banner
banner

खुला सीमाबारे बुद्धिनारायण श्रेष्ठ

खुला सीमाका कारण क्रस बोर्डर टेरजिम (सीमापार आतंकवाद) र क्रस बोर्डर क्राइम (सीमापार अपराध) अत्यधिक भएको छ । भारतमा खून खराबा गर्छन् र नेपालमा पसेपछि सुरक्षित हुन्छन् । विध्वंशकारीले नेपालमा योजना बनाउँछन् । भारतमा गएर बम पड्काउँछन् ।
मेरो विचारमा पनि भारतसँगको सीमालाई कुनै पनि हालतमा खुला छाड्नुहुँदैन । पहिले काठमाडौंबाट दिल्ली जाँदा राहदानी लिनुपथ्र्यो, मेरी हजुरआमा दिल्ली जानुपर्दा राहदानी लिनका लागि म नै गएको थिएँ । त्रिभुवन राजपथ बनेपछि भने नेपाल भारत सीमा वाङ्ङै भयो । अब यसरी जानुहुँदैन नियमन गर्नुपर्छ ।
पहिले नेपाल र भारतबीचको हवाई सीमाना पनि खुला थियो । तर, सन् १९९९ मा नेपालबाट उडेको इन्डियन एयरक्राप्ट अपहरणमा परेर अफगानिस्तानको कान्दाहारमा पुर्‍याइएपछि भारतले आफ्नो जहाजमा आफ्नै सुरक्षाकर्मी राख्नथालेको छ ।
के अब सतह मार्गलाई पनि नियमन गर्नका लागि त्यो हवाइ दुर्घटनाभन्दा ठूलो घटना पर्खेको हो ? त्यसैले त्यस्तो दुर्घटनाअघि नै खुला सीमानालाई नियमन गर्दै जानुपर्छ । सीमालाई नियमन गरेर क्रमिक रुपमा सीसीटीभी राख्नुपर्छ । क्यानडा र अमेरिकाको सीमा पनि खुला हो । तर आवतजावत गर्दा परिचयपत्र देखाउनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper