banner
banner

विदेशी ताकतलाई रोक्ने ढाडमा हाड छ ?

शाश्वत शर्मा -
सामान्यताया लोकतन्त्र भनाउँदो शासन प्रणालीमा बहुमत प्राप्त राजनीतिक दल वा बहुमत प्राप्त त्यस्ता गठबन्धन, जो निर्वाचनमा एक भएर जनतासँग मत माँग्न गएका थिए, उसैले सरकार निर्माण गर्न पाउनुपर्ने हो । यहाँ...। विपक्षमा बस्ने जनादेश पाएको दलले सरकारको नेतृत्व गर्न पुग्छ । अझ संसदमा तेश्रो ठूलो दल भइटोपलेको राजनीतिक दलले सरकारको नेतृत्व लिन पुग्छ । किन त ? ...किनभने यहाँ स्वचालित केही पनि छैनन् । सबै सञ्चालित छन् । अव सञ्चालित भइसकेपछि जसको हातमा रिमोट छ, उसले जस्तो बटन दबायो त्यस्तै गर्नु परिहाल्छ ।
अव सरकार निर्माणको त कुरै छाडौं, बहुमत पाएर सत्तामा पुगेको राजनीतिक दल, जसको एकमना सरकार छ, त्यसले पुरै पाँच वर्ष शासन गर्न पाउँदैन र मध्यावधि चुनाव गराउनु पर्ने अवस्थामा पुग्छ । हो, त्यस्तो मुलुक हो यो । विचार गर्दा, बहुमत आए पनि हुँदैन यहाँ । विदेशी रिमोटले कुन कुन दलवीच एकता गराइदिएर सत्तामा पुर्‍याइदिन्छ ? ...त्यो थाहै हुन्न । अव अहिलेकै कुरा गरौं । सामान्य हिसावले बुझ्दा पनि एमाले प्रमुख दल बनेको छ, साथै माओवादी केन्द्रसँगको एकता नहुँदै चुनावी तालमेलले यो वामगठबन्धनब हुमतमा छ । ..तर हिसावको कुरा गर्दा पनि एमालेले प्रधानमन्त्री र वाम गठबन्धनले सरकार पाउनु पर्ने हो तर पर्दा पछाडि विभिन्न खेल भइरहेका छन् ।
चीनद्वारा निर्माण गरिएको भनेर प्रचारमा आएको वामगठबन्धनलाई छिन्नभिन्न पार्न नेपालका लागि वर्तमान भारतीय राजदूत मञ्जिवसिंह पुरी व्यग्रताका साथ काठमाडौं, दिल्ली गरिरहेका छन् भन्ने समाचार छ । जसरी हुन्छ, ठूलो दल एमाले र त्यसका अध्यक्ष ओलीलाई सरकारबाट र प्रधानमन्त्री हुनबाट अलग्याउने उनको ध्येय रहेको विभिन्न सञ्चारमाध्यमहरुमा बताइँदै छ ।
अव समाचारमा त के नेपालको सरकार निर्माणकै विषयलाई लिएर भारतीय विदेश मन्त्रालयका नर्थ हेस्क प्रमुख नै काठमाडौं आएर कुराकानी गरेर सल्लाह दिएर फर्केका छन् ।
त्यसैको फलस्वरुप ओलीको बदला तेश्रो ठूलो दलका अर्थातमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम पनि प्रधानमन्त्रीको लागि चर्चामा ल्याइँदै छ । प्रचण्डलाई कांग्रेस र मधेसवादी दलहरुले सबैको साथ दिलाएर प्रधानमन्त्री बनाउने प्रपञ्च रचिएको राजनीतिभित्रका विश्लेषकहरुको ठम्याइ छ । अर्थात एमाले र केपी ओलीलाई सत्तामा जानबाट रोक्ने ।
एकथरि भन्छन्, अहिलेसम्म नेपालीहरुले सिंहदरवारका लागि विदेशीहरु खासगरी भारतले चलखेल गरिरहेको देख्या छन् । अव हेर्दै गए हुन्छ, केही वर्षपछि प्रदेश सरकारका लागि भारतीयहरुले थप मिहिनेत गर्नुपर्ने हुन्छ । खासगरी प्राकृतिक स्रोतहरु मनग्गे भएका नेपालका प्रदेश अनि चीनसँग सीमा जोडिएका प्रदेशहरुमा आफ्नो सरकार निर्माण गर्नु भारतीइहरुले थप दौडधुप गर्नुपर्ने हुन्छ । अव उता चीनसँग जोडिएका प्रदेशहरुमा अमेरिकन र युरोपियनहरुको त्यत्ति नै चेलखेल भइरहेको छ ।
मतलव अव केन्द्रमा मात्रै कि प्रदेशतिर पनि खट्नुपर्ने हाम्रा छिमेकी मित्रराष्ट्र र अन्य शक्तिशाली राष्ट्रहरुलाई । अव सम्झिउँ, हाम्रो हालत के होला ? प्रदेश, प्रदेशमा तानातान, छिनाझप्टी, एक अर्का बैरभाव । सातवटै प्रदेशमा राजनीतिक रडाको । मुलुक छिन्नभिन्न । यो त पक्का छ । एक त खर्चिलो शासन प्रणाली, त्यसमाथि राजनीतिक अस्रिता । के होला यो मुलुकको हालत ?
...सम्झिदा पनि कहाली पो लाग्छ । अव यतातिर विचार गर्ने फुर्सद नेपालीलाई कहाँ छ र ? जेसुकै होस्, जस्तोसुकै होस्, मत खसालेर जनताले त आफ्नो दायित्व पूरा गरिहाले । अव नेताजी र विदेशीहरुले पूरा गर्छन्, कसो ? विदेशी ताकतलाई रोक्ने र स्वाधीनताका पक्षमा उभिने ढाडमा हाड भएको नेता कुन छ र  हामीले सबै नेताको परीक्षण गरिसकेका छौं । यी तिनै नेता हुन् जसले बाह्रवर्षदेखि हाम्रो थाप्लोमा घिरिङ खेल्दै आएका हुन्, अव के के नौटंकी तमासा देखाउने हुन् भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper