banner
banner

झगडापछि मित्रता फेरि पानी बाराबार तिर

काठमाडौं । कटुतापछिको मित्रताले गजबै कमाल देखायो । ओलीलाई सत्तामा र ०१५ सालपछिको सर्वशक्तिमान प्रधानमन्त्री बनायो ।
यी दुबै नेतामा मित्रता यत्ति बढ्यो कि दुबैले पार्टी एकीकृत गर्ने निर्णयसमेत गर्न पुगे । दुबै नेताभित्र आशंका बाँकी छ र एकीकरणमा आधा आधा कि ७०–३० को रेसियो, कुरा मिलेको छैन, त्यसैले ओलीले व्यङ्ग कसे– कोही कोही सिंगापुर बनाउँछु भन्थे, म नेपाललाई सम्पन्न नेपाल बनाउँछु ।
सरकार र पार्टीमा एक एकजनाको प्रतिनिधित्व भन्ने प्रचण्डलाई ओलीले सत्ता आफूलाई र पार्टीमा दुबै अध्यक्ष भनेर आफ्नो बेट घट्न दिएनन् । चाउरिएको माओवादी केन्द्र अव आधा आधा प्रतिनिधित्व भन्न थालेको छ, मौन बसेका केपीओली शीरमा जनयुद्ध, शरीरमा आधा आधा भनेर प्रचण्डलाई फेरि घोच्न पुगेका छन् ।
यसको अर्थ कुरो मिल्यो, लम्बाई चौंडाई मिल्यो, मन मिलेको छैन ।
हात्ती छिर्‍यो पुच्छर अड्क्यो । ओलीले प्रष्टै भनेका छन्– जनयुद्ध र आधाआधा स्वीकार हुन्न । के त्यसो भए प्रचण्डले कर्ण बन्न जुन सुरक्षा कवच निर्माण गर्दै थिए, त्यो सम्भव होला ?
अव एमाले चुनाव चिन्ह सूर्य भनिरहेको छ, हसिया हथौडा के गर्ने ? हेर प्रचण्डलाई माखेसांग्लो ? झुक्दा झुक्दा प्रचण्डले ओली खेलाए कि ओलीले प्रचण्डलाई नचाए, दुबै पार्टीभित्र अचम्मको अन्यौल बढेको छ ।
यो पेचिलो मुद्दाको निकासको साँचो केपी ओलीसँग छ, उनी कुनै हालतमा एमालेको सुप्रिमेसी कमजोर हुन दिने पक्षमा छैनन् । प्रचण्ड रुन्चे हाँसो ओलीका सामु हाँस्दैछन् ।
प्रचण्ड आफ्नो र पार्टीको पोजिसन एमालेको नियन्त्रणमा छाड्ने कि नछाड्ने, अझै प्रचण्ड जुधारु देखिएका छन्, ओली टसमस भएका छैनन्, यो दुई पार्टीको एकीकरण के हुन्छ, कसरी हुन्छ ? कोही भन्न सक्दैनन्, पर पर हटेजस्तो देखिन्छ ।
कम्युनिष्टहरु नेतृत्वका भोका छन्, सिद्धान्तमा बिबाद  झिकेर भोक मेटाउन पार्टी टुक्रा पार्ने गर्छन् । नेपाली कम्युनिष्टहरुमा सरेको यो अन्तर्राष्ट्रिय रोग नै हो । त्यसमाथि प्रचण्ड यत्ति अस्थिर छन् कि सत्ताको किङपिन बन्ने धाउन्नामा २०६३ सालदेखि अहिलेसम्म पनि प्रचण्ड किङपिनकै रुपमा छन् । उनले कहिले एमाले त कहिले कांग्रेससँग लहसिएर सत्ताको थर्कीमा गोटी चालिरहे र अहिले गोटी बन्दैछन् ।
यसअघि ओलीमाथि यसरी खनिएका थिए कि मानौं अव मित्रता सकियो । तर देउवालाई लात हानेर उनी तिनै ओलीसँग साझेदार बन्न आइपुगे । अव ओलीकै नेतृत्वको पार्टीसँग एकाकार हुन खोज्दैछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper