banner
banner

नेपाल पापको चक्रव्यूहबाट मुक्त हुनसकेन

डा.दुर्गा दाहाल -
धर्म भनेको केवल मठ–मन्दिरमा गएर बत्ती बाल्नु र पैसा चढाउनु मात्रै हैनस अपितु मानवीय सत्गुण र सदाचारको पालना गर्नु हो ।
धर्मसभाहरूमा मानवीय शिक्षा, सभ्यता, संस्कार र अध्यात्मवादका दार्शनिक पक्ष र वैदिक हिन्दु धर्म र बुद्ध शिक्षा अनि दर्शनका विविध उज्याला पाटाहरूमा प्रवचन गरौं, चर्चा परिचर्चा गरौं ।
आज संसारमा ईश्वरीय, मानवीय र सात्विक प्रवृतिहरूलाई दानवीय दुष्प्रवृत्तिले खग्रास पारेको छ । भौतिक उन्नतिका निम्ति कतिपय मनुष्यधारीहरूले पाप र पुण्यको ख्याल नगरी हत्या, आतंक, चोरी, डकैती, गुण्डागर्दी, यौन पिपासा, बलात्कारी, साम, दाम, दण्ड, भेद, घृणित राजनीति आदि ईत्यादिको सहारा लिएर ईश्वरप्रदत्त यो सुन्दर, शान्त र विशाल पृथ्वीलाई नर्कतुल्य बनाई सकेका छन् ।
नेपाल पनि यो पापको चक्रव्यूहबाट मुक्त हुन सकेन ।
विश्वमै एकमात्र पवित्र हिन्दुस्थल, शान्तिक्षेत्र, भगवान बुद्ध जन्मिएको देश, सर्वोच्च शिखर सगरमाथा भएको देश, जनकपुत्री सीताको जानकी मन्दिर भएको देश र अन्यान्य विभिन्न ऋषि मुनिहरू एवं विविधता र प्राकृतिक सुन्दरताले परिपूर्ण भएको सानो तर सुन्दर ( कmबिि दगत ब दभबगतषग िलबतष्यल, ब त्रगभभल या लबतगचभ ) हिमालको काखमा बसेको अत्यन्त सौम्यशाली देश हो हाम्रो नेपाल ।
तर दुर्भाग्यवश आजको मितिमा के भईरहेको छ भन्ने सत्यतथ्यमाथि मैले प्रकाश पार्नु निष्प्रयोजन छ । प्रत्येक नेपालीहरूले भोगेको कथा, व्यथा र जीवन–गाथा हो ।
मेरो कुनै निश्चित धर्म छैन, भूगोल छैन, सम्प्रदाय छैन ।
म मानवतावादी हुँ । मानवधर्ममा मेरो आस्था र विश्वास छ । म धर्मभन्दा माथि अध्यात्मवादमा विश्वास गर्छु । मन्दिर, चर्च, मस्जिद, गुरुद्वारा, गुम्बा सबैतिर जाने गर्छु सकेसम्म, भ्याएसम्म बुद्धलाई विशेष भक्तिभावले स्मरण गर्छु ।
सबै धर्मप्रति मेरो समभाव र श्रद्धा छ । सबै धर्मावलम्बीहरू प्रति मेरो आदर छ । विशेष गरी वृद्ध, बालक, विधवा, एकल पुरूष र महिला, अनाथ र गरीब–असहाय प्रति मेरो साथ, सहयोग र सहानुभूति छ । मेरो धर्म भनेको यति नै हो ।
तर पनि, नेपालको परिप्रेक्ष्यमा भने म हिन्दुधर्मकै पक्षमा थिएँ, छु र रहनेछु । सर्वश्रेष्ठ धर्म भनेर पनि हैन । तथाकथित धर्महरू सबै एउटै कोटिका हुन् । कुनै धर्म उच्च नीच हुँदैन । कुनै धर्मले दुराचार, व्यभिचार र वैमनस्यता सिकाउँदैन । सबै धर्मका प्रवर्तकहरूले महान लक्ष्य, उद्देश्य र मानव हित अनि ईश्वरीय सृष्टिको महान संरचनालाई जोगाई राख्न भगवानका दूत (ब्mदबककबमयचक या तजभ म्ष्खष्लभ ध्यचमि) भएर यो संसारमा जन्मिएपछि धर्म, राजनीति र व्यापारका ठेकेदारहरूले आ–आफ्नो निहित हित र स्वार्थका निम्ति धर्मको दुरूपयोग गर्दै आएका हुन् ।
पर्यटकीय दृष्टिकोण, राष्ट्रिय अस्मिता, सुरक्षा र अन्यान्य कुटनैतिक अनि व्यवहारिक दृष्टिकोणले नेपाललाई हिन्दु राष्ट्रकै रूपमा रहन दिनु उचित थियो र छ । मैले राजावादी भएर पनि यो कुरा गरेको हैन । परन्तु, म कट्टरवादी हुँ ।
मेरो सादर अनुरोध र नम्र निवेदन छ कि धर्मगुरु, राजनीतिकर्मी र सम्बन्धित सबै महानुभावहरूलाई :
१. बन्द गर्नुहोस : धर्म, सम्प्रदाय, जाति, वर्ण , दलित, भाषा, राजनीति,पहिचान र अन्यान्य बहानामा मानवधर्मलाई कलुषित गर्न ।
२. केवल मानवीय मूल्य–मान्यता र मानवधर्मलाई जोगाएर राख्नुहोस् ।
३. कम्तीमा, मानव भएर बाँच्नुहोस् र मानवकै रूपमा बाँच्न दिनुहोस् ।
४. प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका नाममा सर्वसाधारणलाई धेरै वर्षसम्म बेवकुफ बनाउनु भयो । अब तन्त्रमन्त्रको कुरा नगरी योजना तर्जुमा गरि कार्यान्वयनमा लाग्नुहोस् ।
५. यो गर्छु, त्यो गर्छु अब भनि रहनु पर्दैन । बरू फूलमाला, खादा, उद्घाटन र सबैथोक छोडेर जनसहभागिता जुटाएर काममा जुटनुहोस् ।
– याद राख्नुहोस् :
१. मानिसको एकमात्र पहिचान भनेको उसको मानवीय गुण, स्वभाव– सत्वगुण र सदाचार हो ।
२. मानिस जन्मजात उच्च–नीच वा ब्राह्मण–दलित हुन्न, कर्मले हुन्छ ।
३. कर्म गरौं, सबैमा आफ्नै किसिमको योग्यता, दक्षता, सीप र अनुभव हुन्छ ।
८ आजको धर्मसभामा, (राष्ट्रपति निवासमा हैन) सबैले शपथ ग्रहण गरौं :
हाम्रो एकमात्र संकल्प : जनसेवा  जनसेवा, जनसेवा, राष्ट्र, ईश्वर र सीधा– सोझा जनताका नाममा एउटै कसम: विधिको शासन र शून्य भ्रष्टाचार ।
सम्पर्कका लागि :durgadahal9999@gmail.com

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper