banner
banner

तलवखाने पार्टी कार्यकर्ता किन पालिरहने ?

धर्मरत्न श्रेष्ठ -
प्रधानमन्त्री केपी ओली मुसुक्क हाँसे, उनको काम देश हसाउने, जनता खुशी पार्ने हो । आफै मुस्कुराउने होइन ।
४१औं प्रधानमन्त्री भएँ, सिंहदरवारको भित्तामा मेरो फोटो टाँसियो भनेर यसरी मुस्कुराउनुको कुनै अर्थ छैन । अर्थ त तव हुन्छ, तव प्रधानमन्त्रीले देश र जनताको अपेक्षाअनुसार काम गर्छन् ।
काम गरेर हाँस्नु पो हाँस्नु, देश रोइरहदा, जनता छटपटाइरहदा हाँस्नुको के मजा ? हुन त नेपालका नेताहरुलाई जनतामाथि दमन गर्न, देशको माटो र अस्तित्व अभरमा पारेर हाँस्न मजा लाग्ने गरेको छ । २०१५ सालपछिको सर्वशक्तिमान प्रधानमन्त्री बन्न सफल भएका ओलीले आफ्नो यो उदयको कारण जनता हुन्, जनताप्रति मेरो जिम्मेवारी छ भनेर सोचेजस्तो देखिदैन ।
किनभने स्कूलमा पढाइभन्दा बढी खेतालागिरी हुन्छ, क्याम्पसदेखि विश्वविद्यालयसम्म पार्टी राजनीतिमात्र हुनेगरेको छ । विद्यार्थी र शिक्षक प्राध्यापकहरुलाई राजनीतिमा चुर्लुम्मै डुबाएर पार्टीलाई फाइदा भएको होला, देशका लागि नोक्सानबाहेक केही भएको छैन । कर्मचारीहरु गजेट र बजेट मिलाएर खाने र ख्वाउनेमा व्यस्ता छन् । मानौं राज्यसंयन्त्र पार्टीकरण, नेताकरण हुनपुगेको छ ।
यस्तो भ्रष्टाचार र कमिशनखोर, कामचोर र जिम्मेवारीहीन राजस्वबाट तलव खाने बर्गकै कारण कूशासन चर्किएको हो । अराजकता फैलिएको हो । राजनीतिमा स्थिरता भएरमात्र देश विकास हुन्न, चुहावट र अनैतिकता बन्द हुनुपर्छ ।
नीतिगतदेखि पुँजीगतसम्मको भ्रष्टाचारको जरो बढ्दै गएको छ । नेताकरण, पार्टीकरणले सेवाग्राही मर्माहत छन् भने विकास निर्माणको गति सुस्त छ । यो महामारीको रोगको चिरफार नगरेसम्म देशले नयाँ फड्को मार्न सक्दैन ।
प्रधानमन्त्री सुशासन र समृद्धिको भाषण गरिरहेका छन् । मुस्कुराइरहेका छन् । कत्ति सुहाएको छैन प्रधानमन्त्री हाँसेको । पहिले यी ऐंजेरुका जराहरु काट्न कम्मर कस्नुपर्छ, कूशासनलाई सुशासनतिर मोड्नुपर्छ र राजस्वबाट तलवभत्ता लिएर काम नगर्नेहरुलाई जिम्मेवारीबाट पन्छाउनु पर्छ । प्रधानमन्त्रीमा खोई त्यो हिम्मत ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper