banner
banner

शक्तिशाली सरकारको कार्यभार

शाश्वत शर्मा -
श्रीमान उपेन्द्रयादवको फोरम उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय लिएर वर्तमान बहुमत प्राप्त केपी ओलीको सरकारमा सामेल भएर दुई तिहाई बहुमत प्राप्त सरकार बन्न पुगेको छ । पुराना माओवादी उपेन्द्र यादव मधेश कार्ड फालेर एकाएक चर्चामा आएका छन् । उनकै नेतृत्वमा भउको मधेश आन्दोलनमा करीव ६२ जना मधेका नेपालीहरुलेसहादत प्राप्त गरेका थिए । त्यसपछि एकाएक चचाएको चुलीमा पुगेका श्रीमान उपेन्द्र यादवको केन्द्रीयसत्तामा करीव सात वर्षपछि वापसी भएको छ ।
त्यसो त, प्रदेश २ को प्रादेकि सरकार पनि उनकै पार्टीको कव्जामा छ । नेपालका मधेशीहरुको हित गर्ने भन्दै उपेन्द्र यादव संविधान संशोधनको मनसुवा राखेर सत्तासीन हुनपुगेका हुन् ।
अव उनले सम्हालेका स्वास्थ्य मन्त्रालय र उनको पार्टीले पाएको अर्को सहरी विकास मन्त्तालयका काम कारवाही एवम् प्रगतिका कुराहरुलाई एकछिन पन्छाएर यादवको उद्देश्यलाई विचार गर्दा पनि डरलाग्दो छ भनेर दावी गर्छन् बुझ्नेहरु । अझ महन्थ ठाकुरको राजपा पनि सत्तारुढ हुने तरखरमा छ भनेर बाहिर आएको चर्चालाई सुन्नेहरुको आङ सिरिङ्ग हुनथालेको छ ।
कारण ? कारण एउटै छ, त्यो हो संविधान संशोधन । वर्तमान नेकपाको बहुमत प्राप्त सरकार छँदैथियो । संविानका लागि दुई तिहाई पुर्‍याउन यस्तो गठबन्धन गर्न जरुरी थियो । त्यही कार्यका लागि भएको यो मेलमिलाप चाहिं नेपाल र नेपालीका लागि खतरनाक छ भनेर बताउनेहरु अहिले तत्कालीन एमाले र माकेको चुनावी गठबन्धनलाई बहुमत दिलाएको मा थक्क थक्क मान्दैछन् । यिनीहरुको मनसुवा बुझ्न श्रीमान उपेन्द्र यादवद्वारा रचित त्यो भाषण, जुन भाषणलाई प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोहालै जनकपुर भ्रमणका बेला भएको नागरिक अभिनन्दन समारोहमा बाचनगरेका थिए, त्यो भाषणलाई एकपटक फेरि सम्झिए पर्याप्त हुनेछ ।
त्यसबाट यिनीहरु के हुन् ? के चाहन्छन् ? सबै खुलस्त हुन्छ । अझ त्यसैसमयमा भारतका सांसद एवम् पूर्व क्रिकेटर कीर्ति आजादले जनकपुरलाई भारतले फिर्ता लिनुपर्छ भनेर भनेका र त्यस कुरालाई खाली पहाडीया नेताहरुले मात्र विरोध गर्नु तर मधेशीहरु मौन बस्नु पनि अर्थपूर्ण रहेको छ ।
 त्यसमाथि भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफ्नो अभिव्यक्तिमा जुन मोदी सरकारको उपलव्धि सुनाउन आयोजना गरिएको थियो, प्रम मोदीले जनकपुरमा भारतीयहरु, जो लाखौंमा थ्एि, तिनलाई संवोधन गर्नुभएको थियो भनिन् । यसबारे न त मधेशका नेताहरुको कुनै प्रतिक्रिया आयो, न  प्रदेश २ कोसरकारले हामी नेपाली हौं, प्रवासी होइनौं नै भने ।
अर्थात्, कीर्ति आजाद, सुषमा स्वराजहरुको जे मनसुवा हो, हाम्रा मधेशका नेताहरुको भित्री अभिष्ठ पनि त्यही हो । नेपालीत्व त्यहाँ छैन ।
सुगौली सन्धिपछि भारतले ६० हजार हेक्टर नेपाली भूभाग मिचेर बाँकी नेपाल छ, त्यो नेपाल बचाउन नेपालीहरु नउत्रने हो भने, पक्का छ, हाम्रो अस्तित्व रहदैन । स्थिर, दुई तिहार्य बहुमत प्राप्त सरकार विकास गर्न, शानित दिन, मुलुकलाई समृद्धितिर डोर्‍याउनका लागि निर्माण भएकै होइन । यो त नेपाल र नेपालकिो अस्तित्व समाप्त पार्ने डिजाइनमा बनेको हो । हिजोसम्म ओली र मधेसशी नेताहरुवीचको सम्बन्धलाई विचार गरौं,... अनि आज नेकपाको स्पष्ट बहुमत हुँदाहुँदै पनि जबरजस्ती सत्तामा पुर्‍याइएका उपेन्द्र यादव अनि केही समयपछि महन्थ ठाकुरकोराजपाको सत्तारुढ हुनुको मुख्य उद्देश्य र त्यसबाट प्राप्त हुने, संविधान संशोधनको नाममा प्रतिफलले यो मुलुकलाई कुन जोखिममा पार्ने हो ? फेरि पनि भन्नुपर्ने हुन्छ, मुलुकको अस्तित्व मेटिनेतर्फ लम्कदो छ । कारण यही अहिलेको शक्तिशाली सरकार शान्ति, समृद्धि, सुशासनका नाममा भीमजस्तो शक्तिसम्पन्न त बन्दैछ, राजनीतिक धर्म र जनताप्रतिको जिम्मेवारीलाई घातक हतियारको रुपमा प्रयोग गरेर पराईका लाग काम गर्दैछ ।
जुन सरकारले विधिको शासनको कबुलियत गरेर, देश र जनताप्रतिको इमानमा बस्छु भन्ने शपथ लिएर, यसरी राजनीतिक धर्म विपरित काम गर्दैछ र प्रतिपक्षविहीनजस्तो अवस्था र श्री ३ जंगबहादुरको शैलीमा काम गर्न थालेको छ, यस्तो सरकार कुनै पनि हालतमा देशको माटोमा उभिएर देशहितमा निर्णय लिन सक्छ, लिनेछ भनेर मान्नु गलत हुनजानेछ । हामी यो विरोधका लागि विरोध गरिरहेका छैनौं, नाकावन्दीको समयमा जुन देशभक्तिको भावना ओली महाशयमा देखिएको थियो, त्यो नाटकको पटाक्षेप अव हुन थालेकोमा चिन्तामात्र प्रकट गर्दैछौं । हेर्दै जानुपर्छ, ओलीको अनुहारबाट कति मुखुण्डोहरु उत्रदै जानेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper