banner
banner

थिङ्क टेंक र नेपाल भारत केन्द्र

शिवप्रसाद सिग्देल -
नेपाल र भारतवीचको सम्बन्ध सुदृढिकरण गर्ने भनेर भारतले नेपालमा अनेकथरिका संघसंस्थाहरु कार्यान्वयन गरेको छ । यतिमात्र होइन, ५ करोडसम्मका सामाजिक कार्यक्रममा सिधै लगानी गर्ने सुविधा पनि भारतलाई नेपालले दिएको छ । जुन संसारमा असम्भव मानिन्छ । त्यसो त संसारमै दुई देशका वीच खुला सिमाना रहेको, आवतजावतमा कुनै नियमन नहुने प्रचलन नेपाल र भारतवीचमा मात्र छ । यसरी भारतले नेपालमा हालीमुहाली गरिरहेको बेलामा भारतले थिंक टेंक सम्मेलनमात्र गरेन, नेपाल उद्योग वाणिज्य महासंघभन्दा शक्तिशाली बन्दै गएको नेपाल उद्योग परिसंघलाई सक्रिय पारेर नेपाल भारत केन्द्र निर्माण गर्ने योजना पनि अघि सारेको छ ।
नेपाल भारत थिंक टेंक सम्मेलन सम्पन्न भएको छ । यही सेरोफेरोमा नेपाल उद्योग परिसंघले नेपाल भारत केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
नेपाल उद्योग परिसंघकातर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानवीच नेपाल र भारतमा ’भारत नेपाल केन्द्र’ (इण्डीया–नेपाल सेन्टर) को स्थापना गर्ने सहमति भएको हो ।

Nepal-India Think Tank Summit-2018.
I participated the Summit organized by Asian Institute of Diplomacy and International Affairs (AIDIA) at Hotel Yak & Yeti for the whole day. There were more than 10 panelists from India including my knowing friend Dr. Nihar Nayak (Research Fellow, Institute for Defense Studies and Analyses (IDSA). From Nepal, there were more than 15 panelists. In the program, Bharatiya Janata Party National General Secretary spoke 'Look South' in the context of Nepal-India Relation. During the discussions it was mentioned that there are many Think Tanks in India which could be named within few seconds. But who are the Nepali Think Tanks ? Nobody explained or answered on these two items from Nepal as well as from Indian scholars. I think the government should respond.    - Buddi N Shrestha

नेपालको विकासका पूर्वाधार जस्तै जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि लगायत दुई मुलुकबीच आर्थिक सुदृढिकरण गर्ने उद्देश्यले यो केन्द्र स्थापना हुन लागेको हो । यो केन्द्रले योजना र कार्यर्िदशा तय गर्ने, आवश्यकताअनुसार उपसमिति गठन गर्ने, दुवै समितिको कार्य स्पष्ट किटान गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धी कार्यक्रम गर्ने तथा कम्तिमा पनि वार्षिक एक ‘मेगा’ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य किटान गरेको छ ।
नेपाल भारत केन्द्रको स्टेरिङ्ग कमिटीमा पीएचडी चेम्बरकातर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालकातर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्रार्िष्ट्रय समितिका संयोजक निर्वाण चौधरी रहनेछन् ।
नेपाल उद्योग परिसंघ थिङ्कट्याङ्क का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित ‘नेपाल, भारत, चीन: २१औं शताब्दीमा सम्बन्ध विस्तार’ पुस्तकको विमोचनको साइतमा नेपाल भारत केन्द्रको जन्म भएको छ । यसको किनाराका साक्षीमा अर्थमन्त्री युवराज खतिवडा समेत रहेका छन् ।
भर्खरै नेपाल भारतवीच गठन भएको प्रवुद्ध समूहले १९५० को सन्धि खारेजीलगायतका सम्बन्ध सुधारका बुँदागत निर्णय तैयार पारेको छ तर दुबै देशका प्रधानमन्त्रीलाई कहिले दिने हो, गुपचुपमै राखिएको छ ।
अव अर्को दुईथरि प्रबुद्ध अर्थात थिंक टेंक समूह सार्वजनिक भएका छन् । एउटा राजदूत मञ्जिव सिंह पुरी र अर्को पुरीकै निर्देशनमा उद्योग परिसंघको सक्रियतामा बन्दैछ ।
थिंक टेंक र नेपाल भारत केन्द्र, दुबैको उद्देश्य नेपालमा चीनको प्रभाव कम गर्ने, भारतको प्रभाव बढाउने र नेपालको सत्ता, साधन स्रोतमा भारतको हालीमुहाली बढाउने उद्देश्य केन्द्रीत रहेको देखिन्छ । नेपालको सार्वभौमसत्ता बलियो पार्ने र अर्थतन्त्र बढाउन के गर्नुपर्छ भन्ने विषयमा ओली सरकार र राजनीति मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper