banner
banner

राजसंस्था र हिन्दराष्ट्र नफर्किए नेपाल जोगिदैन

धर्मरत्न श्रेष्ठ -
राजसंस्था र हिन्दुराष्ट्र नफर्किए नेपाल नै रहँदैन, देश जोगाउन राजसंस्थाको पुनस्र्थापना गर्नै पर्छ भन्ने अभिव्यक्ति दिएका छन् कुनै बेला क्रिश्चियन मिसिनरीका नेपालका ठूलै व्यक्ति बनिसकेका केवी रोकायाले । रोकाया किन यसरी पर्लक्कै पल्टिए, यो कुरो नेपाली हुँ भन्ने जोकोहीले बुझ्न र जान्न जरुरी छ ।
यिनलाई राजसस्थाको मायाँ, हिन्दुधर्मको मायाँले गाँजेको होइन । यिनले उहिल्यै राजतन्त्र र हिन्दुत्व छाडेर ईसाइ बनिसकेका व्यक्ति हुन् यिनी । राजनीतिमा पनि ठूलै हस्ति बनेका व्यक्ति थिए यिनी । तर यतिबेला यिनले राजसंस्था र हिन्दुधर्म चाहिन्छ भन्नुको पछाडिको उद्देश्य नेपालीत्व भएर बाँच्ने यिनको मनको आवाज हो, नेपाल रहे नेपाली भएर बाँच्ने हो, नेपाल रहनका लागि हिन्दुधर्म र राजसंस्था अपरिहार्य तत्व हो भन्ने यिनको राजनीतिक र धार्मिक जीवनको निष्कर्ष रहेछ । यथार्थमा सत्य यही नै हो ।
यिनले खुला रुपमा भनेका छन– पश्चिमाहरुको सबैभन्दा बढी विरोध कम्युनिष्ट र माओवादविरुद्ध छ । बेलायत, बेलायती सरकार, त्यहाँका जनता र सञ्चारमाध्यमहरुसँग मैले सम्वाद गरें । अमेरिकामा रहेका मेरा क्रिष्चियन साथीहरुसँग मिलेर गृहकार्य गरियो । मैले गरेको पहलले, त्यहाँका जनताको र मेरा साथीहरुको प्रयासले अन्तत: अमेरिकाले माओवादीलाई हेर्ने दृष्टिकोण बदल्यो । त्यो बेला मैले नर्वेका चर्चहरुमा, संसदमा पनि पुगे । जर्मनीमा पनि त्यस्तै गरेंमैले । माओवादीहरु आतंकवादी होइनन् भन्ने कुरा मैले युरोप अमेरिकामा प्रमाणित गराएँ । नेपालमा माओवादीप्रति जनताको समर्थन छ भन्ने मैले बुझाएँ । माओवादीलाई हराउनु भनेको लाखौं जनता मार्नु हो भन्ने कुरा मैले युरोपका देशहरुमा प्रमाणित गराएँ । माओवादीको एजेन्डा नेपाल धर्मर्िनरपेक्ष हुनुपर्छ भन्ने थियो । पश्चिमा मुलुकहरुको पनि चाहना नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने थियो । 
राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए, सेना परिचालन, माओवादी आतंकवादी घोषणा भएपछि राजसंस्था दूरी बढ्यो । दिल्लीमा माओवादीका नेताहरुसँग कुरा भयो । उहाँहरुले सन्देश राजालाई पठाउनु भयो । उहाँहरुले राजालाई सेरेमोनियल राजतन्त्र मान्न माओवादीहरु तयार भएका थिए । अर्को प्रस्ताव भनेको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति हुन चाहे पनि हुन्छ भनेका थिए । दुई कार्यकाल पनि स्वीकार गरिएको थियो । १२ बुँदेमा पनि नेपालमा राजसंस्था हटाउने कुरा थिएन । माओवादी नेताहरुमा पनि राजसंस्था हटाउने कुरा थिएन । पश्चिमाहरुको एजेन्डा धर्मर्िनरपेक्षता होस् नै भन्ने थियो । गणतन्त्र कसरी प्रवेश गर्यो त्यो थाहा छैन ।
नेपालमा राजसंस्था फर्किनु पर्छ भन्ने मेरो मान्यता हो । र अर्को नेपाल धर्मसापेक्ष हुनुपर्छ भनेको छु । राष्ट्र नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता, धर्म लोप भयो, नैतिकता हरायो भन्ने चिन्ता राजालाई छ । नेपालको सबैभन्दा बढी चिन्ता त पृथ्वीनारायण शाहका सन्तानहरुलाई नै हो । राजालाई चिन्ता हुनु स्वाभाविक हो । त्यही भएर बेला बेला राजाले विज्ञप्ति निकाल्ने गरेको मैले बुझेको हो । धर्मसापेक्ष राष्ट्र भएन भने पश्चिमी मुलुकहरुमा जस्तै विकृति बढ्छ ।
यसरी क्रिश्चियनहरुमा पनि देश र धर्मप्रतिको सोचमा परिवर्तन आएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper