banner
banner

व्यक्तित्व, नेतृत्व दुबैको हाहाकार

शाश्वत शर्मा-  सबैभन्दा ठूलो कुरा विश्वास हो । परिवर्तन र शान्ति दुबै चाहिएको बेलामा आमनागरिकले परिवर्तनकारीलाई साथ दिए, साथ बाह्य आन्तरिक जुनसुकै कारणले दिएको भए पनि साथ दिएकोमा शंका छैन ।
परिवर्तन भयो, परिवर्तनका १३ वर्षमा एउटा पनि जनअपेक्षित काम हुनसकेन । जनताले शान्तिव्यवस्था पाउन सकेनन्, किनभने नेतातन्त्रको खियाले देशलाई नराम्रोसँग प्रभावित पार्‍यो । शान्ति चाहने जनता हामीले जे निर्णय गरे पनि बोल्दैनन् भन्ने थाहा पाएका नेताहरुले मनलागी निर्णय गर्दै गए, शान्ति, समृद्धि र समानतापूर्ण समाजको सिर्जना हुनेछ भन्ने आशा गरिरहे ।
केही पनि भएन, नेताहरु आफ्नो सुख र प्रगति गर्दै गए ।
विश्वासको संकट यसरी बढ्यो कि अव घरघरबाट आन्दोलन निस्कने अवस्थामा देश पुगिसकेको छ । प्रत्येक व्यक्ति, समाज, सहर र देश नै राज्यको लहडवाजीले आक्रान्त छ । गत शनिवार राजधानीमा ठूलै जनसमूहको जुलुस निस्कियो, नेतृत्व कसैको थिएन । जुलसले नारा लगाइरह्यो, सरकार सुनिरह्यो । यसरी अर्कौ परिवर्तन अथवा खरावीमा सुधार आउन सक्दैन । सुधारका लागि एउटा नेतृत्व चाहिन्छ, जसले सबैलाई एकसूत्रमा गाँसेर अघि बढ्न सकोस् । नेतृत्व नभएको जुलस र नारा त अराजक हुन्छ, हुन्छ, अराजक भीडको कुरा राज्यले, जिम्मेवारहरुले सुन्दैनन्, उनीहरुका लागि जुलुस निस्क्यो, नारा लगायो गयो, टण्टै साफ ।
गणतन्त्र मूर्दावाद, संघीयता चाहिदैन, देश टुक्य्राउन पाइदैन, जनताको नारा, राजा नै प्यारा–भगाउँछौ हामी लेण्डुप सारा, सेना सुत्न पाइदैन, देश बेच्न पाइदैन...आदि नारा लगाउँन थालेका छन् आमनागरिक । राष्ट्रिय झण्डा बोकेर राजधानीमा शनिवार ठूलै जुलुस निस्कियो । अझ उत्साहित पार्ने कुरा के थियो भने यो जुलुसले एकातिरारजा ल्याउनुपर्छ भन्दै थियो, अर्कोतिर सैनिक शासन लागू गर पनि भन्दै थियो । वास्तवमा यहाँका राजतन्त्र राष्ट्रवादी दिग्भ्रमित छन् । एकपछि अर्को व्यक्तिमा व्यक्ति जोडिदै गए, जुलुस बन्यो, आ–आफ्ना पाराले नारा लगाउन थाले । जसलाई जे चाहियो, जे देखाउनु थियो, त्यही नारा बनाए घन्काए । नेतृत्व कसैको थिएन । नेतृत्व कसैले लिएको भए ठूलै घटना हुनसक्थ्यो । आन्दोलन गर्दा जनताले स्वीकार्न सक्ने नेतृत्व खोई ?
ठूलो समस्या विश्वासको छ । विश्वासयोग्य कुनै व्यक्ति, समूह वा नेतृत्व कतै देखिदैन । जुलुस निकाल्न विश्वासयोग्य नेतृत्व चाहिन्छ ।
राजतन्त्र र हिन्दुवादीहरु दशैं तिहारपछि ठूलै आन्दोलन हुने चर्चा गर्न थालेका छन् । आन्दोलन कसको नेतृत्वमा हुने हो, कुनै ठेगान छैन । हल्ला नगर्नोस् भन्छन्, तिनीहरु नै । चर्चा नै गर्न नहुने कुन खालको आन्दोलन हुँदैछ, उनीहरु बोल्दैनन् । यिनै तत्वहरु भारतमा लोकसभा चुनाव हुँदैछ, त्यो चुनावम भाजपाले पूर्ण बहुमत ल्याउनेछ, त्यसपछि नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र पक्का भन्दैछन् । आफू केही नगर्ने, अर्कले गरिदिन्छ भन्ने यतिसम्मको परजीवी मानसिकता देख्दा दया लागेर आउँछ ।
मोदीले पक्का साथ दिन्छन्, धोका दिदैनन् । अर्काथरि देशभक्त पनि छन्, जो नेतातन्त्रबाट वाक्क भइसके । उनीहरु ज्ञानेन्द्र शाह नेतृत्व लिन अगाडि सरे भने राजतन्त्र र हिन्दुराष्ट्र आउनेमा विश्वस्त छ । यिनीहरु विदेश भ्रमण गरे, देश दर्शनमा हिडेर र इसाराले भएन, आफै अघि सर्नुपर्छ ज्ञानेन्द्र भन्छन् । यीबाहेक सर्वसाधारण जो अत्यधिक बहुमतको संख्यामा छन्, तिनीहरु योभन्दा त पहिलेकै अवस्था ठिक भन्छन् । यथार्थ कुरो के हो भने यी राज्य सञ्चालक र यिनको कार्यशैलीबाट सबै दिक्द भइसके ।
हिजो केही गनाएका थिए, केही स्वार्थी थिए । तिनको कमा छैन । स्वयं ज्ञानेन्द्र शाश देश र हिन्दुधर्मका लागि अघि सर्ने हो भे केही न केही हुन्छ । सल्लाह जोसुकैको होस्, राष्ट्रका पक्षमा, जनताका पक्षमा आउँछ भने त्यसलाई मान्नु बेश ।
जनता राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन चाहन्छन्, साथसाथै सैनिक शासनको माँग पनि गरिरहेका छन् । सैनिक शासन किन माँगे होलान् ? यसको सिधा जवाफ छ, देशमा अशान्ति र बलात्कार, हिंसा बढी नै हुनथाल्यो । त्यस्ता अराजक तत्वहरुलाई कडा कारवाही गर्न आमनागरिकले सैनिक शासन भनेको हुनुपर्छ । भर्खर पूर्णचन्द्र थापा प्रधानसेनापति बनेका छन्, उनले पनि जनआवाज सुनेको हुनुपर्छ । सेना राष्ट्रको अन्तिम सुरक्षा घेरा हो । सैनिकले शासन होइन, सुरक्षा दिने हो । देशको सुरक्षाको अवस्था कस्तो छ, सेनाले रिपोर्ट लिइरहेको छ । सेना अव राष्ट्रिय सुरक्षामा हर्कतमा आउने बेला भयो भन्दा हुन्छ किनभने सीमा अतिक्रमणमा राजनीतिक शक्तिहरुले पटक्कै ध्यान दिन सकेनन् । सेना हर्कतमा आउनुपर्छ किनभने बिखण्डनवादी स्वरहरु चर्केर जान थालेका छन् । सेना संविधानमातहत चल्छु भनेर कहिलेसम्म आदेश पर्खेर बस्ने हो ? सेनाले पनि मुलुकको बस्तुस्थिति प्रधानमन्त्री, राष्ट्रपतिलाई जानकारी दिइरहनुपर्छ । ता कि सेना सक्रिय हुने बेला आयो भयो भने कुनै अतिशयोक्तिका कुराहरु नहुन् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper