banner
banner

प्रधानन्यायाधीशमाथि नैतिक संकट

पदम हमाल -
आफैले खटाएको बेञ्चबाट प्रधानन्यायाधीशका नागरिकता, शैक्षिक प्रमाणपत्र, न्यायपरिषदका निर्णयहरु झिकाउने आदेश भएपछि सातो गएका प्रधानन्यायाधीश सुरक्षित अवतरणको बाटो खोज्न थालेका छन् । यद्यपि यो आदेशपछि प्रन्या गोपाल पराजुलीले राजीनामा दिइसक्नुर्ने थियो । नेपालमा राजनीतिक, प्रशासनिक, सुरक्षा निकाय र न्यायालयजस्ता संवैधानिक अंगमा समेत नैतिकताको खडेरी छ ।
झ्याइ झ्याइ प्रचार छ– प्रधानन्यायाधीश अदालतको आदेश मान्दैनन् । सर्वोच्च अदालतकै आदेश प्रधानन्यायाधीश मान्दैनन् भने अरु कसले मान्ने ?
संसदीय समितिले त छानबिन गर्न आवश्यक ठानेन, अव के को छानबिन, भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले आफैलाई दूधले नुहाएको साबित गरिरहेका छन् । जब कि समाजमा उनको नैतिकताको मापन हुनथालेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर घटाउनकै लागि अर्को नागरिकता प्रमाणपत्र लिएको तथा एसएलसी पास समेत् नगरेको भनि डिभिजन बेञ्चमा सवाल उठेकोले उहाँको नगरिकताका प्रतिलिपिहरु र एसएलसी प्रमाणपत्रको प्रतिलिपि पेश गर्न समेत गत बुधबार आदेश भएको थियो ।
उनको बहुविवाह भएको, दुईथरि नागरिकता र योग्यताको प्रमाणपत्रमा खोट देखियो भने नेपालको इतिहासमै यो कालखण्ड कालाम्मे हुनेछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हाजिर जवाफको सनसनीखेज जवाफ बन्न पुग्नेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper