banner
banner

जनताको आस्था बाँकी छ र ?

पदम हमाल -
आइजीपी प्रकाश अर्यालले फेरि पनि भनेका छन्– जनताको आस्था नै प्रहरीको मूलधन हो । सत्य सेवा सुरक्षाको मूलमन्त्र बोकेको प्रहरी उद्देश्यविपरित बदनाम भइरहेको छ र साख बचाउन मुस्कानसहितको सेवामा समेत बल दिएको हो तर प्रहरीले सामाजिकीकरण हुनसकेन । आइजीपीले मीठो भाषणमात्र गरेर के गर्नु ? प्रहरी भनेको त आपराधिक गतिबिधि बढाउने कारखाना पो हुनपुगेको छ । प्रहरीले आत्ममूल्यांकन गर्न जरुरी छ ।
हालैका दिनमा बलात्कारीलाई बचाउने साजिसमा समेत प्रहरी आरोपित छ । बालबलात्कारका घटना बढेको सन्दर्भमा प्रहरी चोखो छेन । कतिपय माफियाकरण र आपराधिक घटनाका सेटिङमा पनि प्रहरी संलग्न भएका घटना सार्वजनिक भइरहेका छन् । हो, केही प्रहरीको गल्ती सबै प्रहरीमाथि खन्याउनु हुन्न, तर गलत गर्ने प्रहरीलाई किन आइजीपी सरुवा मात्र गर्छन् ? यसको अर्थ अर्को ठाउँमा गएर पनि अपराध गर्न छुट दिएको होइन र ? आइजीपीको कथन सत्य छ, शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता र संघीयताको पनि विषय बन्नुपर्छ । प्रहरी कर्मचारीले समय समयमा गर्ने गैरव्यावसायिक क्रियाकलापले संगठनको साख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारबाही गर्न कुनै कसुर बाँकी राखिने छैन । प्रश्न छ, प्रहरी सेवा सुधारमा कतिलाई कारवाही गरियो र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper