिक र सास्कृतिक स्तरलाई कमजोर बनाएको हुन्छ । यसरी कमजोर बनाउनु भनेको शान्ति सुशासन बिकास र समृध्दीको परिकल्पना अधुरो बनाउनु हो । हिंसा एक जघन्य अपराध हो । यो अपराधलाई निरुत्साहित र निर्मुल पार्न अपराध विरुद्ध महिला पुरुष सम्पूर्ण युवा बर्ग सकारात्मक सोचका साथ सकृय रूपमा लागेमा समाज बदलिन सक्छ । अहिले हाम्रो समाजमा हिंसा जटिल समस्याको रूपमा देखा परेको छ । हिंसाका स्वरुप फरक फरक छन्, यसरी फरक ढंगले नयाँ तरिका अपनाउने, अपराधका प्रमाण नस्ट गर्ने गरि श्रृंखलाबध्द अपराध घटिरहेको अबस्था छ । यो जटिल समस्यालाई जुटेर समाधान गरियो भने हामी मानव भएको सार्थक हुनेछ नत्र हामी पशुतुल्य हुनेछौ । जसले जसरी जहाँबाट सकिन्छ लागौ । लैङ्िगक हिंसा विरुद्ध सबै जागौ । समाजविरोधी आगो निभाउनु सबैको कर्तव्य हो ।
नेकपाको शासनमा न्याय माँग्न आमाहरुले यसरी सडकमा सुत्नुपर्ने दिन आउँछ भनेर मैले सोचेको थिइन । जनताप्रति जवाफदेही शासन छैन भन्ने यो दृश्य फेरि फेरि देखिनु हुन्न ।
नेकपा जनताप्रति जिम्मेवार छ, नेकपाको देशभक्ति र स्वतन्त्रताप्रति जनताले भरोसा जनाएर विश्वास गरेका हुन्, त्यो विश्वासलाई कायम राख्नु र जनताका अपेक्षाको संवोधन गर्नु नेकपा शासनको पहिलो कर्तव्य हो भन्ने मेरो ठम्याइ छ । यो ठम्याइ सिंगो मुलुकभरि छाएको नेकपाको हुनुपर्छ । आमाहरु नारा लगाइरहेका छन्– ‘संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे’, ‘सरकार भेटियो न्याय भेटिएन ।’
बलात्कार र हत्या, बिधि र बिधिको शासनमा सरकारले अलिकति पनि कमजोरी देखाउनु हुन्न । आज देशभरि जुन आन्दोलन भइरहेको छ, त्यो आन्दोलनबारे सरकारले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ र कमजोरी प्रहरीको हो भने तिनलाई पनि दण्डित गर्ने हिम्मत राख्नुपर्छ । आमाहरु यसरी सडकमा लम्पसार परेको दृश्यले नेकपा लज्जित हुँदैछ, सुधारिन जरुरी छ ।
बलात्कार र हत्याले ७७ जिल्ला नै आन्दोलित छन् । यो आन्दोलनलाई डलरवादी, प्रतिपक्षीको आन्दोलन भनेर उदासीन हुन मिल्दैन । घटना घटेकै हो, घटनाको छानबिन गरेर दोषीलाई कठघरामा उभ्याउनै पर्छ । दुई तिहाईको बहुमत नेकपासँग छ भनेर अधिनायकत्वको आरोप खेप्नु उचित होइन । नेकपा बिधिप्रति प्रतिवद्ध छ भनेर देखाउन बलात्कारकाण्डको मुखुण्डो उघार्नैपर्छ । यो आन्दोलनमा आम जनता पनि सम्मिलित छन्, देश अराजक बन्न सक्दैन, देशका महिला असुरक्षित हुनु भनेको सरकारको नादानी, असफलता नै हो ।
सरकार कानुनीराजको पक्षमा छ भनेर प्रष्ट पार्नसेमत अपराधिक कार्य रोक्न र अपराधीलाई पक्रनै पर्छ । सरकारले अपराधिक क्रियाकलापमा जुन मौनता देखाएको छ, त्यो आत्मघाती चरीत्रतिर उन्मुख छ । ऐतिहासिक जिम्मेवारी पाएर पनि जिम्मेवारी निर्वाह गर्न नसक्नु, आमाहरुले यसरी सडकमा लम्पसार परेर सुरक्षाको माँग गर्दा राष्ट्रपतिले पनि मौनता देखाउनु हुन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper