banner
banner

शुरो छौ त सत्तलसिंह राजा...

स्वयम्भुनाथ कार्की- 
प्रारव्ध मान्छेले देखेको हुँदैन त्यसैले हरेक कुरालाई प्रारव्धको जिम्मा लगाएर ढुक्क हुन हुन्न । यो प्रवृतिलाई धर्मले पनि ठिक मानेको छैन भने आधुनिक ज्ञानले त उचित मान्ने सक्दैन । राजा वीरेन्द्रले आफुलाई वेलाइती राजा जस्तै रुपमा ढाल्न गरेको प्रयत्न कर्मवीर योगी नरहरीनाथलाई चित्त बुझेन । उनले फटकार लगाए ‘छाता आफैले बोक्नु पर्छ, अरुलाई दियो भने आवश्यक परेको वेला धोका हुन्छ ’ । यो कुरा पच्न सकेन त्यो वापत योगीले केके भोग्नु पर्‍यो त्यो यो आलेखको विषय हैन । 
४६ सालको परिवर्तन पछि राजाको समर्थनमा जनता आउनु परेन । सत्ता बुझाएर भत्ता खाएर बस्ने धोकोले भएको सम्झौताले उनलाई एक पक्षको नजरमा उदार बनायो । तर त्यसले पैदा गरेको कुशासनले छिटै माओवादी विद्रोह जन्मायो । सत्तालसिंह राजाको  कथामा झै कसैले शुरो र काँतर पछिका कुरा वदलिदिंदा राजा महेन्द्रको पञ्चायत राजा वीरेन्द्रको पालामा ‘कालरात्री’ भयो । ‘हुकुम सरकार’ भन्नेहरुले घेरिएर बसेकाले राजा र जनता दुवैले ज्यान गुमाए । 
६३ मा कुना पारिएका राजा ज्ञानेन्द्रले सत्तामा बसुन्जेल जनताको माया सारै कम पाए । तर कुना पारिए पछि भने जनताले अगाध माया गरेको छ । यो मायाले गर्दा परिवर्तन प्रारव्ध हो भन्ने सोच्नेको कमी छैन । तर स्वस्थानीका नवराजलाई पनि हात्तीले माला घरमै आएर लगाई दिएको थिएन । त्यसै ‘वीर भोग्या वसुन्धरा’ भनिएको हैन । यो माया समर्थन हो तर आन्दोलन वा क्रान्ति हैन । जनता आफै राजाको निमित्त सडकमा आउनु पर्छ , वा कोठामा कुरा गर्ने तर सडकमा नआउने भनेर छेड हान्नेहरुको जमात छ । यो जमातमा एकले अर्कोलाई गाली गरीरहेका छन, आरोप लगाई रहेका छन । अनि यस्तैहरु जनतामा एकता भएन भन्ने नकचरो रोइलो गर्दछन् ।
लक्ष विहिन भएर जम्मा भएको जनताको समुह भिड हुन्छ , मेलाको भिड, हाट बजारको भिड कुनै पर्वमा देवस्थलमा जम्मा हुने भिड । यस्तो भिडको प्रत्येक एकाइको लक्ष फरक हुन्छ । त्यस्तोलाई एकै लक्षमा लैजाने काम नै हो नेतृत्व । पर बसेर जम्मा भएको भिडले स्वत: काम गर्ला भनेर सोच्नु आकाशको फल हो भन्नै पर्ने हुन्छ । त्यसैले शुरो छौ त सत्तलसिंह राजा ... । किनभने समयले हमेशा पर्खदैन, पुरानो पात झर्छ नयाँ पलाउँछ । नयाँ पातमा आफ्नो परिचय नलेखे किंवदती भईन्छ ।
नेपालमा १९९७ को घटनाको वेला १२ बर्षको बालक वा बलिका वर्तमानमा ९० को आसपास पुग्छन । त्यो उमेरका अहिले होलान नै कति र ? शहिदको कुरा सुनेको वा पढेको भरमा जान्ने पुस्ताले गाडीले किचेर मरेकोलाई पनि शहिद माग गर्‍यो भने कुन अचम्म भयो र ? तर यो कुरा त्यो वेलाको कुरा सम्झनेहरु भएको भए संभव नै थिएन, यस्तो माग गर्न । १५ सालको आमचुनावमा भोट खसाल्ने पनि ८० नाघीसकेका छन्, अव त्यो पनि किंवदन्तीको रुपमा इतिहासको रुपमा स्मरण हुने कुरा भयो । अलगअलग पक्षकाले भनेको अलग कुराको आधारमा केवल छलफल हुने हो जो बुद्धिविलास मात्र हुन्छ ।
‘राजा’ महेन्द्रको कार्यकालको केही स्मरण हुनेहरु पनि ६० बर्षे हुन लागेका छन अनि करिव त्यही उमेर ३६ सालको जनमत संग्रहमा मतदान गर्नेहरुको पनि भएको छ । केही बर्ष पछि यी पनि गनगने बुढाबुढीमा रुपान्तरण हुनेछन् । त्यसपछि महेन्द्रको कुरा किंवदन्ती हुने छ, त्यसैपनि नराम्रो वा राम्रो किंवदन्तीहरु प्रचलनमा आउन थालीसकेका छन । कुनै उनको राष्ट्रप्रेमलाई अतिरञ्जित गरेर भने कुनै उनलाई सत्तालोलुप बनाएर । राजा कुना लगाएर गणतन्त्र लादेको नेपालमा जन्मेको बालक पनि अव ११ पुगेर १२मा हिट्टडदैछ । उस्को निमित्त त राजा तथा राजतन्त्र दन्त्य कथा नै हुनसक्छ । 
होला कोही राजा भएको वेलाको प्रशसक बन्ला कोही आलोचक । त्यो पिंढी उसले भोग्दै गरेको शासन प्रणालीसंग असंतुष्ट होला तर विकल्पमा उसल के सोच्ला ? राजसंस्था वा राजतन्त्र राम्रो थियो भन्ने माने पनि वा नराम्रो माने पनि आफ्नो भोगाई सहज बनाउन के उस्ले राजसंस्था विकल्प मान्ला ? यो नै यक्षप्रश्न हो अहिलेको निमित्त । हो वर्तमानमा ४० कटेकामा विकल्प राजसंस्था सोच्नेहरु छन । तर त्यो मुनीकाले त महशुस गर्न पाउनु पर्‍यो ।
जतिजति आफुलाई राजसंस्थाले जनताबाट ओझेल पार्दै लान्छ त्यतित्यति उसको प्रशंसा त होला तर विकल्प हुने दावी हार्दै जान्छ । यो कुरा हो हैन भनेर जाट्टच्न पाखा लगाईएपछि भित्रै बसेको अवस्था, अनि देशाटन गर्न बाहिर निस्केको अवस्था दाँजेर हेरे हुन्छ । थपमा अहिले फेरी एकान्तवासले शुभचिन्तकहरुमा फैलिएको निराशा महशुस भएकै हुनुपर्दछ । विकल्प बन्ने कि किंवदन्ती छिटै रोज्न आवश्यक छ समय घर्कदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper