banner
banner

यी अरनिको, ती अरनिको

अधिवक्ता शिव सिग्देल -
जापानमा आजका चार अरनिको ढुंगामा बुद्ध कुदिरहेका छन् । युनेस्कोको विश्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति कुदने सात बर्षे ऐतिहासिक परियोजनामा चार नेपाली कालिगढहरु बिगत दुई बर्षदेखि लागिरहेका छन । यो परियोजनाको नेतृत्व गरिरहेका विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् , तर राज्य यसरी विश्व ईतिहास रचेर राष्ट्रिय गरिमा बढाउने काम गरिराखेका नेपालीप्रति सोच्नुलाई दायित्व ठान्ला त भन्ने प्रश्नको सकारात्मक जबाफ शायदै आउला । यही हो हाम्रो बिडम्बना ।
यो ऐतिहासिक कार्यलाई पूर्णता दिने जिम्मेवारी पाएका छन् चार नेपाली मूर्तिकारह – काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित, मोरङ टांडीका गणेश बान्तवा राई र मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल । टासी वाङ्दी लामाले मैनेजरको रुपमा काम गरिराखेका छन ।
कामिआमाकुसा शहरबाट १५ किलोमिटरमा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खटिरहेका छन उनीहरु । सन् २०१६ को सेप्टेम्बरबाट शुरु गरिएको बिशाल मूर्ति (६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति) निर्माण अभियान ५ बर्षमा सकाएर यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाउने र विश्व सम्पदा सुचिमा पार्ने जापानी सरकारको लक्ष्य छ ।
जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा यसरी विशाल बुद्ध मूर्ति निर्माण गर्ने । मितेरीसहितका ४ नेपाली मूर्तिकारहरुले जापानमा बुद्धको मूर्ति निर्माणको ३५ प्रतिशत काम सकेको र पाँच बर्षमा सकाउने लक्ष छ । जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्ताव समेत ल्याइरहेका छन् ।
यसरी बिदेशीहरु धेरै धन राशी खर्च गरेर विश्व संपदा सूचिमा पार्न प्रयास गरिरहेका छन् भने हाम्रो देशमा विश्व संपदा सूचिमा पार्न लायकका संपदाहरु धेरै छन् अझै र पनि ग्ल्भ्क्ऋइ को महानिर्देशक नेपाल आएको बेलामा नेपालका सम्पदाहरका बारेमा उत्साह जगाउने काम गर्नसमेत कञ्जुसी गरियो ।
विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन्, तर विदेशमा यसरी नेपाल चिनाउने योद्धाहरुबारे सरकार अनभिज्ञ छ । सरकारले यस्ता युवाहरुलाई प्रोत्साहन दिनुपर्छ, जसले अरु युवालाई प्रेरणा पनि मिल्छ, सरकार किन मौन छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper