banner
banner

संस्कृति मासियो भने आफै मासिन्छौं

पदम हमाल- 
पहिले भात–ढिंडोको सत्कारमा स्वर्ग पुगेको देख्नेहरु अहिले घर हुँदा भूजा ज्यूनार अनी बाहिर बोलावटमा लन्च र डिनरका पाहुना हुनथालेका छन् ।
हामीले के बिर्सेका छौं भनेर संस्कृति मासियो भने आफै मासिने दिन आउँछ । स्मरणीय छ, समय अनुसार चल्न नसक्दा डाइनोसर संसारबाटै लोप र अस्तित्वहीन हुन पुगेको यथार्थलाई जो कोहीले पनि विर्सनु हुँदैन्, सबैले यो सत्य बुझुन् ।
तितो सत्य :
मान्छेको व्यक्तित्व उसको अनुहार कालो र गोरोले छुट्याउने होइन । त्यसैले अल्बर्ट आइन्सटाइनको एउटा प्रसङ्ग यस्तो छ– अल्बर्ट आइन्सटाइन एकदिन एउटा सभामा सहभागी हुन जाँदा एकजना ब्यक्तिले प्याट्ट भनेछ– तपाइले आज सर्टमा आइरन लाउनुभएन, त्यसैले कस्तो भद्दा देखिनु भएको छ । आइन्स्टाइनले यसो त्यो व्यक्तिलाई राम्रोसँग नियालेर हेरेपछि आइन्स्टाइनले भने– हेर्नुस्, महोदय तपाइले आफ्नो सर्ट र पेन्टमा मज्जाले आइरन लगाएर आउनुभएको रहेछ । त्यसैले मेरो सर्टमा तपाइले आइरन नलगाएको देख्नुभएको हो । बरु सक्नुहुन्छ भने तपाईं पनि आइरन नलगाइकन आउनुस् किनकी आफू गोरो भए पछि उसले सबैलाई कालो देख्छ र आफूमा नकरात्मक सोच्ने बानी परेपछि सबैलाई त्यस्तै देख्ने गर्छ । तसर्थ आफूमा सकरात्मक सोच राखेर अगाडि बढ्न सिक्नुहोस् । हामी आइन्स्टाइनको यो जवाफबाट धेरै कुरा सिक्न सक्छौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper