banner
banner

मुलुकले बिकल्प खोज्दैछ

स्वयम्भुनाथ कार्की -
पञ्चायती संविधानको दोश्रो संसोधन पछिदेखि महापञ्चहरुले भन्न थाले ‘निर्विकल्प पञ्चायती व्यवस्था’ । उनीहरुले यसो भन्न थालेको ४ बर्षमा नै राजाले जनमत संग्रह गर्न आवश्यक ठाने । त्यो पनि बहुदल र निर्विकल्प भनिएको पञ्चायती व्यवस्था बीच हैन । जनमत संग्रह भयो बहुदल र सुधारिएको पञ्चायतको बीचमा । अर्थात निर्विकल्प भन्न थालिने वित्तिकै पञ्चायत सुधार्न आवश्यक देखिएको कुरा राजाको घोषणामा आयो । त्यसवेला इतर भनेर भनिने पञ्चायतका विरोधीहरुले भन्ने गर्दथे निर्विकल्प भन्ने कुरा केही हुन्न सबै कुराको विकल्प हुन्छ । नभन्दै ४६ सालमा विकल्प आयो संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र । 
यो प्रणाली संस्थागत गर्ने ४७ सालको संविधानलाई संसारको उत्कृष्ट संविधान भनेर भनियो । यसको विकल्प छैन भनेर हिजो विकल्प विहन केही छैन भन्नेहरु नै भन्न थाले । उनीहरुले यसो भन्न शुरु गर्दै गर्दा नै १० बर्ष अन्यौल व्याप्त गरेर नेपाल अहिले धर्मनिरपेक्ष लोकतान्त्रिक संघीय गणतन्त्र भोग्दैछ । तर यो जन्मदै अपुरो भएको छ, सुधार गर्नुपर्ने छ भनेर यसका स्थानिय जन्मदाताहरु नै भन्दैछन् । स्थानिय जन्मदाता भन्नै पर्ने अवस्था किन आयो भने यीनीहरु सबै जसोले  नै अनेक अवसरमा यसका वास्तविक जन्मदाता वाहिरिया छन भनेर भनेका छन । कसैले सिधा नै भनेका छन भने कसैले घुमाउरो पाराले । तर, सुरुमा एकछत्र जस्तै यसको समर्थनमा देखिनेहरु पाँचवर्ष पनि नपुग्दै तटस्थ हुँदैछन ।
नेपालमा यो व्यवस्थाले स्थिरता दिन सकेन भनेर सत्ताधारी बाहेक सवै भन्न थालेका छन् । विश्वले पनि पहिले जस्तै एकछत्र समर्थन दिन छोडेको छ । मुलुकको आर्थिक अवस्था डावाँडोल छ भनेर श्वेतपत्र नै जारी गरिएको छ । अनि सत्ताधारी यो छोटो समयमा नै आर्थिक अवस्था सन्तेषजनक मात्र हैन राम्रो छ भन्न थालेका छन । आर्थिक सुचांकहरु कुनैले पनि सत्ताधारीको यो दावीलाई पुष्टि गर्दैन । त्यसैले मित्र राष्ट्रहरु पनि सहयोग गर्न हच्केका देखिन्छन । रानीपोखरी चउरमा परिणत हुनसक्छ भने भुईचालोले थिलथिला भएका मोफसलको के हाल होला अनुमान नै गर्न पर्दैन प्रत्यक्ष छ । 
यस्तो अवस्थामा सबै क्षेत्रवाट कुना लगाईएका राजासंग आश राखेको देखिन्छ । राजसंस्था समर्थकहरुले कम देखेपनि गणतन्त्रका मुखियाहरुले त विकल्पमा राजा आईसकेको नै देखेका छन । स्थापनाकालदेखि नै राजसंस्थाको वारेमा ढुलमुल सोच भएको नेपाली कांग्रेसमा राजा हटाउनु आफ्नो गल्ती भएको सोच विकशित हुँदैछ । परंपरादेखि नै राजमुकुट विधिताले भरिपुर्ण नेपालको एकताको धागो हो भन्ने भनाई ठिक भएको प्रमाण देखिदैछ । गणतन्त्रको आवा चलेदेखि नै मुलुक विखण्डन हुने खतरा बढेको अभिव्यक्तिहरु आईरहेका छन । भौगोलिक रुपमा विश्व राजनीतिमा नेपालले सामरिक र राजनैतिक महत्व राख्छ । कतिपय मुलुक नेपालको यो भुगोल विश्वमा आफ्नो वर्चश्व कायम गर्ने औजार हुने सोचमा छन । यस्तोमा नेपालको स्थिरता र अखण्डतामा परेको नकारात्मक प्रभावले विश्वमा पनि सही प्रभाव पर्दैन ।
यी सबै नेपालमा राजसंस्थाको महत्व देख्नेहरु, राजसंस्था पुनस्र्थापित होस भन्नेहरुका निमित्त सकारात्मक कुरा हुन । तर यस्तो परिवर्तन नेपथ्यबाट अनायासै हुँदैन । यो कुरा राजावादीहरुले बुझेका छन र अआफ्नो तरिकाले प्रयत्न नगरेका पनि हैनन । तर त्यो शक्ति एकिकृत हुन भने सकेको छैन । ‘मेरो गोरुको बाह्रैटक्का’ भन्ने सोचले हावी भएर आफुले थालेको कार्यक्रममा अर्को खेताला भएर आईदेओस भन्छन । नआएमा वा कार्यक्रमको औचित्य, प्रभाव, दिगोपन आदिको वारेमा प्रश्न उठाएमा उनीहरुलाई रिस उठछ । कसैकसैलाई सडकमा गणतन्त्र वा गणतन्त्रमा नेताहरुलाई घोक्रो फुटुञ्जेल गाली गरेमा गणतन्त्र डराएर भाग्छ भन्ने सोच छ । उनीहरु अर्कालाई सहयात्रीको रुपमा हैन आफुले सोचेको काममा खेतालाको रुपमा मात्र देख्न चाहान्छन । 
केहीकेही त कांग्रेसले, कम्युनिष्टले, माओवादीले थोरै जनाबाट शुरु गरेर सफल भए भने म पनि सफल हुन्छु भन्छन । यी सबै दलहरुले क्रान्ती मात्र गरेका थिएनन्, आन्दोलन मात्र गरेका थिएनन, विद्रोह मात्र गरेका थिएनन । पहिले जनता बीचमा गएर भिजेका थिए । कांग्रेस , कम्युनिष्टका कार्यकर्ताहरु विद्यालयहरुका शिक्षक बनेर कलिला बच्चाहरुमा व्यवस्था प्रति अमिलो भर्दै थिए । माओवादीले शुरुमा गाउँवस्तीमा हुने विकृति, अत्याचार विरुद्ध काम गरेर जनताको सहानुभुति बटुलेको थियो । जनता बीच गएका कारणले नै यीनीहरुले सफलता पाएका हुन । राजावादीहरु निर्मल निवास वरीपरी, सडकमा नारा लगाउन र अर्कालाई गाली गर्नमा नै सिसमत छन । छ कोही त्यस्तो राजावादी जो भन्न सकोस मैले समाचारमा आउन हैन जनताको बीचमा जान रुचाएको छु ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper