banner
banner

राजधानीसम्मै बाघका छाला, हड्डी

धर्मरत्न श्रेष्ठ -
राजधानीको नयाँसडकमै बाघका छाला, चितुवाका छाला झोलामा हालेर बेच्न हिडेका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीका महेशराज औजी, जनक महरा र सुरेन्द्र दयाल रहेको प्रहरीले बताएको छ । चितुवा र बाघका छाला बैतडीबाट ल्याएको खुलिसकेको छ । यसको अर्थ पहाडमा बाघ, चितुवा असुरक्षित छन्, मार्छन् बढी पैसाका लागि राजधानीमा ल्याएर बेच्ने गरिएको छ ।
यसैवीच तनहुँको आँबुखैरनीमा बाघको छाला र हड्डीसहित इतबहादुर घले र भीमबहादुर तामाङ पक्राउ परेका छन् । सिआइवीको टोलीले अरु नै कामका सिलसिलामा बाघको छाला र हड्डीसहित यिनलाई पक्राउ गरेको हो ।
उता बाघ गणनाकार्य भइरहेको छ, स्थानान्तरणका काम पनि भइरहेको छ र बाघको संख्या बढाउने उपायको खोजी पनि सुरु भएको छ । यता बाघको छाला, हड्डी बिक्री वितरण गर्न व्यक्तिहरु हिडेका छन् । यिनीहरु पनि राजधानी अउने क्रममा पक्राउ परेका हुन् । यसबाट के देखिन्छ भने जतिसुकै प्रचार गरेता पनि नेपालका वन्यजन्तुको स्थिति जोखिममा छ । सिकारीहरु वन्यजन्तु मारेर बिक्री वितरण गरिरहेका छन् । एकातिर जंगल फाँडेर वस्ती बसाल्ने र राजनीतिक लाभ लिने, अर्कोतिर वन्यजन्तुको चोरी सिकारीमा राजनीतिक दलहरुको संरक्षण रहने, यसले वन्यजन्तुको सुरक्षामा गम्भीर प्रश्नचिन्ह उठ्न पुगेको देखिन्छ ।
आजसम्म गैंडा मारियुन् कि बाघ, कि अरु वन्यजन्तु, यदाकदा सिकारी पक्राउ पर्छ, सिकार गर्न लगाउने मालिक पक्राउ पर्दैन । भरिया पक्राउ परेपछि मिलोमतोमा मुद्दा दबाउने प्रपञ्चमा सुरक्षा निकायसमेत लाग्ने गरेको छ जसका कारण असली वन्यजन्तुको सिकारी कहिले पनि पक्राउ पर्ने गरेको छैन । योभन्दा दु:खद र कानुनको परिपालनामा कमजोरी अरु के हुनसक्ला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper