banner
banner

अष्ट र राजेन्द्रको न्यायाधीश ओली

धर्मरत्न श्रेष्ठ -
मुख्यमन्त्रीका दावेदार छन् अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । यो ३ नम्बर प्रदेश अर्थात राजधानी क्षेत्रको हो । यी दुईवीच आआफ्ना दावी रहेपछि न्यायाधीश बनेका पार्टी अध्यक्ष केपी ओलीलाई निकै अप्ठेरो परेको छ । पार्टीभित्रको सन्तुलन मिलाउन माधव खेमाका राजेन्द्र पाण्डेलाई अवसर दिने कि एक महिला जो सात प्रदेशमध्ये मुख्य मन्त्री बन्ने दावेदार छिन्, मातृसमूहलाई अवसर दिने ?
केपी ओली माखेसांग्लोमा फसेका छन् । उनले चुनाव गराएर निर्णय गराउने कि पार्टी अध्यक्षको नाताले रुलिङ गरेर निर्णय दिने, दोधारमा छन् ।
हुनेत मुख्यमन्त्रीको दावेदारमा केशव स्थापित, रामेश्वर फुयाँल, पशुपत िचौलागाईहरु पनि देखिएका छन् । मुख्य प्रतिस्पर्धी यिनै दुई हुन् र सर्वसम्मति होस् भन्ने अष्टलक्ष्मीको माँग रहेको छ । राजेन्द्र पाण्डे चुनाव गराऔं भन्दैछन् ।
अव चुनाव गरौं भनेर राजेन्द्र पाण्डे कस्सिएका छन्, ललिङ सुरु गरेका छन् , उनले माधव खेमा त्यागेर ओली खेमामा आउने वचनसमेत दिएका भनिदैछ । यी दुबै एकार्काप्रति आरोप प्रत्यारोपमा पनि उत्रिएका छन् । माघ २४ मा राष्ट्रिय सभाको चुनाव काठमाडौंमा हुनेछ । २६ या २७ गते सभामुख र दलको नेता छानिने छन् । चुनाव नै भयो भने के हुन्छ भन्न सकिन्न । पाण्डेले आफ्नो पक्षमा ५८ मा ३८ मत छ भनेर दावी गरिरहेका छन्, यो मत २८ मा पनि झर्न बेर लाग्दैन भनिदैछ । अष्टलक्ष्मीको आरोप छ– दलको नेताका लागि अराजकता सिर्जना भएको छ, यो राम्रो होइन । यसले नराम्रो चलखेल सुरु हुने देखेको छु । आफूले प्रदेश संयोजक भएर यस क्षेत्रमा दिनरात काम गरेको र निर्वाचनमा समेत राम्रो परिणाम आएको भन्दै उनले नेताहरूलाई यसको मूल्यांकन गर्न आग्रह गरिन् ।
राजेन्द्र पाण्डे चलाख एमाले नेता हुन् । उनी अवसरको लागि जस्तोसुकै खेल खेल्न सिपालु मानिन्छन् । उनले शाक्यलाई हेरेको हेर्‍यै पार्न सक्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper