banner
banner

पूर्वराजा सच्चा नेपाली, उनीसँग भेट्नै नहुने हो र ?

शाश्वत शर्मा -
पूर्वराजा ज्ञानेन्द्र शाह अहिले मध्य तराईको भ्रमणमा छन् । सिमरालाई केन्द्रविन्दुमा बनाएर बारा, पर्सा, रौतहट लगायतका आसपपासका क्षेत्रहरुमा मन्दिरपूजन, भेटघाट आदिमा व्यस्त रहेका पूर्वराजालई त्यस भेगका नागरिकले भव्य स्वागत गरिरहेका छन् ।
चारैतिर राजा आउ देश बचाउको नारा गुञ्जिको सुनिन्छ । त्यस्तैगरेर हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता पञ्चायतकालीन नारा फेरि गुञ्जियमान भएको छ । भन्नु नपर्ला, गणतन्त्र, संघीयता रधर्मनिरपेक्षता तीब्र रुपमा असफलतातिर उन्मुख भएपछिपूर्वराजाप्रतिको क्रेज ह्वात्तै बढेर गउको हो । अव भन्नेले भन्लान्, गणतान्त्रिक संविधान अन्तर्गत तीन तहको चुनाव सम्पन्न भएर संविधान कार्यान्वयन मात्रै होइन कि बलियो रुपमा संस्थागत भइसकेपछि पनि पछाडि फर्कनु भनेको सूर्य पश्चिमबाट उदाउनु जस्तै हो ।
तर, पञ्चायती व्यवस्था पनि संस्थागत भइसकेको थियो, ०४६ सालपछिको बहुदलीय प्रजातािन्त्रक व्यवस्था पनि संस्थागत नै भएको हो । अझ राणाकालको कुरा गर्ने हो भने त १०४ वषेसम्म मुलुकमा जरा गाडेको शासन व्यवस्था थियो त्यो पनि । यी सबै फालिए, जनताकै कारण फालिए । समय, काल परिस्थितिले कसलाई कुन बेला हस्तिनापुर पुर्‍याउँछ, कसलाई चपरीमुनीको बास गराउँछ थाहा हुन्न ।  भन्न सकिन्न । देखिएको छ, पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणमा निश्पक्ष र स्वतन्त्र नेपालीहरुले मात्र राजा आऊ...को नराा लगाएका छैनन् । त्यस भीडमा पार्टीवालाहरुको पनि सहभागिता रहने गरेको देखिन्छ ।
गत शुक्रवार रौतहटको दुर्गा मन्दिरमा पूजा गरेपछि स्थानीय सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै पूर्वराजाले पार्टी खोल्ने विषयमा कुनै सोच छैन, मेरो भूमिकाको विषयमा जनताले आफै मूल्यांकन गर्ने विश्वास लिएको छु भनिदिए । समाचार अनुसार करीव तीन किलोमिटर लाइनमा उभिएर गर्मी नभनीकन, स्थानीय जनताले पूर्वराजालाई स्वागत गरेका थिए । अभिनन्दन समेत गरिएको उक्त समयमा पूर्वराजा खुशी देखिन्थे भनेर समाचारमा आयो ।
अव भन्नेले त वीरगञ्जतिरको गर्मी सर्दै सर्दे मुलुकभर छाउने... अनि राजसंस्थाको दिन फर्किने भनेरसमेत दावी गर्छन् । तर अर्काथरि निराशावादीहरु चाहिं यो रमझम पनि त्यसै टुङ्गिने भनेर बताउँछन् । तिनकाअनुसार ०६५ साल जेठ १५ देखि यता पूर्वराजा यसरी नै विभिन्न स्थानको भ्रमण, पूजाआजा गरिरहेका छन्, भेटघाट पनि भइरहेको छ । तर नतिजा ? कुनै स्थानतिर गयो, एकाध दिनपछि काठमाडौं फर्कियो, अनि सकियो । गत कार्तिक ४ गते पनि भाइटीकाको दिन र्पूराजाले कडा बोलेकै हुन् । तर खोई ? त्यसपछिको फलोअप ? कुरा र कार्यक्रम धेरै भयो । राम्रो बोलेरमात्र के गर्ने, राम्रो सुरुआत भएन । जनता संगठित छैनन् । नेता जति सस्तो भएका छन्, त्यस्तै हुने ?
अपर् क्शनमा आउनु पर्‍यो । ओलीका जस्ता हावादारी कुरालाई कतिञ्जेल झेल्ने ? एकथरि राजावादी, निराश छन्, अर्काथरि आक्रोसित । परचक्रीहरुको इसारामा यहाँका केही मिडिया, राजनीतिक दलहरुले बदनाम गराएका छन् राजसंस्थालाई । जनताको चाहना, अपेक्षा के हो ? बुझ्नुसम्म बुझिसकियो । जनता धारणाको परिपूर्ति गर्न कम्मर कस्नुपर्छ, समयको माँग यही हो ।
डराएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई मन्दिर मन्दिर घुमेर तमासा नदेखाउन चेतावनी दिएका छन् । यिनले अर्कोवर्षदेखि पूर्वराजालाई पनि गणतन्त्र दिवसमा सहभागी हुन निम्त्याउने बताउन चुकेनन् । पूर्वराजा गणतन्त्रका बिरोधी होइनन्, किनभने अहिलेसम्म गणतन्त्रको पूर्वराजाले कहाँ बिरोध गरे र ? गणतान्त्रिक राजतन्त्रको प्रयोग पनि त गर्न सकिन्छ ? यदि पूर्वराजालाई पनि साथै लिएर अघि बढ्न खोजेको हो भने ओलीले अहिले नै किन यसतिर सक्रियता नदेखाएको ? पूर्वराजा देशभक्त छन्, उनको देशभक्तिबाट सुझाव र सल्लाह लिन ओलीलाई किन असजिलो ? विदेशीसँग अँगालो मार्न हुने, पूर्वराजा सच्चा नेपाली, उनीसँग भेट्नै नहुने हो र ?
हुन त गणतन्त्र र राजतन्त्र फरक विषय हुन् । एमाले र माओवादी पनि त फरक थिए ? चीन र भारत पनि त फरक व्यवस्थाका हुन् । मिले अघि बढ्दैछन् त । हामी त नेपाली नेपाली, मिलेर अघि बढ्न, देशको राजनीतिक स्थिरताको खोजी गर्न नहुने के छ र ? पूर्वराजालाई विपक्षी नमानौं । पूर्वराजा देशको भलो चिताइरहेका छन् । १सय २६ जातिको एकता र देशमा शान्तिको कामना गरिरहेका छन् । पूर्वराजाले जनतासँग भेटवार्ता गरे, यो त नेताहरुले पनि गर्नसक्छन्, प्रत्येक नेपालीमा हुनैपर्ने मनभेद र मतभेदको अन्त्य भेटवार्ताबाटै गर्नसकिन्छ ।
पद्धति असल होला, सञ्चालन गर्न सकिएन । पूर्वराजाको भूमिकालाई अंगीकार गर्ने हो भने पद्धति सफल र शान्ति र सुशासन कायम गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper