banner
banner

माओवादी कार्यकर्ताले मनन गर्नुपर्ने कुराहरु...

शाश्वत शर्मा - 
समाचार छ– कम्बोडियामा पोलपोट नेतृत्वको खमेरुज शासनकालमा पूर्व प्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय जुओन चेउलाई दोषी ठहर गरिएको छ । अतिवादी समूहका यी दोषी ठहर दुई नेता सन १९७५ देखि १९७९ सम्म कम्बोयिाको शासनका प्रमुख पदाधिकारी थिए । सन २०१४ मा जन्मकैदको सजाय पाएका यी दुई नेतालाई अल्पसंख्यकको नरसंहारमा पनि संलग्न रहेको ठहर संयुक्त राष्ट्रसंघको अगुवाईमा सन २००६ मा गठित अदालतले गरेको छ । त्यसो त, पोलपोटको सन १९९८ मा मृत्यु भइसकेको छ । २० लाख कम्बोडियालीको नरस.हार गर्ने उक्त क्रुर शासनकालका यी दुई जनामात्र जिवित रहेका छन् ।
त्यसो त हाम्रो मुलुक नेपालमा पनि २०५२ सालदेखि २०६३ सालसम्म १० वर्षे जनयुद्ध भयो । नेपालर नेपालीलाई दिउँसै सपना देखाएर गरिएको उक्त जनयुद्धमा १७ हजारको ज्यान गयो भने हजारौं अंगभंग अपाङ्ग भए । टुहुरा भए । त्यतिबेला देशमा रहेका कुरीति, विभेदहरु निमिट्यान्न पार्ने मुख्य उद्देश्य रखेर गरिएको कथित जनयुद्धलाई सफलतापूर्वक सम्पन्न गरेर उक्त पार्टी पटक पटक नेपालको अन्तरिम संविधान र गणतान्त्रिक संविधान अन्तर्गतको संयुक्त सरकारमा पुगेको छ । साथै उत्त, पार्टीबोट दुई जना नेता प्रचण्ड र बाबुराम भट्टराई त प्रधानमन्त्री नै बने ।प्रचण्ड त अझ दुईपटक प्रधानमन्त्री हुने सौभाग्इ पाएका व्यक्ति पनि हुन् । यहाँनेर यसो किन भनियो भने हाम्रो नेपालमा हत्याराहरु अपराधीहरुलाई पुरस्कृत गर्ने गरिन्छ । अझ सरकार प्रमुख बन्ने अवसर दिइन्छ ।
जनयुद्धका नाममा कैयौं सुरक्षाकर्मीलाई अमानवीय, आततायी र क्रुर ढंगबाट हत्या गरिएको थियो । आमनागरिकहरुले चढेको बससमेत बमले उडाइयो । अझ राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुराकी गरेकोनाममा कैयौं सर्वसाधारणको हत्या, उठिवास गरियो । देशका संरचना र सम्पत्तिलाई क्षति पुर्‍याएको, जनताको पैसा राखेको बैंक लुटेको, अर्काको घरखेत खाइदिएकोजस्ता कुरा त गौण हुन जान्छन् । यी सब युगका दुखद कुराहरु सम्झिनुको अर्थ यहाँ दण्डको परिपाटी नै छैन । माओवादीहरु शानितवार्तामा आएपछि तिनलाई सात खून माफ सरहको व्यवहार गरिएकै हो । शान्ति प्रक्रियामा आउनु नै ठूलो कुरा मानियो, मुलुकलाई आजसम्म पनि दण्डहीन अवस्थामा राखियो ।
आज जनयुद्धका सम्पूर्ण उद्देश्य भुलेर माओवादी एमालेमा विलय हुनपुगेको छ । उता बाबुराम भट्टराईले त पुरानो माओवादीले कम चल्दैन भनेर नयाँ शक्ति पार्टि खोलेका छन् । हिजो जुन उद्देश्य प्राप्ति हुन्छ भनेर आमयुवाले हतियार बोकेका थिए, प्रचण्ड, बाबुरामले ती सबैलाई उल्टो लोप्वा ख्वाइदिएका छन् ।
त्यसैगरी ०५८ साल र त्यसपछि रंगिन सपनादेखाउनेहरु मध्येका वैद्य र विप्ल पनि कुहिरामा हराएको काग बनेका छन् । कहाँ गए ती जनयुद्धमा देखाएका सपनाहरु ? कहिले पूरा होलान् ? आज शक्रि र सत्तामा बसेका ती क्रान्तिकारीहरुले ती दिन भुलेका छन्, आज परिवारमा सिमित भएका छन् ।
ती प्रचण्ड दोलखा पुगेका थिए, चरिकोटमा स्व.छोरा प्रकाशलाई सम्झिएर रुन पुगेछन् । छोराकै स्मृतिमा आयोजना गरिउको फुटबल प्रतियोगिता सद्घाटनगर्ने क्रममा उनले प्रकाशलाई सम्झेर भक्कानिएका हुन् । यो अवसरमा जो जनयुद्धमा मारिए, ती लडाकाको सम्झना गरेनन् । सत्ता र शक्तिमा पुगेपछि आफूले हाँकेको युद्धमा मारिएकालाई सम्झना गर्नुपर्ने होइन र ? कति बिचल्लीमा छन्, कति अंगभंग भएर रहेका छन्, तिनलाई प्रचण्डले कहिले सम्झने ? अयोग्य बनेका लडाकुको हालत के छ, तिनका बारेमा केही भन्नुपर्ने कि नपर्ने ?
हो आज आएर जनयुद्ध व्यक्तिगत स्वार्थका लागि थियो भन्ने प्रष्ट भइसकेको स्थिति छ । भाषण गर्दा महान जनयुद्धले महान राजनीतिक परिवर्तन ल्यायो भन्नेहरुले महान परिवर्तन आएर जनताले के के पाए ? त्यो पनि भन्न सकेको भए राम्रो हुन्थ्यो । भोट हाल्नु र यिनलाई जिताउनु मात्र लोकतन्त्र हो कि लोकले परिवर्तनको स्वाद पनि चाख्न पाएका छन् ?
माओवादको बिसर्जन भयो, यो दु:खद छ सच्चा माओवादीका लागि । अव त प्रचण्ड महादेवको आरती उतार्न थालेका छन्, देवाधिदेवले के गर्लान् ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper