banner
banner

नागरिकता कति सहज, कति असहज

गंगा दाहाल -
नागरिकता एउटा यस्तो प्रमाणपत्र हो जस्ले व्यक्तिको पहिचान गराउँछ । नागरिकता  प्रदान गर्ने कार्य अत्यन्त कठिन र जटिल कार्य हो । राज्यले उदार भएर नागरिकता प्रदान गरेमा एकातिर राष्ट्रियता नै खतरामा पर्ने परिस्थिति हुन्छ भने अर्कोतिर कठोर हुदा जन्मजात नेपाली भएर पनि राज्यबाटै  बंचित हुनुपर्ने अवस्था आउन सक्छ । नागरिकता महत्वपूर्ण र संंवदनशील विषय हो । जन्मशिद्धले नागरिकता पाउनैपर्छ । राज्य विहिन अवस्थामा नागरिक बस्नुहुन्न । नागरिकता नभएको खण्डमा राज्यले दिने हरेक सुविधा र सम्पूर्ण अधिकारबाट बंचित हुनुपने हुन्छ । नागरिकता नागरिकको पहिचान हो ।
पौने ३ करोड जनसंख्या भएको मुलुकमा ४३ लाखले नागरिकता नपाएको जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । नागरिकताको सबैभन्दा बढी समस्या मधेसम देखिन्छ । भारतीयले घूसपैठ गरेर नागरिकता लिने र मधेसका जन्मशिद्धहरुले नागरिकता नपाएको विषय जहिले पनि राजनीतिक मुद्दा बन्नेगरेको छ । नागरिकले नागरिकता नपाउने र विदेशी नयाँ नागरिकले नागरिकता पाउने ठूलो समस्या मधेसमा छ । यसको निदान अहिलेसम्म खोजिएको छैन ।
 देशको सार्वभौमिकता, बलियो बनाउन देश भित्रका सवै नागरिकमा देश प्रतिको अपनत्व प्रगाढ गराउन जरुरी छ । यसका लागि पनि नगारिकताको महत्व छ । नेपालमा दिइने नागरिकता आफ्नै मूल्य मान्यता अनुसार नेपालको संविधान २०७२ मा नागरिकता सम्वन्धि नीति नियमो व्यवस्था गरेको छ ।
संविधानले नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन भनेको छ । यसैगरी नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । नेपालको नागरिक ठहर्ने व्यवस्थामा यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरु नेपालको नागरिक हुनेछन् भनिएको छ । साथै यो संविधान प्रारम्भ हुदाका बखत नेपालमा स्थायी बसोबास देहायको व्यक्ति बंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ भनेर संविधान प्रारम्भ हुनु भन्दा अघि बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति । कुनै व्यक्तिको जन्म हुंदाका बखत निजको बावु वा आमा नेपालको नागरिक रहेछ भने, यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बावु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज बालिग भए पछि बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । नेपाल भित्र फेला परेका पितृत्व र मातृत्वको ठेगान नभएको नाबालक निजको बाबु वा आमा फेला नपरे सम्म बंशजको आधारमा नेपालको नागरिक ठहर्ने छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।
यसैगरी नेपाली नागरिकसँग बैबाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघिय कानुन बमोजिम नेपालको अड्गीकृत नागरिकता लिन सक्नेछ ।
संविधानअनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुन बमोजिम नेपालको अड्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ । यसबाहेक नेपाल सरकारले संघीय कानुन बमोजिम नेपालको अड्गीकृत नागरिकता प्रंदान गर्न सक्नेछ । र, () नेपाल सरकारले संघीय कानुन बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ । नेपाल भित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको  व्यक्ति संघीय कानुनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।
संवैधानिक व्यवस्था जे भएता पनि महिला र बालबालिकाका लागि नागरिकता प्राप्त गर्नु ढुंगा चपाउनुजस्तै गाह्रो छ । सर्वोच्चले आदेश दिदासमेत आमाको नाममा, तेश्रो लिंग उल्लेख गरेर नागरिकता लिन मुस्किल छ । श्रीमान तथा श्रीमानका परिवारले सहयोग नगरेको अवस्थामा नागरिकता पाउनु अनेक झमेला पर्ने गरेको छ । महिलाको आत्मसम्मान र बालबालिकाको संरक्षण नागरिकताकै कारणले पनि अप्ठेरोमा परेको छ । यसकारण नागरिकताका समस्त पहलुबारे स्पष्ट राज्यनीति र व्यवहार पनि त्यस्तै हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper