banner
banner

बालकृष्णको समर्थनमा माओवादी

धर्मरत्न श्रेष्ठ -
पार्टी र त्यो पनि शासनमा रहेको अथवा शासनमा उक्लने तैयारी गर्न लागेको राष्ट्रिय पार्टीले न्याय, कानुन, शान्ति व्यवस्थाका लागि आवाज उठाउने हो कि अदालतले दण्डजरिवाना दिएको अपराधीको पक्षमा ? माओवादी केन्द्रले यसरी आफ्ना भातृसंगठनहरुलाई सडकमा उतारेर जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई रिहा गर भनेर नाराजुलुस निकाल्न थालेका छन् । यद्यपि चुनावअघि स्वयम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावपछि बालकृष्णका मुद्दामा ध्यान केन्द्रीत गरिनेछ भनेका थिए । चुनाव सकियो, प्रचण्ड आवाज सडकमा आयो ।
केही दिनमै एमालेको नेतृत्वमा माओवादी सहितको सरकार बन्ने तैयारी सुरु भइसकेको छ । संविधानअनुसार राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेकाले अव नयाँ सरकार बन्न बनाउन कुनै छेकाबार बाँकी छैन । निश्चित रुपमा माओवादीसमेत संलग्न हुनेसरकार आगामी ५ वर्षका लागि पूर्ण बहुमतका साथ चल्नेछ । यदि वीचमा कुनै पार्टी पार्टी वीच बिचलन मनमुटाव भएन भने । यो स्थितिमा माओवादी र एमालेले के जनयुद्धकालीन फौजदारी अभियोगलाई समेत आममाफी दिने निर्णय गर्लान् त । प्रचण्डले भनेअनुसार त जनयुद्धकालीन मुद्दाहरु मेलमिलापबाट अन्त्य गरिनुपर्छ । त्यसो भए अहिलेसम्म बेपत्ता र सत्य निरुपणको नाममा के पार्टीहरुले जनताको आँखामा न्याय पाइन्छ भनेर भ्रममात्र हालेका हुन् त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper