banner
banner

सीमा मिचिदा मधेसी दलहरु किन मौन ?

सहदेव सिग्देल -
पर्साको छपकैयामा सीमा मिचियो, मधेसी मोर्चा मौन धारण गरेर बस्यो । किन ? सीमा मिचिदा मधेसका जनताको जग्गा भारततिर पारिदा यिनलाई दुख्दैन ? जनताको जमिनसँगै नेपालको स्वाधीनता र सार्वभौमिकता नै भारततिर पारियो, मधेसी मोर्चा जिब्रो तालुमा टाँसेर बस्यो, यस्तो चालाले यो मधेसी मोर्चामा आवद्ध दलहरुलाई नेपाली भन्ने कि नभन्ने ?
हुन त यति नै बेला राजेन्द्र महतो भन्ने नेताले भारत भएन भने नेपालले श्वास फेर्न पनि सक्दैन भनेर अन्तरर्वार्ता दिएछन् । यसको अर्थ भारत माइवाप हो, उसले नेपालमाथि जतिसुकै अतिक्रमण, बलात्कार गरे पनि हुन्छ भन्ने नै हो । जो नेता भारतबाट नेपाल घर रंगाउने काम खोज्दै आए र आज नेपालको नेता बनेका छन् । उनले नेपालको चन्द्रसूर्य अंकित झण्डाको ठाउँमा तिरङ्गा देख्नु स्वभाविक हो । महन्थ ठाकुर पनि मधेसलाई बहुलराष्ट्रवादको नाममा भारतीय करण गर्न उद्दत नेता हुन् । तर मधेसमा अरु पनि दल छन्, राष्ट्रप्रति समर्पित नेता र जनताहरु छन्, तिनले त भारतीय अतिक्रमणको आलोचना गर्नुपर्ने हो । देखिन्न, पटक्कै सुनिन्न, सीमा मिचिदा मधेस मौन छ । के हो यो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper