banner
banner

इण्डियनहरुको अवको योजना

भरत दाहाल– 
नेपाल र भुटान इण्डियातिर नढल्कि सुखै छैन भन्ने इण्डियन सेना प्रमूखको अभिव्यक्ति नेपाल विरूद्धको भावि षडयन्त्रमा आधारित छ । मैले पाएको सूचना अनुसार २ नं. प्रदेशको सत्तामा बसेका बिहारीहरूलाई प्रयोग गरेर काठमाडौंसँग मोलमोलाई गर्ने तिनीहरूले बनाएको रणानीति हो । जुन निम्न छन्–
१. पहिलो चरणमा केन्द्रसँग विवादको बहानामा अवज्ञाका गतिविधिहरू चलाउँदै जाने । यही योजना अन्तर्गत इण्डियनहरूले रूक्षाबन्धनको विदाको निहुँमा राष्ट्रबैंकको स्थानीय कार्यालयमा तालाबन्दी गराएका थिए । २. अवज्ञाका गतिविधिहरूलाई चर्काएर दोश्रो चरणमा केन्द्रको निर्देशन नमान्ने घोषणा गर्न लगाउने । ३. तेश्रो चरणमा कथित मधेश सरकार स्वतन्त्रताको घोषणा गर्न लगाउने । यी चरणबद्ध योजनाहरूसंगै केन्द्रसंग वार्गेर्िनङ गरेर नेपालबाट लुट्ने चिज र अन्तर्रार्िष्ट्रय सम्बन्धका बारेमा नेपाललाई आफ्नो योजनामा आत्म समर्पण गराउने । यो अनुमान होईन, यथार्थ सूचना हो । यो इण्डियन योजनासँग दलका दलालहरू र देश रक्षाको अभिनय गर्दै आएको सेनाको नेतृत्वले कसरी डिल गर्ने तयारी गरेको छ भन्ने कुरा पनि देखिनेछ ।
नोट : भरत दाहाल विश्लेषक हुन् । उनी नेपाली राजनीति, शासन–प्रशासन र सरकारका क्रियाकलापलाई नजिकबाट नियालीरहेका छन् । उनले भनेजस्तै भारतीय सेनाध्यक्ष बोल्नु, मधेशका मुख्य मन्त्री झण्डा हल्लाएर कालो संविधान भन्दै बिरोधमा निस्कनु, सीके राउतहरुले मधेश अलग देश भनेर खुलेआम बिद्रोह गर्नु र केन्द्र सरकारले कुनै कदम नै चाल्न नसक्नुले भारतको रणनीति प्रष्ट भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper