banner
banner

मदनकुमार दाहालको आशंका

(१) भरखरै सम्पन्न नेपालको निर्वाचनमा साम्यवादी दलहरूको प्रचण्ड विजय र धेरै वर्ष देखि सत्ता शयलमा हाली मुहाली गरेको नेपाली कांग्रेसको शर्मनाक पराजयवाट पश्चिमा शक्ति राष्ट्रहरू र भारत समेतको निद्रा भंग भएको छ । नेपालमा भएको यो अप्रत्यासित राजनैतिक परिवर्तनलाई खास गरी अमेरिका, यूरोपियन यूनियन र भारतले नेपालको चीन संगको वढदो संसर्ग र झुकावको कारणले उनीहरूको ‘ाचभभ त्ष्दभत’ मिशनमा ठूलो धक्का पुग्न गएको महशुश भएको छ। ‘ाचभभ त्ष्दभत’ मिशनमा नेपालका नेता, पदाधिकारी, नागरिक समाज र मानव अधिकारवादी समुहहरू पनि संलग्न रहेकोले चीनले वारम्वार नेपाल समक्ष आपत्ति गरेको छ ।
(२) यसरी नेपालमा तिव्र रूपमा भएको अप्रत्यासित राजनैतिक समिकरणलाई पश्चिमा शक्ति राष्ट्रहरू र खास गरी भारतले स्वीकार्न नसक्ने संकेत गरेकोले नेपालमा हालै भएको निर्वाचनमा वाम(गठवन्धनको ऐतिहासिक विजय र आसन्न एकताको प्रकृया सहज ढंगले सम्पन्न गर्न चुनौतिपूर्ण रहेको छ । एकता भएर सरकार वने पनि त्यो सरकार दीर्घायू नहुने र त्यो सरकार ’राडार’ (च्बमबच) संग सम्पर्क टुटन गै दुर्घटना भएको जहाज जस्तो भयावह परिणाम पनि हुन सक्छ। किनभने आज सम्म माओवादीहरूले १२ वुंदे संझौता र त्यस पश्चात हत्या, हिंसालाई त्यागेको भन्ने कतै सम्पुष्टि नभएको, तथाकथित जनयुद्धमा मारिएकाहरू प्रति शोक प्रकट नगरेको र जनयुद्ध एउटा भयानक गल्ति थियो भनेर राष्ट्र र जनता सम्मुख क्षमा प्रार्थी नभएको तथा एकताको वेला हतारोमा वलजफ्ति गरिएको पद वाडफांडको प्रकृयामा दुवै तर्फका असंतुष्ट नेताहरूको कारणवाट समेत कुनै पनि वेला एकता भांडिने र विष्फोट हुनसक्ने दुवै पक्षका नेताको वयानवाट स्पष्ट हुन्छ ।
(३) एकातिर माओवादीलाई भारतले अन्तरराष्ट्रिय अदालतको भूत देखाएर टाउको माथि “ड्यामोक्लसको तरवार’ (म्बmयअभिक’ क्धयचम) झुण्ड्याएकोले सदाको निमित्त अस्तित्व समाप्त हुने डर, त्रास र भय तथा अर्को्तिर एमालेलाई चुनावमा एक्लै भाग लिंदा वहुमत नआउने र फेरि कांग्रेसले अनन्तकाल सम्म मुलुकमा रजाई गर्ने मनोवैज्ञानिक हीनताले यो एकता संभव हुने देखिन्छ। वामपन्थीहरूको गठवन्धन र संभावित एकताको संदर्भमा कसैले नसोचेको परिणाम आउन सक्छ र त्यो के भने वाह्य षडयन्त्र र आन्तरिक कलहको परिणाम स्वरूप एमाले दल चिराचिरा वनेर यसको अस्तित्व जोखिममा पर्न सक्ने छ। यसको अर्थ नेपालमा प्रजातन्त्रको नाउंमा नेता र कर्मचारीले जनताको आंशु, पसिना र रगतले सिंञ्चित राजस्व लुटेर खाने भ्रष्ट्राचारीको घेरा भित्र रहेको संसदीय शासन प्रणाली र अत्यन्त मुलुकमा प्रतिपादित घोर मंहगो संघीयता असफल हुन सक्छ । फेरि एउटा झञ्झावात आउन सक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper