banner
banner

गणतन्त्रले जवाफ दिनुपर्छ

शाश्वत शर्मा -
गणतन्त्र दिवस अर्थात जेठ १५ देखि पुन: अनसन बसेकी गोरखा फुजेलकी ६२ वर्षीय बृद्धा गंगामाया अधिकारीको स्वास्थ्य स्थिति एकदम गम्भीर बन्दै गएको छ । स्मरणरहोस्, ती गंगामायाको कुनै ठूलो माँगछैन, मात्र न्याय पाउँ भनिरहेकी छिन् ।
२०६१ साल जेठ २४ गते आफ्ना छोरा १७ वर्षका कृष्णप्रसाद अधिकारीलाई चितवनबाट अपहरण गरी तत्कालीन माओवादी विद्रोहीले हत्या गरेो थियो । नितान्त व्यक्तिगत रिसइवीलाई जनयुद्धको जामा पहिर्‍याएर वास्तविक हत्यारालाई उन्मुक्ति दिन खोज्ने अहिलेका नेकपा भित्र रहेका र नयाँ शक्ति पार्टीका उपल्लो तहका नेताहरु समेत कारवाहीमा पर्ने डरले यो हत्याकाण्डलाई जबरजस्ती दबाइएको छ । मानवअधिकारवादी, मिडियाको जबरजस्त हमलापछि ओखलढुंगाका उज्जन र गणेश श्रेष् हत्याकाण्डका प्रमुख ारोपी बालकृष्ण ढुंगेललाई केही दिन हिरासतमा राखेरराष्ट्रपतिबाट आममाफी दिलाइएको छ ।
नेकपाको सरकारले यो कृष्णप्रसाद हत्याकाण्डलाई पनि भासभूस पार्न कुनै न कुनै बहाना खोजिरहेको दावी गर्छन् विश्लेषकहरु । अब सबैलाई थाहा भएकै कुरा हो कि पहिला गंगामायाका पति नन्दप्रसाद पनि छोरोको हत्यारालाई कारवाही होस् भनेर आरण अनसन बसेका थिए । अनसनकै क्रममा उनको २०७१ साल असोज ६ गते मृत्यु भयो, उनको शव आजका दिनमा पनि टिचिङ अस्पतालको फ्रिजमा राखिएको छ ।
पतिको मृत्युपछि गंगामायालाई मानवअधिकारकर्मीहरुले छोराको हत्यारालाई कारावाहगिराउने वचन दिएर अनसन तोडाएका थिए । त्यस्तो वचन पूरा नभएपछि पीडिता गंगामाया पुन: अनसन बसेकी हुन् । उनका अर्का छोरा नूरप्रसाद पनि ४ वर्षदेखि बेपत्ता छन् । एकथरि नूरप्रसादलाई लोभ डरमा पारेर मौन पारेको भन्दैछन् भने अर्काथरि बाँच्नकै लागि नूरप्रसाद मुग्लान भासिएका हुन् ।
एउटा छोराको हत्या भयो, बाबु अनसनमै मरे, अर्का छोरा बेपत्ता छन् । आमा गंगामाया न्याय नपाए मर्छु भनेर आमरण अनसन बसेकी छित् । यो विषयमा सरकार मौन छ । उदासीन छ । केही अधिकारकर्मीले यो विषयमा उपप्रधानमन्त्री र रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललाई जानकारी दिएका छन् । ती दुबै मन्त्रीसमेत मौन छन्, उदासीन छन् । गंगामायाको सुनवाई कतैबाट भएको छैन ।
उता न्यायको खोजीमा राज्यबाट आश गरिरहेकी गंगामाया अधिकारीको स्वास्थ्य स्थिति खस्किदो छ । न्याय पाउँ भनेर अनसन बस्नुपर्ने, मर्नुपर्ने, यो कस्तो लोकतन्त्र हो ? यो लोकतन्त्र, त्यो गणतन्त्र कसैले गंगामायाको चित्कार सुनेन । कहाँ गए डा.गोविन्द केसी, नागरिक समाजका अगुवा भनिएकाहरु ? मुलुक हल्लाउने डलरवादीहरु ? किन एउटा गरीवको न्यायको आर्तनाद सुन्दैनन् कोही ? कसैले माइतीघर मण्डलामा न्याय देउ भनेर सर्वोच्च सामु, सरकारका अगाडि मैनबत्ती बालेनन् ?
गंगामायाको माँग सामान्य छ । आफ्नो छोराको हत्या भएको हो, त्यस बारेमा छानबिन होस्, हत्यारामाथि कारवाही होस् । बस्, उनको अनसनको आशय यत्ति हो । तर अहँ, न्याय दिन राज्य तत्पर छैन । कसैले कमजोरका कुरा सुन्दैनन् । बेमौसमी बाजा बजाउने एनजीओहरुपनि कानमा कपास कोचेर बसेका छन् । किन ? हेर्दै गए हुन्छ, जसरी गंगामायाका पति नन्दप्रसादले अनशनमै मर्नुपर्‍यो, गंगामायाको गति पनि त्यही हुनसक्छ । त्यसपछि त्यो घटना सामसुम हुन्छ, सामसुम पारिन्छ । त्यसपछि जस्तोसुकै घटना होस्, न्याय पाउँ भनेर कसैले अनसन बस्नेछैनन् किनभने अनशन बसेर न्याय माँग्नु भनेको आफै मर्नु हुनेछ ।
यो कस्तो मुलुक ? हत्याराल्ई कारवाही गर भन्दा मर्नुपर्ने । यदि ज्यादै दबाब परेर हत्यारा पक्राउ परिहालेता पनि राष्ट्रपतिले आममाफीको बरदान दिने ।
के भन्छन् लोकतान्त्रिक गणतन्त्रवादीहरु गंगामायाका सम्बन्धमा ? धिक्कार छ महिला अधिकारकर्मीहरुलाई पनि । महिला सडकमा निस्किदिएको भए, न्याय देउ भनेको भए गंगामायाँको न्याय बाँच्थ्यो कि ? ३३ प्रतिशत अधिकारका लागि रोइकराई गर्ने महिलाहरु गंगामायाको अधिकारका लागि, नागरिकले पाउनैपर्ने न्यायको अधिकारमा पटक्कै बोल्दैनन् । के भन्ने यस्तो गणतन्त्रलाई ?
 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper