banner
banner

चरम गुटबाजी सुरु हुनथाल्यो

पदम हमाल -
नेकपाका बरिष्ठ नेता झलनाथ खनालको ठहर छ– सरकार चलाउन नेकपा असफल भयो । झलनाथ खनालको बरिष्ठता मिचियो, ओली र प्रचण्ड मिलेर झलनाथ खनालको मान मर्दन भएको सुनियो । झलनाथ खनालले यसको प्रतिवाद पनि गरेका हुन् । तर उनले सरकार असफल भयो भन्ने टिप्पणीले नेकपाभित्रको असन्तुष्टि बाहिर आएको छ । यस्तो असन्तुष्टि धेरेको सुनिन्छ ।
यद्यपि झलनाथ खनालले के पनि भनेका छन् भने आवश्यक भयो भने सबैभन्दा ठूलो गुट मै बनाउँछु । अन्याय पार्टीभित्र छ, अन्याय देशमा छ । म अगाडि आउनु पर्‍यो भने म देशका नागरिकलाई न्याय दिन्छु । पार्टीका सबै सदस्यहरु जो अन्यायमा परेका छन्, तिनलाई न्याय दिन्छु । कम्युनिष्ट पार्टी बिधि र नीतिमा चल्नुपर्छ, अन्याय भएको छ तुरुन्त सच्याउनुपर्छ ।
कुरो उही झलनाथ खनाललाई पार्टीमा अपमान गरिएको, घटुवा गरिएको सन्दर्भ हो । घटुवा बढुवा गर्ने मापदण्ड के ? खनालको प्रश्न छ । तलमाथि पार्ने काम निकृष्ठ छ, गलत छ । मैले आफ्ना कुरा पार्टी कमिटीमा राखेको छु, पार्टीको निष्कर्ष कुरिरहेको छु । झलनाथ खनालजस्ता नेताले राखेको कुराको यकिन पार्टी कमिटीले अझै लगाएको छैन । डबल अध्यक्ष ओली र प्रचण्ड झलनाथ खनालको कुरालाई गम्भीरतापूर्वक लिइरहेको देखिदैन ।
सवाल झलनाथ खनालको भए पनि यथार्थ के हो भने माओवादी र एमाले एकीकृत भयो तर मानसिकता एकीकृत हुनसकेको छैन । नेकपाभित्र जतिसुकै एकीकरणको कुरा भए पनि शीर्ष तहमै यति ठूलो बिबाद छ भने तल्ला निकायमा कति डरलाग्दा भड्खाला होलान् । क्याडरबेश पार्टीमा एकीकरण हुनु निकै गाह्रो विषय हो । यही सकस नेकपाले बेहोरिरहेको छ ।
असन्तुष्टि त अध्यक्ष प्रचण्डमा पनि छ । उनी भारत गए आलोपालो प्रधानमन्त्री हुने कुरा छ भनेर भनेकै हुन् । उनले भारतीय नेतालाई गुहारेहै हुन् । प्रचण्ड नेपाल फर्केपछि सरकारप्रति असन्तुष्टि पोखेका थिए । जब चीनबाट अपमानित भएर फर्किए अनि प्रचण्ड सरकारको प्रशंसामा जुटेका हुन् । अहिले त प्रचण्ड सरकारले काम गर्न नसकेको र अव सरकार ३ नम्बर गेरको गतिमा दौडिने कुरा गर्न थालेका छन् । प्रचण्डको कुरामा कोही दङ्ग छन्, कोही सशंकित त कोही के हो के हो भनिरहेका छन् । आमनागरिकले खोजेको सुशासन हो, सरकार भ्रष्टाचारको दलदलमात्र बनिरहेको छ । सरकार प्रमुख नै कर्मचारी टेर्दै टेर्दैनन्, भनेर रोइलो गर्छ । यस्तो सरकारले समृद्धि देला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper