banner
banner

नेपालमा भारतको २७ सैनिक पेन्सन क्याम्प किन ?

विष्णुकुमार प्रसाई -
स्वाधीनता र सार्वभौमिकतावादी भनेर नथाक्ने ओली सरकारले भारतलाई अनेक आयोजनाहरुमा सिधा ५ करोडसम्म आर्थिक सहायता दिनसक्ने प्रावधान र आधुनिक वैंकिङ व्यवस्थाको विकास भइसकेकाले नेपालका २७ स्थानबाट भारतले पेन्सन क्याम्प खडा गरेर सैनिक चक्रव्यूहमा नेपाललाई पार्दे लगेको देखिन्छ । सम्बन्ध सुधार्न मोदी सरकार अग्रसर भएको हो भने समानताको व्यवहार गरोस्, यस्ता सैनिक क्याम्पहरु बन्द गरिनुपर्छ र दुई देशवीच आशंका उठ्ने कुनै पनि क्रियाकलाप भारतले गर्नुहुन्न । मूल कुरो सिमाना अतिक्रमण र राजनीतिक हस्तक्षेप, १९५० को सन्धिको खारेजी जरुरी छ । सं.
२०६५ सालमा आएको बाढीको प्रकोपका कारण तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवको अनुरोधमा सुनसरीमा भारतीय दूतावासको अस्थायी सम्पर्क कार्यालय स्थापना गरिएको थियो । पछि त्यो कार्यालय विराटनगर सारियो । वाढीबाट आवतजावत गर्न कठिन भएको नाममा उपेन्द्र यादवको चाहनामा भारतीय दूतावासको फिल्ड अफिस राखियो । यसलाई हटाउन परराष्ट्र मन्त्रालयले लिखित र मौखिक आदेश गर्दा मित्रराष्ट्र भारतले टेरेन । छिमेकीले आफ्नो स्वार्थलाई प्राथमिकता दिंदा दुई देशबीचमा वैमनुस्यता उव्जियो । शंका र स्वार्थको भावना देखियो । पछि स्थानीय व्यापारीको समर्थन छ भन्ने भारतीय जवाफ पछि जनस्तरमा वारम्वार भारत सरकारको व्यापक विरोध भयो ।
विशाल भारतको विशाल छाती हुनुपर्दछ । महान भारतले संक्रिण सोच र दुषित स्वार्थ राख्यो भने आपसमा सम्वन्ध राम्रो हुादैन । भारत विरोधी भावना तीव्र हुन्छ । असल मित्रले छिमेकमा धेरै चलखेल गर्दा समस्या उत्पन्न हुन्छ । द्वैध गतिविधि पनि गर्नु हुन्न । अबको युग ठूलोले, शक्तिशालीले साना राष्ट्रलाई दवाउने, सार्वभौम जनताको भावनामा ठेस पुर्‍याउने युग होइन । विकास र समन्वयले राष्ट्रको अनि विश्वको हित गर्दछ । ऊ भन्दा म ठूलो र शक्तिशाली, मैले जे गर्दा पनि हुन्छ भन्ने हो भने त्यस देशको पनि दुगर्ती हुन सक्छ ।
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्रीलाई विराटनगरको फिल्ड अफिस हटाउन अनुरोध गरेपछि भारतले त्यसलाई हटायो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा यस्ता शंका गर्नुपर्ने ठाउँ धेरै देखायो मित्रराष्ट्रले । १ लाख भन्दा बढी भारतीय गोर्खा सैनिकलाई पेन्सनदिने नाममा काठमाडौं, धरान, पोखरालगायतका ठाउँमा खोलिएका पीपीओ (पेन्सन पेइङ क्याम्प) र डीएसवी (डिस्ट्रिक सोल्जर वोर्ड) मार्फत ९ ठाउँमा भौतिक संरचना राखेर भारतीय सेनाका कर्नेल तहका कर्मचारी सहितको जमात राखेर पेन्सन वाँडिरहेकामा अहिले २७ पुर्‍याइएको छ । २२ सौं शताव्दीको पूर्वसमयमा वैंकबाट सोझै पैसा दिन सक्ने अवस्थामा छ नेपालको परिस्थिति । सार्वभौम राष्ट्रमा यसरी २६/२७ वटा भौतिक संरचना र ठूलो संख्यामा हतियारधारी सेना राख्ने काम कदापि समर्थन गर्न सकिदैन । 
हिजोको परिस्थिति अर्कै थियो । जसको जे नियत, स्वार्थ वा आवश्यकता भएपनि २७ ठाउँको पेन्सन पेइङ क्याम्प मित्रराष्ट्र भारतले हटाओस् । यस्ता रवैयाले कहिल्यै पनि दुई देश विचको सम्वन्ध सुदृढ हँुदैन र नियतप्रति शंका गर्नुपर्ने हुन्छ । नेहरुको सोच देखिनै नेपालमा भारतप्रति शंका गरिन्छ । बाहिर जतिसुकै चिल्ला कुरा गरेपनि आपसी सम्वन्धमा हार्दिकता हुन सक्दैन ।
अहिले नाकाबन्दीको घाउमा खाटो वसेको छ । केही आपसी असल सम्वन्धको शुरुवात भएका छन् । मित्रराष्ट्रको राष्ट्रिय स्वाधिनतालाई धक्का दिदै छिमेकीले कार्यालय राख्ने काम कदापि सही हुन सक्दैन । अलिकित सीमा मिचेर, सीमा क्षेत्रमा भौतिक संरचना वनाएर, नेपालीलाई आतंकित पार्ने कामले भारतको छवि राम्रो बन्दैन । मित्रराष्ट्रहरुले पनि त्यसलाई सहन सक्दैनन् । अनि फेरि नेपालमा भारत विरोधी गतिविधि वढ्यो भनेर गुनासो गरिन्छ । प्रधानमन्त्री नरेन्ऽ मोदीको नेपाल भ्रमणका बेला उनकै पार्टीका सांसद कीर्ति आजादले नेपालको भूभागको दावी गर्छन् । यस्ता अतिक्रमणवादी रवैयाको अन्त्य गर्न प्रधानमन्त्री मोदी र भाजपाको नेतृत्व तहले नै पहल गर्नुपर्छ ।
समय समयमा भाजपाका नेताले दिने घातक अभिव्यक्तिले समेत हामीलाई विच्क्याएको छ । छिमेकीले कुनै राष्ट्रघाती स्वार्थी नेताको मन जितेर आफ्नो स्वार्थ लाद्नु भन्दा देशभक्त नेपाली जनताको मन जित्न सक्नुपर्दछ । अनि मात्र नेपाल भारतको सम्वन्धमा हार्दिकता हुन्छ । नत्र थाङ्ने र माग्ने कुरा, जाली र किर्ते काम कुराले हामीलाई सधै हिर्काइ रहेको हुन्छ । हाम्रो छाति सधै दुखी रहन्छ र हामी सधै शंकाको दृष्टिले हेछौं । हामीवीचका कतिपय सम्झौताले पनि हामीलाई शंका र वैमनस्यताको भावना सृजना गरेको छ । यस्ता कुरामा यथाशिघ्र सुधार गरिनुपर्दछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper