banner
banner

यो अन्तिम मौका हो

शाश्वत शर्मा -
नक्कली भए पनि कम्युनिष्ट आखिर कम्युनिष्ट नै हुन्, दुर्यजना महानुभावले यसरी ै आफ्नो विद्वता छाँट्दै थिए । उनको इसारा एमाले र माओवादी केन्द्रको पार्टी एकतार त्यसपछिका पार्टि निर्णयहरु प्रति थियो । खासगरी प्रधानमन्त्री केपी ओल् िएवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले एकीकरणपछिको पहिलो बैठकलाई संवोधन गर्दै बिराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै नै बन्द गर्ने बताएर नक्कली भए पनि आफू कम्युनिष्ट नै भएको शिद्ध गरेका छन् ।
२०६५ सालमा त्यस क्षेत्रमा आएको भिषण बाढीको व्यवस्थापन गर्न खोलिएको उक्त भारतीय सम्पर्क कार्यालय काम सकिएपछि पनि अद्यावधि कायमै छ । अझ एकथरि बुज्रुकहरु त उक्त अफिसबाट भारतका लागि नेपालभित्रैबाट जासुसीको काम हुन्छ भन्ने दावी गर्छन् । यो बिराटनगरको फिल्ड अफिस बाहेक वीरगञ्जको वाणिज्य दूतावास पनि अर्को जासुसीको अड्डा हो भन्ने पनि धरै नै छन् । जेहोस्,पार्टी एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी र यसको सरकारले यो बाहेक सन १९५० को असमान सन्धि समेत संशोधन गरेर नयाँ सन्धि गर्न भारतसँग कुरा मिलिसकेको बताएको छ । स्वयं प्धानमन्त्रीको मुखारबिन्दबाट यस्तो कुरा आएको छ । वास्तवमा एकतापछि पार्टी मात्र होइन कि सरकार पनि शक्तिशाली भएको छ ।
हिजोसम्म सरकार निर्माणका लागि भारतयि दूतावासले सांसद जुटाइदिनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था कमसेकम देखिदैन । बहुमतको सरकार हो यो । त्यसो त, पार्टी एकीकरण नै हुँदैन भनेर आँकलन गरिएको थियो । यस कुरामा बडे बडे विद्वानहरु समेत पार्टी एकीकरण हुँदैन भन्ने कुरामा विश्वस्त थिए । पार्टी एकीकरण भयो, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण भयो, ..अव चाँडै नै पार्टि अध्यक्ष एवं प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदैछन् । ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणपछि अव नेपालका प्रधानमन्त्री ओली चीन भ्रमणप्रति उत्सुकता र चासो हलक्क बढेर गएको छ । पहिलोपल्ट प्रधानमन्त्री हुँदा भारत भ्रमणगरेको आर्थिक नाकावन्दी र त्यसको जवाफमा त्यसबेलाको ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धिसमेत गरेको थियो । महिना दिनमा हुने अर्को भ्रमणमा नयाँ सम्झौता गर्ने विषय प्मुख चासोको विषय बन्दै गएको छ ।
उता चीनमा पनि राष्ट्रपति सी जिन पिङ शक्तिशाली भएका र यता ओली पनि शक्तिशाली प्रधानमन्त्री बनेका बेला हुने समझदारी, सम्झौताहरु कार्यान्वयन हुँदै जाने र यसले भारतसँगको परनिर्भरता क्रमस घट्दै जाने विश्वास धेरैको छ । अझ केरुङको रेल लुम्बिनीसम्म पुग्न पायो भने पर्यटन र वाणिज्य दुबै क्षेत्र फस्टाउने देखिन्छ । भनिन्छ, भारतसँगको परिनिर्भरता हटाउने यो सुनौलो अवसर पनि हो । संसदमा बहुमत प्राप्त सरकारलाई यो अवसर सितिमिति आउँदैन । यदि साँच्चै नै ओलीले आफूलाई राष्ट्रभक्तमा परिणत गर्नु भएको हो भने भारतसँग गरिएको असमान र अपमानजनक सन्धि सम्झौता खारेज गरेर नयाँ र सम्मानजनक सन्धि गर्नुपर्छ र चीनसँग अर्थ, पर्यटन, वाािणज्यमा जोडिनुपर्छ । यो अवसर छ ।
यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यो पार्टी एकता र ओली नेतृत्वको सरकार दुईवर्षसम्म मात्र चल्ने दावी गर्दैछन् । एकथरि श्लिेषकशरु प िनयस्तै मत राख्छन् । तर जसरी अघि पार्टि एकीकरण हुँदैन भन्ने कुरालाई गलत साबित गरियो, त्यसैगरी यो बहुमतको सरकार निश्चित अवधि भर टिक्छ र त्यसले खुट्टा नकमाइकन राष्ट्रहितको मात्र निर्णय लिन्छ भनेर ओली र प्रचण्डले देखाउन सके कांग्रेसको ५ वर्ष पछि हाम्रो सरकार भन्ने दावी झूठो साबित हुनजानेछ ।
बिहानीले आउने दिनको संकेत गर्छ भनेझैं वर्तमान सरकार निर्माण भएको छोटो समयमा केही आशलाग्दा कामहरु भए । यातायातको सिण्डिकेट हट्यो, देश लोडसेडिङ मुक्त भयो, कामहरु यसैगरी हुँदै जानेहुन् । लम्पसारवाद भनेर आरोप लगाए पनि अ‍ोलीले आफूलाई राष्ट्रवादतिर ढल्काएका प्रमाण देखाइदिए भने अहिलेको लाल नेपाललाई हल्लाउन सक्ने कोही हुनेछैन ।
पार्टीहरुले निराश तुल्याएको अवस्थामा ओली नेतृत्वको वर्तमान शक्तिशाली  सरकारले फरक ढंगले काम गरेर देखाइदिए निराश जनताका लागि मृतसञ्जीवनी नै हुनेछ । ०४६ सालदेखि ९६५ सालसम्मको बहुदलीय प्रजातन्त्र र त्यसपछिदेखि अहिलेसम्मको गणतान्त्रिक प्रणालीबाट जनता पुरै निराश र वाक्क छन् । यो पद्धति संस्थागत हुन पनि सरकार स्थिर र काम जनमुखी हुनैपर्छ । त्यसका लागि ओली र प्रचण्ड दुवैले दीर्घकालीन सोच बकनाएर राष्ट्रप्रति समर्पित हुने किसिमले काम गर्नु जरुरी छ । होइन, कांग्रेसको आँकलन जस्तै दुईवर्षपछि पार्टि फुट्ने, सरकार कमजोर हुनेजस्ता पुराना रोग बल्झियो भने अव चैं यो गणतन्त्र नै धरापमा पर्ने निश्चित छ । त्यस्तै बेथितिलाई अव नेपाली सहेर बस्नेवाला छैनन् । यति शक्तिशाली सरकारले पनि काम गर्न सकेन भने जनताले विद्रोह गर्नैपर्छ । त्यसकारण गणतन्त्रका लागि यो अन्तिम मौका हो । त्यसपछि के हुन्छ ? अहिले केही भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper