banner
banner

राजतन्त्र ः सन्दर्भ नेपाल

स्वयम्भुनाथ कार्की - 
राजतन्त्र शव्द संग चिढिनु आवश्यक छैन, किनभने जति पनि किसिमका राज्य प्रणाली, शासकिय स्वरुपहरु थिए, छन् र हुनेछन् ती सबै राजतन्त्र कै परिवर्तित रुपहरु हुन । राजा मुलुकको सर्वोच्च पद हो, जहा“ राजा छैनन त्यहा पनि कुनै न कुनै सर्वोच्च पद श्रृजना गरिएको नै छ । राजा व्यक्ति कहिले पनि होईन यो संस्थाको नेतृत्व गर्ने पद हो । जो अन्य धेरै सहयोगीहरुको साथमा सुव्यवस्था कायम राख्छ, अत्याचार हुन दि“दैन अनि समृद्ध मुलुक बनाउन हमेशा प्रयत्नशिल हुन्छ ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, आदि जुनै पनि तन्त्र हुन् कसैले पनि यी मान्यता हामीमा लागु हुन्न भन्ने हिम्मत गर्दैन । साम्यवाद, पु“जीवाद, समाजवाद जेसुकै वाद हुन मुलभूत कर्तव्य र लक्ष यिनै हुन् । यी मान्यताहरुको वर्खिलापमा जाने सबै कर्तव्यच्यूत भएको मानिन्छ । कल, छल, बल आदिले केहि समय कसैले मनोमानी गरे पनि कालान्तरमा त्यसो गर्ने तिरस्कृत हुन्छ नै । जसरी कोही जिम्मेवारीबाट च्यूत भयो भन्दैमा प्रणाली नै च्यूत भएको मानिदैन त्यसै गरेर राजतन्त्र पनि व्यक्तिको व्यवहारले अछुत मानिन हुदैन । अव प्रश्न उठछ त्यसो भए यी अलग अलग तन्त्र किन विकसित भए त ? के आवश्यकता भयो र तन्त्र थपिदै गए ? यसको उत्तर हो देश, काल, परिस्थितिले  यी कुरा आवश्यक भए ।
यो उत्तर जति सहज छ व्याख्या त्यति नै विकट र विस्तृत हुन्छ । काम, कर्तव्य र अधिकारमा समानता भए पनि सर्वोच्च पदमा पुग्ने प्रक्रिया सबै जसो तन्त्रमा अलग अलग हुन्छ । एउटै तन्त्रमा पनि अलगअलग स्थानमा अलग अलग प्रक्रिया देख्न पाईन्छ । जहा“ प्रजातान्त्रिक गणतन्त्रमा सिद्धान्ततः कोहि पनि नागरिकले त्यो स्थान हसिल गर्न सक्छ भने साम्यवादी गणतन्त्रमा 
निश्चत मापदण्ड पुरा गरेको र पुरानोले पनि पत्याएको हुनु पर्दछ । राजतन्त्रमा उत्तराधिकारी तोकिने भएकाले साम्यवादी गणतन्त्रस“ग पुरानोले पत्याउनु पर्ने कुरा मिल्न जान्छ । राजतन्त्रमा उत्तरधिकार वंश परंपरामा जान्छ , वंश परंपरा तोडियो भने त्यो किन तोडियो भन्ने कुरा प्रष्ट गर्नुपर्ने हुन्छ । जनवादी गणतन्त्रमा वंशमा उत्तराधिकार गयो भने किन भन्ने प्रश्न पैदा हुन्छ तर यो धेरैजसो वेला बाहिर आउने गर्दैन । अमेरिका जस्ता मुलुकहरुको कुरा नगर्ने हो भने अन्तका सबै गणतन्त्रमा उत्तराधिकारी अनौपचारिक रुपले घोषित भई सकेको हुन्छ । राजतन्त्रमा वंश एउटै मात्र हुन्छ तर यस्ता गणतन्त्रमा जति नै जनता सर्वशक्तिमान भने पनि केही वंशहरुको अघोषित वचश्व हुन्छ । 
कुरो अलि अमूर्त जस्तो भएकोेले यसलाई केहि सरल गर्दा सामान्यतया दक्षिण एसियामा हरेक जसो दलका ठुला नेताहरुको घराना अघोषित राजवंश जस्तै हुने गर्दछन । श्रीमानको मृत्यु पछि श्रीलंकामा उनकी श्रीमतीलाई सत्ता सुम्पिइयो । नेहरुको मृत्युको केही समय पछि उनकी छोरीले सम्हालेको सत्ता त्यसपछि छोरीको छोराले सम्हाल्न पुगे । यस भेकमा जनतामा व्यक्तिवंश पुजाको मानसिकता छ, त्यसैले बंगलादेशमा शेख हसिना वाजेद, खालिदा जिया, पाकिस्तानमा बेनजिर भुट्टो र त्यसपछि उमेर नपुगे पनि उनको छोरा विलावल जरदारीलाई विलावल भुट्टो भनेर उत्तराधिकारी घोषणा गरिएको घटना ताजै छ । यो एक प्रकारको अवैधानिक राजतन्त्र नै हो । नेपाल पनि यसबाट अछुतो छैन, आ“खा कान खोलेर हेर्ने सुन्ने हो भने सत्ताका दावेदारहरु कुन कुन परिवारबाट कुन कुन नाताका तैयार हुदैछन् त्यो थाहा पाउन कठिन छैैन ।
नेपालले यस्तो विभिन्न परिवारमा छरिएर रहेको अर्धवैधानिक राजतन्त्र एक शताव्दी भन्दा ज्यादा श्री ३ महाराजको रुपमा भोगिसकेको छ । कुनै वैधानिक दायित्व बोक्न नपर्ने परिवारहरुबाट उत्तराधिकारी आउन थाल्दा गैर जिम्मेवार अवैैधानिक राजवंशहरुको विगविगी हुन्छ । यस्ता वंशहरु एक अर्कासंग समन्वय भन्दा ‘लडाई र प्रेममा सबै जायज छ’ भन्ने सिद्धान्त फलाक्दै प्रतिस्पर्घामा उत्रन्छन । उनीहरु विचको यो संघर्षले जनताको निमित्त नर्कको वातावरण तैयार गर्छ जो जीवनकाल मै भोग्नु पर्दछ । फेरी यो दशक पुग्ने ध्याउन्नमा लागेको गणतन्त्रमा वैधानिक नारायणहिटी कुना लागेको छ । तर त्यसको सबै जसो कुरा लिएर शितलनिवास राजतन्त्र बोकेर बढिरहेको छ । राष्ट्रपतिले आङ्खनो भाव भंगीमा, भेषभुुषा, बोलीचाली मात्र हैन राजाले औपचारिक गर्ने काम पनि गर्दैछन् । अर्थात राष्ट्रपति नेपालमा राजतन्त्रको बदला गणतन्त्र भएर आएको हैन व्यक्ति र पदको नाम मात्र परिवर्तन भएको हो ।
धर्मनिरपेक्ष गणतन्त्रको राष्ट्रपति पदले दशैको टिका बक्सनेदेखि भोटो जात्रासम्मको हिन्दु राजाको निरन्तरता कायम राखेको छ । जवसम्म नेपालमा व्यक्तिवंश पूजाको मानसिकता कायम रहन्छ तर वैधानिक राजतन्त्र रहन्न तबसम्म यस्ता अवैधानिक राजतन्त्रहरु कायम रहन्छ जसको कुनै उत्तरदायित्व छैन । त्यसैले उत्तरदयित्व सहितको एक वैधानिक राजतन्त्रको उपस्थितिमा मात्र नेपालीले कष्ट भोग्नु पर्दैन । वैधानिक राजतन्त्रले उत्तदायित्व वहन गर्नैपर्दछ, त्यसले योग्यता र क्षमता देखाउनै पर्दछ । विचमा आएको सर्वशक्तिमानको अनुभव भ्रम रहेछ भन्ने सावित भई सकेको छ । तर वर्तमान व्यवस्था भनेको ‘माछा देख्दा पानी हात, सर्प देख्दा पाखा हात’ गर्ने वैधानिक अधिकार सहितको अवैधानिक राजतन्त्र नै हो जो जनताको निमित्त हानिकारक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper