banner
banner

हेलो सरकार, सरकारजस्तो हुनुप¥यो

अधिवक्ता गंगा दाहाल- 
नेपालमा एमाले र मेक्सिकोमा आन्द्रेश म्यानुएल लोपेज ओब्राडर, दुबै वामपन्थीलाई जिताएको सुशासनका लागि हो, भ्रष्टाचारको अन्त्य र समृद्धका लागि हो । मेक्सिकोका विजयी राष्ट्रपति आन्द्रेश अमेरिकाका राष्ट्रपति ट्रम्पको व्यापार आप्रवासी मुद्दा र सिमानामा पर्खाल लगाउने निर्णयको कट्टर विरोधी हुन् भने नेपालका केपी ओली देशभक्त अडानका कारण जनताले मन पराएका हुन् । मेक्सिकन जनताले आन्द्रेमाथि भरोसा गरे, नेपाली जनताले ओलीमाथि । आउने दिनले उता र यता दुबैतिरको वाम सरकारको नीतिमा नियति खोज्नेछ । आफ्नो भिजन र मिसनमा दुबै व्यक्तित्व सचेत छन्, यसकारण उनीहरुले पाएको मौकालाई खेलवाड अथवा खेला“चीका रुपमा दुरुपयोगको भूल पक्कै गर्ने छैनन् । मेक्सिको र नेपाल दुबैतिरको यो वाम विजयले देश र जनताका लागि काम गर्नेछ ।
नेपालमा हलो सरकार छ, जनताले हेलो गरेर सरकारका नीति निर्णयमा आफ्नो राय प्रकट गर्न सक्छन् भने कुनै पनि आपत्ति प्रकट गरेर सरकारको ध्यानाकर्षण पनि गराउन सक्छन् । यसकारण हेलो सरकारप्रति नागरिक सचेत छन् र दिनहु“ हेलो सरकारमार्फत गल्ती कमजोरी औंल्याइरहेका छन्, भ्रष्टाचार, अनीति र अन्याचारका बारेमा सरकारलाई सक्रिय पारिरहेका छन् ।
तर, जनताको हेलो सरकारमा गरेको उजुरीप्रति आजकल कम सुनवाई भइरहेको छ । सडकका धुलो, धुवा“, हिलोका बारेमा सबैभन्दा बढी हेलो आइरहेको छ । आमनागरिकले सडकमै रोपाइ गरेर सरकारको आलोचना गरिरहेका छन् । सरकारले पनि ठेकेदारलाई पोस्ने र काम नगर्ने ठकेदारलाई छुट दिने, फोहर व्यवस्थापन नहुने, घूस नख्वाई जनसम्पर्क बढी हुने कार्यालयमा कामै नहुने, मानव वेचबिखनदेखि अदालतका फैसलाहरुमा आर्थिक चलखेल भएकासम्मका उजुरीहरु हेलो सरकारमा आइरहेका छन् । सरकारले पनि तस्कर र माफियाका पक्षमा उभिएजस्तो देखिने काम गराइले पनि सरकार आलोचित हुनपुगेको छ ।
यसकारण प्रश्न उठेको छ, हेलो सरकार हल्ला सरकार नहोस् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारका भाइरसलाई टपाटप टिपेर फाल्ने हो, सुशासन र समृद्धि ल्याउने हो, आउने दिन आर्थिक क्रान्तिको हो भनेर पटक पटक भनेकै हुन् । चीनको चुच्चे रेल र हिन्द महासागरमा पानीजहाजसम्मको सपना पनि देखाएकै हुन् । सपना देख्नुपर्छ, सपना साकार पार्ने योजना बनाएर कार्यान्वयन थाल्नुपर्छ । सपनामात्र देख्ने र केही नगर्ने हो भने हेलो सरकार, नतिजा केही आउनेछैन ।
हेलो सरकार, नाकावन्दीका बेलामा जुन देशभक्तिको धरामा टेकेका थियौ, त्यो अडान अझ मजबुत हुनुपर्छ । तवमात्र मतदाताको विश्वास र भरोसा सार्थक हुनसक्छ । मतदाताले हिजो साथ दिए, चुनावमा साथ दिए, अहिले पनि साथ दिइरहेका छन् । मतदाताको त्यो साथमा अपेक्षा पनि छ, जनअपेक्षामा सार्थक हुनसकेमात्र जनविश्वास कायम रहनसक्छ । हेलो सरकार, खोलो र राजनीति सिधा बग्दैन भनिन्छ । बोलेको पूरा गर्न नसक्दा जनविश्वास चिप्लन्छ त ? राजनीतिमा पा“च वर्ष लामो समय होइन, गलत कामले, जनअपेक्षामा खरो उत्रन नसक्दा कांग्रेस पछारिएको हेरौं । बुद्धिमानी देखेर चेत्छ, मूर्ख परेर चेत्छ ।
अहिले समाजमा जे जति विकृति देखिएका छन्, तिनको निदान खोज्नतिर लागौं । सूर्यमुखी बनेर सत्तातिर मात्र फर्किरहदा जनता भड्किन सक्छन्, जनमत खस्किन सक्छ । हेलो सरकार सार्थक सरकार बनोस्, हल्ला सरकार नबनोस् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper