banner
banner

निरंकूश नेतातन्त्रबाट मुक्तिको संघर्ष

स्वयम्भुनाथ कार्की -
नेपालीहरु विगत लामो समयदेखि निरंकुशताको चपेटामा परेका छन् । केवल रानीको पञ्जापत्रको आधार लिएर एक शताव्दी भन्दा धेरै समय हुकुमी शासन चलाउन सफल राणा परिवार मुखैमा नियम र कानुन लिएर बसेको थियो । मध्ययुगको यो राज्य प्रणाली आधुनिक युगमा विस्थापित हुँदै गएको कुरा पद्मशमशेरले त बुझे तर अन्य राणाले बुझेनन । राणा शासन कायम नै रहेको भए यसवेला श्री ३ हुनेको मनमा मेरो बाजेको पदवी खोस्नेका नातीको पदवी किन भन्ने सोच रहेको भए त्यो अस्वभाविक हैन ।
यस किसिमको सोचको निरंतरता तिर संकेत गर्ने केही प्रसंगहरु छन्, हुनसक्छ यी प्रसंगहरु केवल श्याल कराएको बेला बाख्रा हराएको संयोग मात्र होस । खुकुरीदल भनिएको समुहको नाईके भरत सम्सेरलाई वीपीले गृहमन्त्रीको हैसियतले जेल हाले । भरत सम्सेरका कार्यकर्ताहरु (राजनैतिक दलको रुपमा आएकाले कार्यकर्ता नै भन्नुपर्छ ) आन्दोलित भए । जेल तोडेर भरत सम्सेरलाई निकाले र वीपी माथी ज्यानै जाने किसिमको आक्रमण गरे । कांग्रेसजनहरु यो आक्रमणमा वीपीले साहस प्रदर्शन गर्न नसकेको भए इहलिला समाप्त हुन्थ्यो भन्दैछन् । 
वीपी र राजाको सम्वन्धमा अमिलोपन नआउन्जेल हराउन जेपनि गर्न सक्ने प्रतिद्वन्दी भरतसम्सेर अमिलोपन आए पछि भने कट्टरसहयोगी बने, पछि त दल समेत विलय गराए । वीपी स्वयं चकित परेको राजा र उनको बीचको सम्वन्ध विग्रनुका अनेकौ कारण खोजियो । राजाको महत्वकांक्षा, नेहरुको चालवाजी सबैलाई दोष बोकाउन खोजियो । तर आजसम्म कसैले पनि आफ्नो शासन कांग्रेससंग मिलेर खोसेकोमा राणाहरुले राजासंग लिएको बदला हुनसक्ने संभावनातिर सोचेन । फलत पारंपारिक स्वभाव भनेर निरंकुशताको पगरी राजाहरुलाई भिराएर अरुले नै निरंकुशताको मज्जा लिएको थाहै भएन ।
राजा वा राजसंस्था भन्ने वित्तिकै निरंकुशताको पयार्यवाची बनाईयो । संभवत: यो गणतन्त्रको दशक भोग्न नपरेको भए राजसंस्थाले यो वित्थाको अवगाल हमेशा बोक्नु पर्दथ्यो होला । तर यो दशकमा निरंकुशता कैयौ गुणा बढेर गएकाले विस्तारै सोच्न वाध्य हुनपरेको छ कि यो कहाँ रहेछ ? एक शव्द बोल्दा पनि अरिंगलको गोला चलाए जस्तो अवस्था भोग्नुपरेको पूर्व राजाले यस अवधिमा कुनै किसिमको निरंकुशता देखाए भन्नु हास्यास्पद हुन्छ । त्यति हुँदाहुँदै पनि  निरंकुश व्यवहारले जनता मात्र हैन कार्यकर्ता र पालैपालो विपक्षी हुन पुगेका यिनै नेताहरु पनि नराम्रेरी पिडित छन् । परिदृश्य यही हो ।
यी बर्षहरुमा विकासको नाममा कयौका घर भत्काईयो, यसको कुनै किसिमको सुनवाई भएन । जीवनभर काम गरेर पेन्सन खानेहरुलाई दवाईसम्म गर्नै नपाउने अवस्था पारेर पेन्सन बन्द गरियो । कारण हिसाव नमिलेको देखाईयो, जो हिसावसम्म तिनको पहुँच नै छैन त्यो अपराधमा वृद्ध भएकाहरुलाई मृत्युवरण गर्न पर्ने अवस्था बनाईयो । प्राकृतिक प्रकोपमा परेकाहरुको सहायताको निमित्त आएका सामाग्री सडाएर फालियो । यी सबै वितण्डा मच्चाउँदा कुनै किसिमको अंकुशले काम गरेन । अर्थात नेताहरु निरंकुश भए । पराकाष्ठा नाघ्यो ।
राजालाई निरंशताको आरोप लगाएर नेताहरु स्थापित गर्ने नागरिक अगुवाहरु आज नेताहरुले हाम्रो कुरा मानेनन् भनेर गुनासो गर्दैछन् । अर्थात नागरिक समाज पनि नेताहरुको स्वेच्छाचारितालाई अंकुश लगाउन नसक्ने अवस्थामा पुग्यो । न्यायपालिका अंकुश लगाउने प्रयत्न त गर्दैछ तर उसले दिएको सजाय भोग्नै नपर्ने र नभोगे वापत मानमनितो नपाउने घटनाहरु देखा पर्दैछन् । सर्वोच्च अदालत परिसरमा गएर आफै न्याय दिएर भौतिक कारवाही गर्नेलाई नगरसम्म भन्ने शायद विधि छैन हामीमा । त्यसैले न्यायपालिकाले कडिकडाउ अंकुश लगाउला कि भनेर आशा मात्र गर्न सकिन्छ ।
जनता लगातार सडकमा छन्, तर उनीहरुको त्यो प्रयत्न व्यथ्र्य झै देखिदैछ । बरु महिनौ बर्षौ लगाउने र जनता थकाउने नयाँ औजार नेताहरुको हात लागेको छ । यस्तो अवस्थामा दलहरुलाई अंकुश लगाएर सही काम गराउन सक्ने एकमात्र शक्ति भनेको राजसंस्था नै हो । दलको सट्टा राजसंस्था भन्ने गलत प्रचार भएको छ , राजसंस्था दलहरुलाई सही काम लगाउन हो । प्रजातन्त्रको सट्टा राजतन्त्र हैन, प्रजातन्त्रलाई सही तरिकाले काम गराइने जिम्मेवारी बहन गर्न राजतन्त्र हो । त्यो गलत प्रचार केवल दलहरुले आफ्नो मनोमानी गर्ने दिन समाप्त होला भन्ने आशंकाले गरेका हुन । निरंकुश नेतातन्त्रको समाप्ती  प्रजातान्त्रिक अधिराज्य नेपाल भए मात्र संभव छ । गडवड गरे राजा अंकुशको रुपमा रहने अधिराज्य । यसको निमित्त संघर्ष आजको आवश्यकता हो ।
स्थापना कार्य, प्रतिविऽोह, मानवीय सहायता जस्ता कार्यहरु उदाहरणीय रुपमा गर्दै आईरहेको भन्दै नेपाली सेनाको प्रसंशागरे। सम्मेलनमा सरकारका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी, विभिन्न विषयका विज्ञ, बुद्धिजीवी, सञ्चारकर्मी एवं सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमरत स्वदेशी तथा विदेशी अधिकृतहरूको उपस्थिति थियो।  

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper