banner
banner

साध्यबहादुर भण्डारीको आक्रोश

साध्यबहादुर भण्डारी नागरिकताका विषयमा, नेपालको सीमा अतिक्रमणका विषयमा, भारतीय हस्तक्षेपका विषयमा अत्यन्त कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनको जीवन नै नेपाली राष्ट्रवाद बलियो हुनुपर्छ भन्ने पक्षमा लागेको छ । साध्यबहादुर भण्डारी यद्यपि कम्युनिष्ट हुन्, तर प्रचण्ड र ओलीभन्दा पनि कडा कम्युनिष्ट, कहिले पनि कुनै विदेशी हस्तक्षेपका विरुद्धमा पहाड भएर उभिनसक्ने व्यक्ति हुन् साध्यबहादुर भण्डारी । यद्यपि पहिले मसालका नेता साध्यबहादुर भण्डारी हाल प्रचण्ड, ओली नेतृत्वको नेकपाका नेता बनेका छन् । तथापि उनी आफूलाई पहिले देशभक्त हुँ भन्छन् । यहीकारण उनले नागरिकता विधेयकमा ठूलो बिमति समेत राखेका छन् । बिमस्टेकको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सैनिक सुरक्षासहित नेपाल आएको, ओली सरकारले आउन अनुमति दिएको विषयमा यी देशभक्त नेता साध्यबहादुर भण्डारीको कडा टिप्पणी यस्तो रह्यो–
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान (भदौ १४ गते) काठमाडौं ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाडौा आइसकेको थियो । सम्मेलनमा आएकामध्ये मोदीका लागि सरकारले पनि विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यसभन्दा आगाडी पनि उनी सुशील कोइरालाको पालामा दुई पटक नेपाल आयका थिए । औपचारिक रुपमा भरतीय सेनाको यस्तो बिगबिगी थिएन । जनकपुरदेखि मुक्तिनाथ सम्मको यस अगाडीको यात्रामा पनि यस्तै भारतीय सेनाको बिगबिगी रह्यो । अहिले पनि २०० भन्दा बढी भरतीय सेना परिचालन भएको छ । बास्तबिकता के हो यसको जानकारी रक्षा मन्त्रालयले नेपाली जनतालाई गराउनै पर्दछ ।
भारतले बिभिन्न निहुमा नेपाललाइ आफ्नो सुरक्षा छाता मुनि राख्न बिभिन्न प्रपञ्च गर्दै आएको छ । बिमानस्थलमा एयर मार्शल राख्ने देखि सुपर्दगी सम्झौता गरी सेना ल्याउने प्रस्ताब छ भने नेपाल भारत सीमानमा हज्जारौ एसएसवी फौज परिचालन गरि तराई आतंकित गरिरहेको छ । २००८–२०२६ सम्म सैनिक मिसन मार्फत सुरक्षा दखल गर्न खोजेको थियो । तर सम्भब भएन । नेपालमा शक्तिशाली र बामपन्थीको सरकार भएको अबस्थामा भारतीय सैनिक भ्रमणको सुरक्षाको नाउमा आउनु हाम्रो निम्ति सर्बथा अस्विकार्य छ । बिदेशी पहुनालाई सुरक्षा दिन हाम्रो सेना सक्षम छ । अन्य मुलुकका रास्ट्र प्रमुख्लाई सुरक्षा दिन सक्ने भारतीय प्रधानमन्त्रीलाई मात्र दिन नसक्ने हुन सक्दैन । तत्काल भारतीय सुरक्षा सेना फिर्ता लानु पर्छ । सर्बभौम नेपाली सरहदभित्र उसको चलखेलप्रति देशभक्त नेपालीको सख्त बिरोध छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper