banner
banner

चुपचाप हो कि चलखेल गर्दै हो ?

स्वयम्भुनाथ कार्की -
प्रचारित गरिए अनुसार पूर्वराजाले ‘बुझें, बुभेंm’ भन्नु वा टाउको हल्लाएर ध्यानले सुनेको देखाउनु मात्र गर्दैनन् । आफुलाई खोल्ने मौका पाउने वित्तिकै भन्ने गर्दछन् ‘मलाई पूर्व राजा त बनाउनु भयो तर पूर्व नेपाली नबनाउनुस्’ । तर उनले यो भन्ने मौका एकदमै कम पाउने गर्दछन । राजाबादी भनाईनेहरु राजा चुपचाप बसेको देख्छन् । तिनको सोचमा राजाले चलखेल गर्नु पर्ने हो । गुमेको गद्धि फिर्ता लिन उचित अनुचित हर संभव प्रयत्न गर्नु पर्ने हो । यसरी चुपचाप बस्नु हुने हैन । आफ्नो तर्फबाट राजालाई चलायमान बनाउन जानेजती सबै उपाय गर्दछन् घोचपेच गर्छन्, फकाउने काम गर्दछन् । 
विरोधीहरु भने पूर्वराजाले चलखेल गरेको देख्छन्, केही समय राजाको कुनै गतिविधि देखेनन भने अध्यारो कुनामा बसेर षडयन्त्रको जालो बुन्दै गरेको भन्न थाल्छन । हिंडडुल गरेको देखे भने चलखेल गरेको देख्छन । राजाले व्यक्त गरेको देश चिन्तालाई आफुले गरेको जस्तै अभिनय भन्छन । आफ्नो अकर्मण्यताले पैदा भएको खराव परिस्थितिलाई आफैले गर्ने गरेको जस्तै राजाले पनि निम्नस्तरको चाल चलेको देख्छन । वित्थाका आरोप लगाउने गर्दछन । तर अव जनतले भने उनीहरुको त्यो कुरा पत्याउदैनन ।
 सानो छिद्र पाएमा पनि कसरी कसैको मोरो कढ्न सक्ने रहेछन भन्ने सावित गर्ने पछिल्लो कडी गोपाल पराजुली भएका छन् । मन नपरेकालाई सानो मौका पाउना साथ धुलोपिठो पारेको गनिनसक्नु उदाहरण छन् । विदेशका भएका कारणले अदालतको पुर्जी नबुझ्दा महाअभियोग खेप्नु परेको लोकमान र त्यस्तै सानो कुरामा महाअभियोग खेप्नु परेको सुशिला संयोगले दिदी भाई पर्ने कार्की थिए । यदि राजाको सानो पनि छिद्र पाएका भए केसम्म गर्न सक्ने थिए भन्ने कुरा जनताले अनुमान गरेको छ । त्यसैले जनता राजालाई कुनैपनि कुरामा दोषी मान्दैन । 
राजाले चलखेल गरेको देख्ने विरोधी र राजा चुपचाप बसेको देख्ने राजावादी दुवैको राजालाई हेर्ने आधार एउटै छ । एउटा आफुहरुको कुर्सी दौड र कुर्सीको निमित्त गर्ने अनुचित तिकडम सम्झेर राजाले पनि गद्धिको निमित्त त्यस्तै जे पनि गर्दछन् भन्ने सोच बनाएका छन । त्यसैले केही नदेख्दा उनीहरु अझ ठूलो षडयन्त्र गरेको देख्छन । हुन पनि हो आफुले जे गर्ने गरेको छ अरुले पनि त्यही गर्‍यो होला भनेर सोच्नु स्वभाविक नै हो । किनभने सबै ओहोदाका कुर्सी भन्दा राजाको गद्धि भारी र ठूलो हो ।
राजावादीहरु पनि गद्धिको निमित्त राजाले जे जस्तो कुरा पनि गर्नुपर्ने सोच राख्छन । तर त्यो केही गरेको देख्दैनन । अनि दर्शनभेटमा राजालाई अर्ति दिन पुग्छन । सबैका अर्ति उही दश आठ प्रकारका मध्ये नै हुने गर्दछन । राजाले कयौ पटक सुनेका कुरा सुनेर ‘बुभेंm बुभेंm’ भनेर भन्नेको मान नै राखेका हुन । साधारण व्यक्ति भए भिंmझो मानेर ‘चुपलागेर जाउ’ भन्ने थियो होला । राजाले श्रीपेच बुझाई सकेपछि मात्र हैन पहिला देखि नै एउटै कुरामा जोड दिंदै आएका छन । त्यो हो राष्ट्रको स्थायित्व, उनले भनेको राष्ट्रमा भूगोल मात्र हैन जनता पनि पर्दछन । त्यसैले चाहे कसैले अभिनय गरेको नै भनोस उनी देश र जनताको चिन्ता गर्दछन्, चिन्ता व्यक्त गर्दछन् ।
यो चिन्ता उनको रगतमा छ, संस्कारमा छ, परंपरामा छ । कसैको पनि कारणले राष्ट्र खतरामा नपरोस भन्ने ध्याउन्न छ । त्यसैले चाहे आफुलाई कांतर भनियोस, लोभी भनियोस त्यो स्विकार गरेका छन । तर, आफ्ना कारणले राष्ट्र कमजोर नहोस त्यस कुरामा आफ्नो पुरा सामथ्र्य लगाएका छन । गुमेको गद्दि फिर्ता नचाहिएको पनि हैन, त्यसको मोह नभएको पनि हैन । तर पहिले राष्ट्र र राष्ट्रले मागेको अवस्थामा राजगद्दि, यो कुरामा उनमा कुनै संशय छैन । त्यसैले जहाँ मौका पाउँछन त्यहाँ भन्न छुटाउन्नन ‘मलाई त पूर्व राजा बनाईहाल्नु भया पूर्व नेपाली नबनाउनु होला’ ।
मुलुकमा विवाद बढेको अवस्थामा पुर्व नेपाली हुने खतरा देखेका छन् । जुन स्थानबाट पूर्व भए, जुन औकात छ त्यहाँबाट देखेको कुरा पक्का हलुका छैन । त्यसैले राजसंस्था स्थापना गर्न चाहानेहरुले मुठभेडको बाटो छोडनु पर्छ । उनलाई घोच्न वा फकाउन छोड्नु पर्छ । शान्ति र समन्वयको बाटो पहिल्याउनु पर्छ, किनभने राष्ट्रको मोलमा राजाले गद्दि स्विकार गर्दैनन् । उनले देखेको शान्ति समन्वयको बाटोको संकेत कयौं पल्ट गरेका छन् ‘जनताले चाहे भने’ भनेर । जनतामा राजाको यो सन्देश पुर्‍याउने जिम्मेवारी छोडेर राजालाई अर्ति दिन छोड राजावादी हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper