banner
banner

ह्वेनसाङ र चाणक्य

अधिवक्ता शिव सिग्देल - 
सवाल आफू बसेको कुटीमा बालेको टुकीको थियो । जब कुरा गर्न चिनियाँ यात्री ह्वेन साङ कुटीमा पसे, तव चाणक्यले एउटा टुकी निभाएर अर्को टुकी बाले । चाणक्यले निजी काम गर्दा निजी सम्पत्ति र सरकारी काम गर्दा सरकारी सम्पत्तिको उपयोग गरेको देखेर चिनियाँ यात्री ह्वेन साङ् उतिबेला चकित परेका थिए । यो हो राजनीतिको सिद्धान्त ।
अहिले त प्रधानमन्त्री निवासमा बंशको भेला, हिन्दी फिल्मी गानामा नाचगान, पार्टीको मिटिङ्, पार्टी सबै हुन्छ । सत्ताधारीको पार्टी पालेस हो कि देशको प्रधानमन्त्री निवास हो, छुट्याउनै मुस्किल पर्ने दिन आयो । राजनीतिको व्यापारिकरणले शासन प्रशासन सबै कुरा प्रदूषित बनाइदिएको छ । तैपनि नागरिक यस्ता गैरजिम्मेदार क्रियाकलापमा खबरदारी गर्दैनन्, प्रतिपक्ष भनिने साँढे उग्राएर बसेको छ । प्रतिपक्षको धर्मसमेत निर्वाह गरिरहेको छैन । यसकारण नेपालको लोकतन्त्र नेतातन्त्र, व्यक्तितन्त्र, भ्रष्ट तन्त्र बन्न पुगेको हो । सबल प्रतिपक्ष, शक्तिशाली नागरिक समाज, कानुनको रक्षा गर्ने अदालत नभएपछि शासन प्रशासन फितलो हुनेरहेछ । लोकतन्त्रमा खोजेको चाणक्यको जस्तो राजनीति हो । निरंकूशताको अन्त्य भनेकै यही थियो । तर निरंकूशता यसरी बढेर गयो कि हामी लोकतन्त्रमा होइन, जंगली बनिरहेछौं ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper