banner
banner

नयाँ अमेरिकी राजदूत

रोशन कार्की -
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि आफ्नो मिसनमा काम थालेका छन् । सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौंमा डेपुटी चिफ अफ मिसन (नियोग उपप्रमुख) को काम गरिसकेका र्‍याण्डीले नेपाललाई राम्ररी अध्ययन गरिसकेका छन् । त्यसैले राजदूतको रुपमा उनलाई काम गर्न खासै गाह्रो हुनेछैन ।
यद्यपि यी राजदूतको विशेषता भनेको तेश्रो लिङ्गीका लागि यिनी काम गर्न रुचाउँछन् र यिनलाई तेश्रो लिङ्गीका प्रेरणास्रोत पनि मानिन्छ ।
ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत बेरीको अभिव्यक्ति थियो– ‘नयाँ भूमिकामा नेपाल फर्किन पाउँदा मलाई ज्यादै खुशी लागेको छ, नेपाल र अमेरिका बीचको मित्रता थप मजबुत बनाउन म उत्सुक छु ।’ बेरी तेस्रोलिंगी समुदाय एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स) को मानवअधिकार प्रवद्र्धनका लागि पहिलो अमेरिकी दूत पनि हुन् ।
विदेश मन्त्रालयमा जागिर खान थालेपछि लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा खुलेर लागेका बेरीले प्रवेश सिंहसँग २०१२ मा बिहे गरेका छन् । प्रवेश श्रीमान र बेरी श्रीमतीको भूमिकामा छन् । यद्यपि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो वेबसाइटमा राखेको राजदूत बेरीको जीवनीमा उनलाई पुरुषको पहिचान दिएको छ । नेपालका लागि बेरीको व्यक्तित्व अचम्मको छ । राजदूत बेरी र प्रवेशका एक छोरा र एक छोरी छन् । छोरी आर्या ६ वर्षकी भइन् भने छोरा जान्डर ५ वर्षका भए । जेहोस्, मानवाधिकारका लागि काम गर्ने बेरीले नेपालमा मानवाधिकारको संस्थागत विकासमा योगदान दिनसक्छन्, स्वागत छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper