banner
banner

ढुकुटी रित्तिए भिआइपी सुविधा रोक

पदम हमाल -
अर्थमन्त्री युवराज खतिवडाले संसदमा ढुकुटी रित्तो भएको लल्लरी गाए र स्वेतपत्र जारी गरे । देशको अवस्था यस्तो छ भनेर सुसूचित गराउनु न्यायोचित छ । गर्नुपर्छ, जनताप्रति जिम्मेवार सरकारले जिम्मेवारी पूरा गर्नुपर्छ ।
ढुकुटी रित्तो छ भनेर अर्थतन्त्रको चिन्ता लागेकै हो भने यो सरकारले तत्काल पूर्व विशिष्ट श्रेणी, भिआइपीहरुलाई जुन प्रकारको सेवा सुविधा दिदै आएको छ, त्यो बन्द गर्नु जरुरी छ । रित्तो ढुकुटी टकटक्याएर विशिष्टहरुको पालनपोषण, औषधोपचार, राजनीतिक पहुँच भएका व्यक्तिहरुलाई खर्च दिइरहनुपर्ने अथवा राज्य दोहन गरेर तिनलाई सेवा गरिरहनु पर्ने कारण छैन ।
अहिलेसम्म जनता कर तिर्दै जाने र त्यो करको रकममा भिआइपीहरुले मोजमस्ती गर्ने, विदेश घुम्ने, खर्च लिनेजस्ता काम गर्दै आएका छन् । गरीवले तिरेको करबाट कसैलाई पनि फुर्मास र्ने अधिकार छैन, त्यो राष्ट्रघात नै हो ।
भिआइपीको सेवा सुविधा दिएर संसद र सरकारले राष्ट्रघात गर्दै आएको छ । राष्ट्रघात रोकिने हो भने अर्थभण्डार फेरि मजबुत हुनसक्छ । त्यसमाथि भ्रष्टाचार र अनैतिक खर्चमा कडिकडाउ बन्देज लगाउने हो भने पैसाको दु:ख हुनेछैन, विकास र निर्माणका काम सहज रुपमा अघि बढ्नसक्छ । मुख्य सवाल नै अदृश्य खर्च र कर्मचारी नेताको फुर्मास खर्च हो । वर्तमान र भूपू विशिष्टलाई के कति सेवा सुविधा दिने हो, त्यसमा पुनर्विचार गर्न जरुरी छ ।
गरीव मारेर धनी र पहुँचवाला पोस्ने नीति पूर्ण रुपमा बन्द गर ।
यस्तो अपराधमा बन्देज लगाउने हिम्मत केपी ओलीको सरकारले गर्न सक्यो भने नयाँ नेपाल निर्माणको सुरुआत यही विन्दुबाट हुनसक्छ । राष्ट्रको ढुकुटी रित्तियो भनेर अर्थमन्त्रीले संसदमा स्वेजपत्र देखाइरहनु पर्ने छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper