banner
banner

किन गुज्रियो ९ गतेको साइत ?

शाश्वत शर्मा -
आखिर वैशाख ९ गतेको शुभसाइत गुज्य्रो । गत असोजमा नेपाल र नेपालीका माझ बृहद कम्युनिष्ट पार्टी, साझा कम्युनिष्ट पार्टी, आदिनिर्माण गर्ने भनेर मंसिरमा सम्पन्न चुनावमा बहुमत ल्याउनका लागि रणनीति अपनाएका एमाले र माओवादीकेन्द्रका वीच वैशाख ९ गते हुने भनिएकोएकता घोषणासभा त्यत्तिकै टरेर गएको छ ।
नेकपा स्थापना दिवस र लेनिन जयन्तिका अवसरमा गरिने भनिएको एकता घोषणा अव कहिले हुन्छ भनेर भन्न नसकिने बताइदैछ ।
त्यसो त गत ९ गते नै राष्ट्रिय सभागृहमा माओवादी केन्द्र र एमालेले नेपाल कम्युनिष्ट पार्टि स्थापना दिवस मनाए । जुन कार्यक्रममा एमाले र माकेका अध्यक्षहरुले फेरि एकपटक पार्टि पंक्तिलाई आश्वस्त बनाउने प्रयास गरे । तर पनिकतिपय सर्वसाधारणहरुले अव यो एकताको कुरा आकाशको फल जस्तै भएको आँकलन गर्दैछन् । खासगरी नेपालको वामपन्थी आन्दोलनमा पहिलेदेखि नै पसेका भाइरसका कारण मंसिरमा सम्पन्न निर्वाचनपछि यो एकताको कार्यक्रम पनि सकिएको देखिदैछ । हुन पनिनेपालको वामपन्थी आन्दोलन एकदमै शंकास्पद छ । झन गणतन्त्रको स्थापना पछि विभिन्न कलेवरमा पार्टीभित्र छिरेका एनजीओ, आइएनजीओका प्रतिनिधिहरुका कारण विशुद्ध रुपमा नेपालवादी वाम पार्टी निर्माण हुनै सक्दैन भन्ने दावी गर्छन् केही विश्लेषकहरु ।
समयकालमा भूमिगत रुपमा सञ्चालित कम्युनिष्ट पार्टीहरु तत्कालिन माले र माओवादीहरुमा ककसको प्रतिछायाँ छ ?त्यो खोतल्दै जाने हो भने साधारण मथिंगल खल्बलिन जान्छ, एक प्रजातन्त्रवादीले केही समय अघि व्यक्त 
गरेको अभिव्यक्ति हो यो । अझचीनले गराउन खोजेको एकतालाई भारतले टुटाइदिएको भनेर विद्वता छाँट्नेहरुको कमी छैन यहाँ । बाहिरबाट देखिदा चुनाव चिन्ह, पार्टीको विधानमा जनयुद्ध राख्ने कि नराख्ने, जस्ता कुरामा वार्ता नमिल्दा एकता हुन नसकेको भनेर बताइएता पनि देशिी विदेशी शक्तिले खेलेको भन्ने पनि धेरुे छन् ।
एमालेका नेता केशव बडालले आफ्नै पार्टि एमालेका केही नेताहरुले पार्टि एकता नहोस्भनेर दक्षिणकालीमा भाकल गरेको बताइदिएर एमाले र माओवादी केन्द्रको एकता अझै पर जान्छ भन्ने जनाउ दिएका छ्न । अर्थात असन्तुष्टहरुले खेलिरहेका छन् । अव तिनलाई पर्दा पछाडिबाट क कसले कुन कुन शक्तिले असन्तुष्ट बनायो ? त्यो विस्तारै खुल्दै जाला ।
भन्नुपर्दा माकेका अध्यक्ष प्रचण्डले केही दिन अघि भनेको भनेर समाचारमा आएझैं अव नेपाली जनतासँग माफी माँगेर, एकता नहुने भयो भनेर क्षमायाचना गर्ने दिन पनि छिट्टै आउलाजसतो लाग्छ । यो सुन्नेहरुको दावी छ– एकताका लागि प्रयास गर्ने भन्दा पनि भाँड्ने प्रपञ्च ज्यादा भइरहेको छ । त्यसकारण एकता हुने कल्पनै नगरे हुन्छ । बहुमतका वामपन्थीहरु अझ बलियो भएको कसले हेर्न चाहन्छ र ? भित्र जे भए पनि बहिर वामपन्थीहरुले राष्ट्रवादी कुरा उठान गर्ने हुन् । पश्चिमा र भारतलाई मन नपर्ने कतिपय कुरा उठाएर जनतालाई आफूतिर आकर्षित गरराख्ने हुन् वामपन्थीहरु ।
सार्वजनिक रुपमै आफ्नो बेइज्जत र हुर्मत लिएको, त्यो पनि आफूले पालेकाहरुले, किन पो सहन्थ्यो भारत र पश्चिमाहरुले ? त्यसकारण यो एकता हुन मुस्किल छ । यस्तो दावी पनि गरिदैछ । ९ गतेको लेनिन दिवसका दिन प्रचण्डले ओलीकै सामुन्ने भन्नलाई भने झ्याम्मै कुनै दिन एकता हुनसक्छ । अर्थात एकता भड्काउको भूमरीमा परेको छ । नेपाली भड्काउमा पर्दै आएका छन् । जनयुद्ध, जनआन्दोलन भड्काउ नै थियो । त्यसपछि पनि भड्काउका अनेक घटनाक्रम भइरहे । बिस्तारवाद र साम्राज्यवाद हाम्रा स्वाधीनता स्वतन्त्रतावादी भनिएका दलहरुलाई भड्काइरहन्छन् । दिल्ली गएर कोशी उच्च बाँधमा सहमति गरेर आए पनि यहाँ फर्केर भाषण गर्दा भारत र पश्चिमालाई गाली, चेतावनी, दिएर जनताको वाहवाही नै लुट्ने काम भयो । कांग्रेसको काम सकिएछ, ती शक्ति बायाँ फर्केका छन् । प्रचण्ड र ओलीको द्वैध चरीत्रलाई हेरेर पनि यिनलाई बलियो र एकजुट हुन दिइने छैन। यस्तो धारणा राख्ने पनि देखिन्छन् समाजमा ।
जेहोस्, वैशाख ९ गते हुने भनिएको एकता घोषणा हुन सकेन । आफ्नो निर्णय भन्दा पनि अर्काको खटन र इसारामा चल्नु पर्दाा यस्तै हुन्छ । एउटा कुरा मनमा गाँठो पारेर राखे हुन्छ : लाजगालले अहिले जबरजस्ती एकता भए पनि यो दिगो हुनसक्दैन । यहाँ पूर्वपञ्चहरु बलियो भएको देख्न नसक्नेहरु छन् । बलियो वामपन्थीहरु कसरी स्वीकार्छन् ? त्यसमाथि पदका भोका छन् कम्युनिष्टहरु । एकता हुन्न, भए पनि टिकाउ र बलियो हुन दिइने छैन । विस्तारवादी, साम्राज्यवादीहरु आफ्नै खुट्टामा बन्चरो हान्लान् भनेर नठानौं । किनकि उनीहरुले खेलाउने हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper