banner
banner

सीमा रक्षामा युवा सक्रियता बुद्धिनारायण श्रेष्ठ भन्छन्

सीमा रक्षाका लागि युवा कार्यक्रम । नेपाली सीमाका नागरिक पहरेदार बुद्धिनारायण श्रेष्ठको विचार यस्तो छ–
लिपुलेक नेपालकै भएकोले भारत र चीनले गरेको २०१५ मे १५ को सम्झौताको दफा २८ को पहिलो प्रकरण खारेज गराउन कूटनीतिक पहल आवश्यक छ ।
सगरमाथाको उचाइ उल्लेख गर्नेबारे नेपालले आफै नाप्ने आयोजना गरिरहेको छ । यसको परिणामले जति निकाल्छ, त्यही मान्नुपर्छ ।
नेपाल–भारत खुला हदैसम्म दुरुपयोग भएकोले सीमा नियमन गर्नुपर्ने समय आइसकेको छ । देशको सीमाबारे युवा चेतना जागरण हुनैपर्छ ।
यही सिलसिलामा बुद्धिनारायण श्रेष्ठले पत्रपत्रिकामा लेखेका छन्– भारतमा छापिएर नेपालका बजारमा बिक्री वितरण गरिएका अधिकांश नक्सामा नेपालको सिमाना शुद्ध र क्षेत्रफल पूर्ण भएको पाइँदैन । नेपालको सरहदभित्र पर्ने दार्चुला जिल्ला ब्यास गाउँपालिका १ को उत्तर–पश्चिममा रहेको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र नक्साद्वारा कार्टाेग्राफिक एग्रेसन गरी कटक्क काटेर भारततर्फ मिसाइएको छ । यस नक्साबाट नेपालको ३ सय ७२ वर्गिकलोमिटर भूमि अतिक्रमणमा परेको छ । दार्चुला जिल्लाको नक्सा खुँडे बनाइएको छ ।
नेपालको संविधान २०७२ को धारा ४ (२) (क) अनुसार नेपालको क्षेत्र यो संविधान प्रारम्भ हुँदाका बखतको हुनेछ भन्ने उल्लेख गरिएको छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गर्िकलोमिटर छ । तर ती अशुद्ध नक्सा प्रयोगमा ल्याउँदा कूल क्षेत्रफलमा ३ सय ७२ वर्ग किलोमिटर कमी भएको ठहरिन्छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आएकाले ती नक्सा अशुद्ध नै हुन् भन्नु परेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper