banner
banner

पहिले वीर बलभद्रका अनुयायी त बनेर देखाउ

राजन कार्की -
माओ, लेनिन, माक्र्सका कुरा गर्छन, तिनलाई मुटुदेखि दिमागसम्म बोकेर हिड्छन् । अनि भन्छन्– म देशभक्त, म नेपाली, म स्वाधीन, म सार्वभौम । जन्मेको माटोमा उभिन नसक्ने, माटोको तिलक लगाएर देशको गीत गाउन छाडेर, देशका वीर विरांगनाको सम्झना गर्न नसक्ने, विदेशीलाई कुल देउता मान्नेहरुको फुइँकी नै धेरै । पहिले वीर बलभद्रका अनुयायी त बनेर देखाउ । देश निर्माताको जय भनेर त सुनाउ । अनि पत्याउ“ला तिमी देशभक्त हौ ।
इतिहास साक्षी छ, सन १९६३–६७ मा कोदारी राजमार्ग निर्माण गर्दा चीनले बनाइदिएको मितेरी पुल तरेर कम्युनिष्ट छिर्नेभो भनेर दिल्लीको सातो गएको थियो । कम्युनिष्ट कोदारी राजमार्गबाट न नेपाल छि¥यो, न भारत नै पुग्यो । भारतको आफ्नै कोखमा लालकम्युनिष्ट जन्मे जसले रक्तपात नै मच्चायो, आज भारतभित्र अनेकन लालकिल्लाहरु छन्, जसके प्रतिवाद गर्नु भारतकै लागि चुनौति बनेको छ । कम्युनिष्ट गाडी चढेर आउने होइन रहेछ, कम्युनिष्ट त अशिक्षा र गरिबी, विभेदमा पो उम्रने रहेछ ।
त्यही अशिक्षा र गरिबीलाई बारुद बनाएर झापा विद्रोह भयो, जनयुद्धमा रक्तपात मच्चाइयो, जनआन्दोलन पनि भयो र सत्तामात्र होइन इतिहास नै बदलिदियो कम्युनिष्टले । रगतको होली खेल्ने कम्युनिष्टहरु आज सूर्यमुखी झण्डा उचालेर प्रजातान्त्रिक नेपालको कमाण्ड गर्ने कमाण्डर बनेका छन् । प्रजातन्त्रवादी निस्तेज बनेर शक्ति आर्जन गर्ने नुस्खाको पर्खाइमा छन्, पहाडका गरीवहरुले हिमाली डाँडा पखेरामा यार्सागुम्बा खोजी गरेजस्तो पाराले ।
बुलेटभन्दा ब्यालेट बलियो हुन्छ । जनताद्वारा जनताका लागि जनताले गर्ने शासन नै प्रजातन्त्र हो । अमेरिकाका सोह्रौ राष्ट्रपति लिंकनको यही विश्वासमा मानवाधिकारको नया“ रङ् चढाएर प्रजातन्त्रको लहर जोडतोडले चलेको छ । प्रजातन्त्रको यो लहरको विपरित धारमा कम्युनिजम नेपालमा चीन, उत्तरकोरिया, लाओस्, भियतनाम क्यूवामा भन्दा पनि शक्तिशाली बनेर कवाज खेल्ने खेलाडीका रुपमा देखिएका छन् । २१औं शताव्दिमा एन्टी करेन्टका रुपमा नेपालबाट सशक्त कम्युनिष्ट सरकारको सूर्योदय भएको छ । नेपाली कम्युनिष्टहरुले माओको रातो किताव पढेर सिकेको, जानेको र व्यवहारमा उतारेको अक्किल भनेको लुकेर बस्ने र मौका मिल्नासाथ छकाएर हान्ने र जित्ने हो । झापा आन्दोलनदेखि जनयुद्धको १० वर्षको घटनाक्रम त्यही हो । जनआन्दोलनदेखि कम्युनिष्टको रणनीति बदलिएको छ । प्रजातान्त्रिक माध्यमबाटै सत्ता कब्जा र्गु‘पर्ने तिनको नया“ रणनीति यतिबेला सफलछ ।
ब्यालेटबाट कम्युनिष्टहरु शासनमा पुगेको ६ महिना पनि नपुग्दै अमेरिकास“गै टा“सिएको मेक्सिकोमा वाम पार्टी भुभमेन्ट फर नेशनल रिजनरेशनका एन्ड्रेस म्यानुअल लोपेज ओब्राडर निर्वाचित भएका छन् । पहिले पहिले रुसमा पानी पर्दा नेपालमा छाता ओढ्ने भनिन्थ्यो, मेक्सिकोमा चुनाव जित्दा बाबुरामहरु जुरुक जुरुक उचालिएका छन् ।
प्रजातन्त्रका पिता अब्राहम लिंकनले १८६२ तिर गरेको प्रजातन्त्रको परिभाषा आज पनि अमर छ र त्यही अमरवाणीको मार्गमा कम्युनिष्टसमेत राजनीति गर्न बाध्य भएका छन् । फरक यत्ति छ, कम्युनिष्टहरु आफ्नो अभिष्टलाई प्रजातान्त्रिक जामा लगाएर पूरा गर्न थालेका छन् । यद्यपि कम्युन र कम्युनिष्टतन्त्र लामो समय चलाउन मुस्किल छ । किनकि गरिव र अशिक्षित जनतालाई एक दुई पल्ट झुक्याउन सकिन्छ, सधैं झुक्याउन सकिन्न ।
हो, नेपालको सन्दर्भमा झट्ट हेर्दा लिंकन ढालेर लेनिनको सालिक ठड्याइएको छ । माओ बोकेर राजनीतिको मालिक बनेका छन् । लेनिनको देशले लेनिनलाई बिर्सदैछ, माओको देशमा उदार अर्थतन्त्रले विश्व विजय गरिसक्यो, नेपाली कम्युनिष्ट माओको रातो टिका लगाएर नेपालाई स्वर्ग बनाउने सपना देखाइरहेका छन् । इन्द्रको इन्द्राशनमा बसेर अप्सराहरु नचाउने स्वर्ग भनेको हो भने यतिबेला विश्वमै धनी नेपालका कम्युनिष्टहरुलाई त्यो स्वर्ग प्राप्त भइसकेको छ । शासित बर्ग जो हातमुख जोड्न दिनरात एक गरिरहेका बर्ग छन्, तिनीहरु हिजो पनि सास्तीमा थिए, आज झन सास्तीको जा“तोमा पिसिन थालेका छन् । नेपालका कम्युनिष्टहरु रातो चामलको भात खाएर कालो धनको रक्षा गरिरहेका छन्, तस्कर र माफियाको सुरक्षामा समय खर्चिरहेका छन्, तिनले बनाउने स्वर्ग भनेको दुर्योधनको जुवाघर नै हो ।
चीनका राष्ट्रपति सिजिन पिङले कुनै पनि पार्टी पदाधिकारीले निजी सम्पत्ति राख्न नपाउने नीति लागू गराएका छन् । चीनका माओलाई माइवाप ठान्ने कम्युनिष्टहरुको सुन र सम्पत्ति कति कति ? पार्टी र पार्टी नेताको सम्पत्ति विवरण, दाइजोमोहले बताएन र ? कम्युनिष्टहरु कुन तहका कम्युन्यालिष्ट, शोषक र सामन्त रहेछन् ?
जनताको घर छैन, घर भएकाको छानो छैन, पढ्ने स्कूलघर छैन, खोला तर्ने पुल छैन, युवालाई रोजगार छैन, स्वच्छता कतै कुनै क्षेत्रमा छैन, सुशासन छैन, सेवाग्राहीलाई सुविधा छैन, जनताको आ“खामा आ“सु छ, राहत छैन, यस्तो सरकार जन्ती गएजसरी लस्कर लिएर विदेश यात्रा गर्छ, प्रतिष्ठानका नाममा ६० करोड बा“ड्छ, पूर्वविशिष्टहरुलाई पञ्चदेवलको हण्डी बा“डेजसरी राजर्शी खान्की बा“ड्छ, बाहुबलीहरुको घेराबन्दीमा बसेर पहु“चहीनहरुको बेवास्ता गर्छ, यस्तो बर्बादतन्त्र बनेको छ कम्युनिष्टतन्त्र । शुभनतिजा खोजेका आमनागरिकका लागि २०६३ सालको परिवर्तन, २०७२ सालको संविधान र संविधानले गराएको स्थानीय, प्रदेश, संघीय संसद र राष्ट्रियसभाको निर्वाचनपछिको ७ सय ६१ सरकार राजनीतिक अस्थिरता र आर्थिक अराजकताको नमूना बन्न थालिसकेको छ । ब्यालेटबाट आएको त हो, जंगलीले जंगलतन्त्र नै चलाउने रहेछ । परिवर्तनका बाघहरु दिनदिनै बनबिरालो सावित भइरहेका छन् । नयाँ नेपालको हुँकार लाउनेहरुले भएको नेपालको जगेर्ना नगर्ने चालामाला देखियो । तोप पड्केजसरी पड्कनेहरु सिंहदरवारका शासक बने, चीन गए, भारत गए, यिनको गतिमति पानीको फोकोभन्दा भिन्न देखिदैन । सडकमा गरेको भाषणमा बासना आउने कम्युनिष्टहरु शासनमा गनाउन थाले । ५ वर्षका लागि शासनमा पुगेका कम्युनिष्टहरु ६ महिना नपुग्दै का“चो बायु छाडेर देश र समाजलाई दुर्गन्धित, प्रदूषित पार्न थालेका छन् ।
विदेशी विचार बोक्ने स्वदेशी पार्टी । दक्षप्रजापतिको अहंकारपछिको मूर्तिजस्तो हुनथाल्यो । अतिवादबाट सत्तामा पुग्नेहरु खतिवादी हुनेछन् । जसरी पनि सत्तामा पुग्ने अनि धृतराष्ट्रले जसरी अन्यायको साम्राज्य फैलाउने । नेपालमा जे भइरहेछ, यही भइरहेको छ । नेपालको अवनतिको मूल कारण यही हो । नेपाली विचार बोकेर नेपालमा उभिने पार्टीको खा“चो छ । नेकपा यस्तो पार्टी भएको भए नेपालका दुर्दिनहरुको सातो लिन थालेको देखिन्थ्यो । जुन जोगी आए पनि कानै चिरिएका । नेकपाको शासनले कुम्भकर्णे आसन जमायो, कूशासनको असारे भेल रोकिने भएन । भ्रष्टाचारका किटाणुहरु यसरी सलबलाउन थालेका छन् कि कूशाासनले क्षयरोगी बनिसकेको नेपालमा भ्रष्टाचारकै महामारी फैलिएको छ ।
बचाउने कसले ? कुनै नेता महाथिर बनेर उभिन तैयार छैन । ९३ वर्षका महाथिर मोहम्मद म मरेको छैन, ज्यू“दैछु भनेर मलेसियालाई गौरवशाली बनाउन कम्मर कसेर फेरि राजनेताका रुपमा उभिन पुगेका छन् ।
नेपालमा सयौं नेता छन्, नेताले भरिपूर्ण छ नेपाली राजनीति । तर, एउटा नेता पनि राजनेता बन्छु भनेर इच्छाशक्ति राख्दैन । देशका लागि उभिदैन । म पार्टी नेता हुँ भन्छन् र पार्टी नेताकै रुपमा मर्न तैयार हुने नेतालाई के भन्नु र खै ?
भनिन्छ, कायरहरु दिनदिनै मर्छन् । बहादुर दिनदिनै बाँच्छन् र एकपल्ट मर्छन, गौरवपूर्ण रुपमा मर्छन् । त्यसैले त सिंगापुरलाई सम्पन्न बनाउने लि क्वान यु बेनिभोलेन्ट लिडर थिए, जसको मृत्युमा विश्वले आ“सु बगायो । हाम्रा नेता मर्दा सरकारको आदेश मान्न जाने १० जना सिपाही गएर शोक धुन बजाइदिन्छन् । जनताले आँसु बगाउ“दैन । मरेपछि तिनलाई पार्टीले सम्झन्छ, देशले सम्झदैन ।
हुन त लोकतान्त्रिक गणतन्त्र नेपालमा लोकतन्त्र दिवस सत्ताधारीलाई सिपाहीले घेरेर सेनाको हेलिकोप्टरबाट फूल अविर बर्षाएर मनाउने देश हो यो । लोक कता छ, गण के गर्दैछन्, सरकारले अहिलेसम्म खोजी गरेकै छैन । लोक सहभागी नभएको लोकतन्त्र दिवस, गणले बेवास्ता गरेको गणतन्त्र दिवस भव्यताका साथ मनाइयो भनेर राज्य फोस्रो प्रचारवाजी गर्छ ।
लड्डु लडे झिल्ली झरे, गरिबलाई सपना देखाएर चुनाव जित्न सजिलो छ, चुनाव जितेर ब्यालेटको गरिमा र महिमा कायम राख्न मुस्किल । त्यसमाथि मानवाधिकारको पक्षमा उभिन त झन गाह्रो । कतै सोम शर्माले देखेजस्तो कम्युनिष्टले देखाएको सपने चुच्चे रेलले नघोचोस्, पानी जहाज नडुबोस् ।
सालिक अर्काको देशका लेनिन वा माओको राम्रो होला, देशका लागि सुहाउने त राष्ट्रनिर्माता, देशभक्त, वीर बिराङ्गनाकै हो । म नेपाली हु“ भन्न नसक्ने, म नेपाल बनाउ“छु भन्न नसक्ने, म नेपालीत्वको जगेर्ना गर्छु नभन्ने हो भने कम्युनिष्ट शासन नेपालको शासन कसरी बन्नसक्छ ?
हामी नेपाल सरकार खोजिरहेका छौं । हामी कम्युनिष्ट नेता होइन, नेपालका नेता, राजनेता हेर्न चाहिरहेका छौं । जीवनको उत्तराद्र्ध अर्थात पुरातन मान्यता अनुसार वानप्रस्थ गर्ने उमेरमा पुगिसकेका कम्युनिष्ट नेताहरुको मरेर पनि बा“चिरहने, इतिहास बनाउने बुद्धि बङ्गारो किन उम्रदैन, कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper