banner
banner

मान्नैपर्छ पाकिस्तानलाई

शाश्वत शर्मा -
नेपाल निर्मलामय भएको छ । नेपाल दण्डहीनमय भएको छ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाइमहिनासम्म पनि अपराधी पत्ता नलागेपछि राजधानीको माइतीघर मण्डलाम क्रिश्चियन शैलीमा मैनबत्ती बालेर न्याय खोजियो । बलात्कारी र हत्यारा चाहियो भन्ने नारा ७७ जिल्लामै लागेको छ ।
बलात्कारी र हत्यारालाई कानुनी कठघरामा उभ्याउनै पर्छ । सजाय दिनैपर्छ । राज्यले नागरिकलाई सुरक्षा छ भनेर प्रत्याभूति दिनैपर्छ । यसमा शंका छैन । तर अपराधलाई अगाडि राखेर राजनीतिक व्यापार गर्नुभएन । कसैले सामाजिक सञ्जाल, युट्यूवमा निर्मलालाई व्यापारको विषय बनाउने, कसैले मानवाधिकारको विषय बनाउने र सरकार यो सब हेरेर बस्ने, अपराधीलाई माउले चल्ला छोपेझैं गरेर छोपेर राख्ने । यो सब दृश्यले नेपाल अपराधशालाजस्तो पो देखियो ।
मुख्य सवाल अपराधीको मुखुण्डो उघ्रिनुपर्‍यो, निर्मला पन्तले न्याय पाउनु पर्‍यो । कानुन छ भने न्याय मर्नु भएन । एनजीओ र अधिकारकर्मीले मैनबत्ती जुलुस निकालेर व्यापार भइरहेको छ । गंगा अधिकारीको माँग सेलायो, गोविन्द केसी फेरि अनसन बस्छु भन्दैछन्, ३३ किलो सुन प्रकरणमा सनम शाक्यसहित ३ को हत्या भयो, डा.राजेश अहिराजको प्रश्न छ– यदि काठ्माण्डौमा एउटा सरुमुदायले राम मरुनोह यादवको र अर्को सरुमुदायले निर्मला पन्तका लागि न्याय माग्दैछ । नस्लबादी अधिकारकर्मीहरुलाई आफ्नै नस्लको पिडा छ । दुबैको लागि सबै बोलुम न । हो, विरोध गराइमा पनि बिभेद छ, सरकार यस्तै बिभेद बढाइरहेको छ, सत्तामा बसिरहेको छ । यस्तै खण्डित बिरोधले सरकार अपराधकर्मीको संरक्षक बनिरहेको हो भन्न सकिन्छ ।
राति नेपाली भएर सुतेको मान्छे, बिहान भारतीय बन्छ । बाली नेपालीले लगाउँछ, काट्छ भारतीयले । लालपूर्जा नेपालीसँग छ, भारतीय मेरो जग्गा भन्छ । यसमा विरोध हुनुपर्दैन । न राजनीतिज्ञ, न विद्यार्थी, न अधिकारकर्मी नै बोल्छन् । बजार भाउ बढ्यो, कसैले बोलेन । चुनावमा चन्दा लिएको पार्टी सरकारमा छ, उसले व्यापारीलाई लुट्न अवसर दियो, सबै मौन । मुद्दा अनेक छन्, सामाजिकदेखि राजनीतिक, कूटनीतिक र अस्तित्वकै । कोही बोल्दैनन् किनभने हामीमध्ये अधिकांश पहुँच र प्रभावशालहिरु बिकेका छौं । के बोल्ने, कति बोल्ने, कसरी बोल्ने ? हामी थाहा पाउन्नौं । अरुले बोल भनेपछि बोल्ने र अरुले पैसा दिएपछि कमिशन खाने । यही हो नेपाली नयाँ संस्कार ।
नेपालीत्व यसरी मर्नुहुन्न, किनभने नेपाल मर्छ । नेपालीत्व जागृत भएमात्र नेपाल बाँच्छ । नेपाल सरकार सिंहदरवारमा बसेर दुईतिहाईको शासन गरिरहेको छ, अधिकाांश नेपालीहरु विदेशीले चलाएको समानान्तर आइएनजीओलाई सरकार मानेर चलिरहेका छन् । किनभने तिनले डलर दिन्छन्, तारे होटलमा सेमिनार गरेर डलर खान पाइन्छ । भारु र डलर छर्न दिएर नेपाललाई जातीय र क्षेत्रीय विद्वेष फैलाउन दिने काम भइरहकेो छ । पशुबली दिनुहुन्न भन्ने बक्तव्यवाजी हुनथालेका छन् । दशैं, छठम व्यापक पशुबली हुनेगरेको छ । हिन्दुधर्म शास्त्र बली दिनुपर्छ भन्छ, मानवाधिकारवादीहरु हुन्न भन्छन्, यो विवाद हुनुपर्छ भइरहेको छ तर देशको स्वतन्त्रता मासिन थालेकोमा किन वक्तव्यवाजी र आन्दोलन हुन्न यो चाहिं आश्चर्यको विषय बनेको छ ।
अचम्म, आश्चर्यपूर्ण खबर पाकिस्तानबाट आएको छ । पाकिस्तानको इमरान खानले आइएनजीओविरुद्ध छक्का प्रहार गरेछन् । उनले पाकिस्तानभित्र झगडा मच्चाउने, विभेद बढाउने, बिखण्डन र अनेकन झमेला बढायो भनेर हजारौं आइएनजीओहरुलौए ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । पाकिस्तानमा जसतै नेपालमा पनि सेभ दी चिल्ड्रेन, एक्शन एड, प्लान इन्टरनेशनल, डीएफआइडीहरुले समाजसेवाका नाममा जासुसी र बिखण्डन गराउने साजिसपूर्ण चलखेल गरिरहेका छन् । सन २०११ मा बिन लादेन खोज्ने नाममा पाकिस्तानभरि नक्कली खोप अभियान नै चलाएछन् आइएनजीओले ।
पाकिस्तानले आफ्नो देशको रक्षा र सुरक्षाका लागि दह्रो कदम चाल्यो । चीनको सहयोगमा भने वा नभने पनि डलर आतंकबाट देश जोगाउने निर्णय त लियो नि ।
स्मरणीय छ, माधव नेपाल प्रधानमन्त्री थिए, उनका विरुद्ध माओवादीले एमाले राजनीतिक दल नै होइन, यो त आइएनजीओको झुण्ड हो भनेर दोष लगाएकै हो । पहिलोपटक ओली प्रधानमन्त्री थिए, उनलाई माओवादीले कुन लिङ्गको भनेर सोधेकै हो ? अर्थात नेपाल डलर र भारु वादीहरुले खाइसकेका छन् ।
जिविकाको मुद्दा, सीमाका मुद्दा, राष्ट्रियता र एकताको मुद्दा, महगीका मुद्दा, न्यायका मुद्दालगायतका षियमा किन जुलुस र विरोधको कार्यक्रम आह्वान हुँदैन । यो प्रश्नको जवाफ खोज्न जरुरी छ । अन्यथा हामी डलरे, भारुवादीसँग हार्नेछौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper