banner
banner

ग्रेटर नेपाल कि ....

शाश्वत शर्मा -
देशको एकमुठी माटोको पनि मायाँ हुन्छ, किनकि हामी नेपाली हौं । पराईले हाम्रो माटो कुल्च्यो, लुट्यो भनेपछि हाम्रो रगत उम्लन्छ । यो इतिहास हो, यतिबेला नेपाली राजनीति यसरी पराइकरण भइरहेको छ कि यो राजनीतिले माटो र देशको रक्षा र सुरक्षा गर्छ भनेर विश्वास गर्न मुस्किल छ ।
यस्तो राजनीतिक परिपाटीमा ग्रेटर नेपालको अभियान । राजनीति नै अपवित्र छ, राजनीति नै विदेशीका सामु लम्पसार परेको स्थिति छ, हामीले ग्रेटर नेपाल त परको कुरा, भएको नेपाललाई पनि साबुत राख्न सकेका छैनौं ।
आउँदो चैत २४ गते काठमाडौंको टुँडिखेलमा विशाल भेला हुन गइरहेको छ । प्राप्त जानकारीअनुसार ग्रेटरनेपाल अर्थात विशाल नेपालका नेता एवम् कायृकर्ताहरुले १८१६ को सुगौली सन्धिबाट गुमेको भूभाग फिर्ता लइाउन उक्त भेला गराउन लागेका हुन् ।
के भन्ने ? सुगौली सन्धिपछिको खुम्चिएको नेपाललाई अहिले जोगाउन सकिएको छेन । पछिल्लो समय, अर्थात भर्खरै पनि नेपालको पर्साको ५० बिगाह भूभाग भारततिर गाभिन पुगेको बेला र झापाको दशगजामै भारतले राजमार्ग निर्माण गरिरहेको बेला अव सन १८१६, मार्च ४ मा गजराज मिश्र र चन्द्रशेखर उपाध्याय (नेपालका तर्फबाट) र त्यतिबेला भारतमा राज गरिरहेको बिट्रिस इण्डियाका तर्फबाट लेफ्टिनेन्टकर्नेल प्यरि ब्राड्सले हस्ताक्षर गरेर गुमेको नेपाली भूभाग फेरि नेपालमै फर्काउन एकथरि नेपालीहरु लागेको लाग्यै छन् ।
हो, सुगौली सन्त्रिबाट गुमेको नेपालको भूभाग फिर्ता हुनुपर्छ, यसमा कुनै पनि सच्चा नेपालीको दुईमत छैन  । तर पनि यो अभियान अलि असामयिक र असान्दर्भिक लाग्दैन र ? खासगरी यसका हर्ताकर्ताहरु स्वयम् नै भारतको पिछलग्गु भएको आरोप लाग्नु अनि खास खास मौकामा मात्र यो अभियान सडकमा देखिनुले पनि यो विशाल नेपाल खास उद्देश्य र खास प्रयोजनका लागि नेपाललाई नै थप अप्ठेरोमा पार्नका लागि उठाइएको त होइन ? भन्ने प्रश्न पनि बेला बेलामा उठाउने गरिन्छ ।
अझ एकथरि त यो अभियानलाई उचाइमा पुर्‍याउनु अघि,... भारतीय दूतावासमा पटक पटक ज्ञापनपत्र बुझाउनु अभि, सुगौली सन्त्रिबाट गुमेर भारतमा मिसिन पुगेका तत्कालीन नेपाली भूभागका बासिन्दाहरु, जो अहिले भारतको उत्तराकण्ड, सतलजनदीको पश्चिमतर्फको केही भूभाग (अहिलेको हिमाञ्चल प्रदेश) र नेपालको पूर्वी र मध्य तराई क्षेत्रका धेरै भूभागमा अहिले भारतीय भएर बसिरहेकाहरुको मनसुवा के छ त ? त्यो बुझ्न जरुरी छ भनेर तर्क दिन्छन् । हो, यदि त्यहाँका पूर्व नेपालीहरुको इच्छा पनि नेपालतिरै मिसिने छ भने यो अभियानले सार्थकता पनि पाउन सक्छ । होइन, उनीहरु भारतीय नै भएर बसिरहन चाहन्छन् भने यहाँ काठमाडौंमा उफ्रिनुको कुनै तुक छैन । योलोकतन्त्रको जमाना हो । अव फौज पठाएर वा हस्तक्षेप गरेर कब्जा गर्ने परिपार्टी छँदैछैन । न त एकतर्फी उफ्रिएर (विशाल नेपालको जस्तो) नै फिर्ता हुनसक्छ । हो, ब्रिटिशहरुले भारत छाडेर जानु अघि ती गुमेका भूभागहरु नेपाललाई नै फिर्ता गर्न चाहेका थिए भने त्यो त्यति बेलै सुवर्ण मौका हुनसक्थ्यो । तर अव समय बितिसकेको छ। अर्काथरि बुज्रुकहरु चाहिं सन १९५० को नेपाल भारतीवीचको शान्ति र मैत्री सन्धिले अघिका सन्धि सम्झौताहरुलाई काट्ने भएकाले त्यही सन १९५० को सन्धि अनुसार पनि नेपाली भूभाग फिर्ता हुनुपर्छ भनेर चिच्याउँछन् ।
अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर र तत्कालीन भारतीइराजदूत सीपी सिन्हाद्वाराहस्ताक्षर गरिएको यो सन्धिको आठौं धारामा यो भन्दा पहिले भारततर्फबाट ब्रिटिश सरकार औ नेपाल सरकारबीच भएको सम्पूर्ण सन्धि सम्झौता यसै धाराद्वारा खारेज गरिएको भनी लेख्एिको छ ।
मतलव सन १९५० कोसन्धिले सन १८१६ को सुगौली सन्धिलाई निस्तेज गर्दछ । अर्काथरि बुद्धिजीवीहरु यसै भन्छन् । तर के सम्भव छ ? विशाल नेपालका अगुवाहरु बेला बेलामा चीन भ्रमणतिर गएको पनि देखिन्छ । चीनले पनि मान्ने भो भन्दै तिनले भनेका कुरा पनि मिडियाहरुमा आइ नै रहेको छ । तर पनि भन्नु नै पर्दा, वर्तमान समयमा यो असम्भव नै देखिन्छ । बिशाल नेपालको अभियानलाई तत्कालका लागि थाँती राखेर सुगौली सन्धिपछि नेपालले पाएको जति पनि भूभाग थियो, त्यसमा पनि दक्षिणतिरबाट ७१ ठाउँमा अतिक्रमण भइरहेको छ । त्यसलाई मात्र जोगाउन सके पनि धन्न । कैलालीमा गोविन्द गौतमलाई भारतीयले मार्‍यो, हाम्रो सरकारले भारतसँ चुँ बोल्न सकेन । ग्रेटर नेपालका अभियन्ताहरुले आँधीबेहरी ल्याउनुपथ्र्यो, खोई अभियान ?
राष्ट्रभक्ति नाटक हुनसक्दैन । राष्ट्रभक्तिका लागि एकता चाहिन्छ, हाम्रो एकता कसकसले तोड्यो र एकतालाई अनेकतामा छरपस्ट पारिदियो । चेतना कहाँ छ हाम्रो ? भारततिर गइसकेका पूर्व नेपालीहरु यस विषयमा आन्दोलित छँदैछैनन् र नेपालमा मौसमी आन्दोलन देखिन्छ । दार्जीलिङतिरको आन्दोलन भारतीय महासंघबाट छुट्टिएर नेपालतिर गाभिने हुँदै होइन । जस्तो कि मािथ नै भनियो, त्यस क्षेत्रका बासिन्दाहरुको मनसुवा के छ त ? त्यो महत्वपूर्ण हुनजान्छ । यहाँ केही व्यक्ति आन्दोलित छन् । राजनीतिक दलहरुले यो आन्दोलनलाई बाल मतलव गरेको देखिदैन । लोकतन्त्रमा लोक जाग्नुपर्छ, लोकका प्रतिनिधिहरु जागरुक हुनुपर्छ, अनि देश जुरुक्क उठ्छ । त्यो उठाउने ताकत हामीले बनाउन सकेका छैनौं ।
यसकारण अभियान राष्ट्रवादी हो, तर यो अभियानलाई सुनामी बनाउने ताकत हामी आफैले गुमाइरहेका छौं । यो त बिस्तारवादलाई मद्दत पुग्छ कि जस्तो पो देखिदैछ । सय जना कराएर भारत झुक्ने वाला छैन, सिंगो नेपाली जनसमूहलाई उचाल्नेतिर सार्थक प्रयास भएकै छैन । त्यतातिर लाग्ने कि ...।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper