banner
banner

जनता भेटेरमात्र पुगेन महाराज

शाश्वत शर्मा -
प्रतिनिधिसभा, राष्ट्रियसभाहरुका जनप्रतिनिधिरुको सपथग्रहण कार्यक्रम, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम, मन्त्तीपरिषदको थप विस्तार, पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक भ्रमण, टुँडिखेलमा गत बनिवार सम्पन्न ‘बुद्ध वाज वर्न इन नेपाल’ कार्यक्रम... आदि घटनाहरु बाहेक अर्को एउटा घटनाले पनि आम नेपालको ध्यान आकृष्ट गरेको छ । त्यो हो, हाल पहिलेको मेची मञ्चल अहिले प्रदेश नम्बर १ मा पुगेका पूर्वराजाले धार्मिक अनुष्ठानमात्र गर्ने छैनन्,  स्थानीय नेता एवम् नागरिकसँग अन्तक्र्रिया पनि गर्नेछन् । गत कार्तिक ४ गते भाइटीकामा व्यक्त गरेको विचारभन्दा गत फागुन ७ गतेको शुभकामना सन्देशमा अझ कडा विचार व्यक्त गरेको पूर्वराजाको सकृयता निश्चय पनि बढ्दै गएको छ ।
त्यसो त करीव तीन हप्ताको बसाई अवधिभर पूर्वराजा दम्पत्तिले त्यस क्षेत्रका जनाको इच्छा, बुझ्ने प्रयास गर्ने छन् भन्ने भनाइ नआएको होइन, तर एउटा कुरा के देखिएको छ भने पूर्वराजाका गतिविधिमा अहिलेका राजनीतिक नेताहरुले खासै चासो दिएको देखिदैन । त्यत्रो कडा विचार आउँदा समेत कुनै नेताले कडा प्रतिवादगरेको पाइएन । एकथरिलाई यस कुरामा आश्चर्य लागिरहेको छ ।
विश्लेषकहरुका अनुसार पूर्वराजालाई आम नागरिकको दर्जामा राखिसकेको र जसरी सर्वसाधारणले जे बोले पनि कुनै ठूलो विषय हुँदैन, त्यस्तै त्यस्तै अवस्था अव पूर्वराजाको पनि भइसकेको दावी गर्ने गर्छन् । जतिसुकै छिमेकी भारतल लगायत नेपाल िभत्रैपनि पूर्वराजाको मान पाए पनि नेपालका संविधानले उनलाई कहिल्यै नचिन्ने भनाइ पनि ती विश्लेषकहरुको छ । अर्काथरि पर्यवेक्षकहरु भिन्न विचार व्यक्त गर्छन् । तिनको भनाइमा पूर्वराजा अव सेलिब्रिटीका रुपमा रहनेछन् । उनलाई नेपालको राजनीतिमा कुनै स्थान छैन । उनलाई आम नेपालीले पाएकोभन्दा भिन्न अधिकार दिन पार्टीहरु तैयार देखिदैनन् । तापनि उनी नेपालभित्र जहाँ पनि जान्छन्, भीड जम्मा हुनछ, राजा आउ देश बचाउको नारा पनि लाग्छ । आमनागरिकको भीड भनेको पूर्वराजालाई हेर्ने भीडमात्र हो । यो भीडले राजनीतिक परिवर्तन ल्याउने ताकत राख्दैन ।
राजतन्त्रका आलोचकहरु पूर्वराजाका यस्ता भ्रमणहरु मात्र औपचारिकता हो, परम्पराको निर्वाहमात्र हो । पूर्वराजाले जतिसुकै कडा विचार र कडा सन्देश दिए पनि त्यो क्षणिक हुनेगरेको छ, सन्देश र विचारले आन्दोलनको रुप लिनै सक्दैन भन्नेहरु धेरै छन् । कारण निर्वाचन सम्पन्न भएपछि लोकतन्त्र संगठित भइसकेको छ । लोकतन्त्रभित्रका विकारहरु जतिसुकै बढे पनि त्यो विकारलाई सफा गर्ने काम पूर्वराजा पछि लाग्ने भीडले गर्न सक्नेछैन ।
हुन पनि ०६४ सालमा हिन्दुमुलुकलाई धर्मनिरपेक्ष घोषणा गरियो, ११ वर्षसम्ममा ९५ प्रतिशत ॐकार परिवारले के लछारपाटो लगाए । बरु यो समयमा क्रिस्तानीहरुले चर्चहरु यति धेरै बढाए कि, हिन्दुहरु हेरिरहे मात्र ।
पूर्वराजा जता जान्छन्, उतै माहुरीको रानोलाई घेरेजसरी घेर्छन् आमनागरिकले । तर, त्यो भीड फेरि कुना पस्छ र बिलुप्छ हुन्छ । कहाँबाट आउँछ र कहाँ जान्छ थामिनसक्नुको राजावादीहरुको भीड ? यसको अर्थ राजावादी छन्, हिन्दुवादी त ९५ प्रतिशत नै छन् तर केही प्रतिशत इसाईले हिन्दु र केही प्रतिशत गणतन्त्रवादीले राजतन्त्रलाई किनारा लगाएर छाड्यो ।
हुन त लोकतन्त्र भनेकै अल्पमतले बहुमतमाथि शासन गर्ने व्यवस्था हो । त्यो व्यवस्थाको प्रष्ट चित्र नेपाल बनेको छ । हिन्दुहरुले मिच मार्दा र राजावादीहरुले छाती खोलेर अगाडि आउन नसक्दा पूर्वराजाले यथा स्थान पाउन सकेनन्, हिन्दुत्वमाथि बज्रपात भइरहेको छ । भन्नलाई सधैं यस्तै भइरहदैन भनेर मन बुझाउन सकिन्छ । तर समय घर्केपछि के गर्न सकिन्छ ?
जति प्रदेश बनेका छन्, केन्द्रीय सरकार पनि बनेको छ, सबैतिर उत्तर दक्षिण र पश्चिमाहरुले घेराबन्दी गर्न थालिसकेका छन् । प्रदेश सरकारलाई दिइएको कतिपय अधिकारहरुको कसरी गलत प्रयोग गरिने होला ? यही केन्द्रको संघीय संसदमा आउनेहरुको त हैसियत देखिएको छ भने, प्रदेशमा त झन कतिमा कुरा मिल्ने होला ? भन्नुको तात्पर्य संघीयता चलाउन मुलुकले दात्रिराष्ट्रसँऋालिनुपर्ने अवस्था आइसकेको छ । यो संघीयताका कारणले मुलुकले बेहोर्नुपर्ने सुरक्षा खतरातिर पनि विचार गरौं । भाँडभैलो र रडाको अनि लुछाचुँडीहरुतिर पनि दृष् िदिउँ । यो संघीयतालाइ लिएर अहिलेका कतिपय उपल्लो दर्जाका नेताहरु समेत आश्वस्त छैनन् । विकेन्द्रीकरणलाई सशक्त रुपमा लैजानुपर्छ भन्थे उनीहरु । तर विदेशीका चलखेलर अनियन्त्रित रुपमा सञ्चालित एनजिओ, आइएनजिओको दबाब र प्रभावमा यहाँका नेताजीहरुको पनि कुनै जोड चलेन ।
पूर्वराजाले हालसालै भारतको पुरीमा राजकीय सम्मान पाउँदासमेत यहाँ आपातकालीन बे७क गर्ने  यहाँका एनजीओहरुको मुख्य उद्देश्य नै, गणतन्त्र पछि धर्मनिरपेक्षताको नाममा कृस्तानीकरण गर्ने अनि संघीयताको नाममा यो मुलुकलाई छिन्नभिन्न पार्ने रहेको देखिन्छ । खासगरी उत्तरी मुलुक चीनलाई अहिले र कालान्तरमा दक्षिणी मुलुक, जो अहिले सामरिक रुपमा समेत अगाडि आउन खोज्दैछ, लाई अप्ठेरोमा पार्ने चालबाजी भइरहेको छ ।
यो मुलुकलाई यस्तै गणतन्त्र, धर्मनिरपैक्षता, अनि संघीयताको नाममा खेलाइदैछ । अव यो कुरा बुझेर पनि क्षणिक सत्तासुखका लागि बुझ पचाउने यहाँका उपल्लो दर्जाका नेताहरुलाई सम्झाउन, तिनलाई ठिक साइजमा ल्याउन जनता स्वयम् अग्रसर हुनुपर्ने देखिन्छ । नत्र यो नेपाल भन्ने मलुक बाँचिरहन गाह्रो छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता रहिरहने हो भने अहिले भन्दा पनि अझ बढी संस्थागत हुने हो भने, हेर्दैगए हुन्छ– हाम्रो देशमा बैरीको हुकुम चल्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper