banner
banner

कृषि व्यवसाय र कृषि व्यवसायीको अवहेलना किन ?

स्वयम्भुनाथ कार्की -
केही दशक पहिले नेपाल धेरै कृषि उत्पादनमा आत्मनिर्भर थियो । आत्मनिर्भर मात्र होईन धेरै उत्पादहरु निर्यात पनि गरिन्थ्यो । किशोर र युवा अवस्थामा भएकाहरुलाई यो कुरा अचम्म लाग्न सक्छ, तर चालीस पचासको उमेरका व्यक्तिहरुले त आफ्नो वाल तथा किशोर अवस्थामा देखेकै कुरा हो । विराटनगरको रानी क्षेत्रबाट आफ्नो राजनिति शुरु गरेर मुलुक हाुकेका धेरै नेताले यो संसारबाट बिदा लिईसकेका भए पनि शुन्य भएको छैन । यसको अर्थ आजको नेपालको राजनितिमा केन्द्रिय भुमिका भएका नेताहरुमा मिल्स एरिया रानीमा दिक्षितहरुको प्रतिनिधित्व कायमै छ । तर, रानीले भने आफ्नो औद्योगिक परिचय लगभग गुमाई सक्यो भन्दा हुन्छ । मुलुकको कृषि उत्पादन प्रशोधन गर्ने उद्योग मिल्स एरियाको प्रमुख उद्योग थिए । 
जुट, उखु जस्ता कृषि उत्पादमा आधारित उद्योगहरु विराटनगर मिल्स एरियाका प्राण थिए भने धान चामल तराईसंग जोडिएका हरेक अञ्चलबाट विदेश निकासी हुन्थ्यो । यसैमा आधारित भएर अञ्चलै पिच्छे अञ्चलकै नामले धानचामल निर्यात कम्पनी पनि अस्तित्वमा थिए । तर आज मुलुक कुनै पनि कृषि उत्पादमा आत्मनिर्भर छैन । कृषि उत्पादसंग जोडिएका उद्योगले प्रसिद्धि पाएका महत्वपुर्ण औद्योगिक शहरहरु आफ्नो औद्योगिक परिचय गुम्दै गएर मृत्युशैयामा परेको छटपटाहटमा छन । नेपालका सबै जसो उद्योगहरु विदेशबाट आयातित कच्चा पदार्थमा निर्भर छन । कुनै पनि कृषि उत्पादमा मुलुक आत्मनिर्भर छैन । संग्रिल्लाको रुपमा परिचित यो प्रकृतिक विविधताले भरिपूर्ण मुलुकमा आयको निमित्त अव केवल आफ्नो सुन्दरता प्रर्दशन गर्नु तथा अर्काको मुलुकमा गएर निम्न कोटीको श्रम गर्नु सिवाय अर्को विकल्प रहेको छैन ।
ससाना घरेलु उद्योगलाई विस्थापित गर्दे ठूला उद्योगको स्थापनाले औद्योगिक विकास नभएको भने होईन । तिब्बतियन शिप, तिब्बतियन वा अस्ट्ेरलियन ऊनमा नेपालको भुमि र हातले औद्योगिक उत्पाद निर्यातको बाटो देखाएको कार्पेट उद्योग स्वयं उद्योगीहरु कै नजरमा रुग्ण उद्योग भएको छ । कपडा, मेसिन, डिजायन विदेशी नेपालीको केवल श्रम भएको गार्मेन्ट उद्योग आयात गर्ने मुलुकले सुविधा नदिदैमा खण्डहर बन्दैछ । यत्रो औद्योगिक विकासले मुलुक आत्मनिर्भर बन्दै जानुको सट्टा झन पर निर्भर बन्दै जादैछ । आकार र व्यबसायिक कारोवारको मात्राले औद्योगिकिकरण भएको भने पनि प्रभावको रुपमा यस औद्योगिक विकासलाई विकासको रुपमा लिन सकिन्छ वा सकिदैन यो वेग्लै चर्चाको विषय हुन्छ ।
विराटनगर मिल्स एरियकाको अस्तित्व विनासको खतरा होस वा कार्पेट उद्योगको चिच्याहट, यो सबैको कारण भने केवल एउटै छ । उत्पादनको प्राथमिक साधन, धेरै जसो औद्योगिक कच्चा पदार्थ तैयार गर्ने कच्चा पदार्थको प्रारंम्भिक उत्पादन कृषिबाटै हुन्छ । कृषि उत्पादन कृषि व्यवसायबाट कृषि व्यवसायीले गर्दछ । कृषक वा भुस्वामी नभनेर कृषि व्यवसायीलाई व्यवसायीको रुपमा नहेरुन्जेल यो अबस्था सुधार नहुने मात्र होई बरु ओरालो लाग्ने क्रम अझ तिव्र हुन्छ । कृषक र कृषिकर्मलाई जे संज्ञा दिए पनि वास्तवमा यो आधारभुत उद्योग हो र यसमा संलग्नहरु पनि उद्योगी र मजदुर हुन । अन्य उद्योग भन्दा यस उद्योगको स्थान महत्वपुर्ण तथा उच्च छ किनभने यो उद्योग नै सबैको अन्नदाता हो । पेट भर्न नोटका विटा, बहुमूल्य सामान टोकेर हुँदैन । कृषि बाहेक अरु कुनै माध्यमले पेट भर्ने अन्न पैदा गर्न सक्दैनन् । 
मान्छेलाई नभई बाुच्नै नसक्ने हरेक बस्तु कृषि उद्योगले पैदा गर्दछ ।  दाना, नाना र छाना कृषि बाहेक अन्य कुनै उद्योगले एक्लैले दिन सक्दैन । अझ दाना त कृषि बाहेक अन्य उद्यागेले दिनै सक्दैन । तर कृषि उद्योगले दाना, नाना र छाना तिनै बस्तु एक्लैले दिन सक्छ । कृत्रिम रेशा नभए पनि कपास, अल्लो, रेशम वा ऊन जस्ता नानाको कच्चा पदार्थ, अनि बाुस, काठ तथा खर पराल जस्ता छानाको न्युनतम बस्तुहरु कृषि उत्पाद कै परिणाम हुन । यो सबै उत्पादमा ह्रास आउनुको एकमात्र भुमि सुधारको नाममा गरिएको कृषि उद्योग माथिको मनोमानी नै हो भन्न नहिचकिचाए हुन्छ । कृषि उत्पादमा बृद्धि भए मात्र मृतप्राय भएका नेपालका गौरव सरहका उद्योगहरु फेरी संचालन हुन सक्छन् । मुलुकले कमाउन सुन्दरताको प्रर्दशन वा नागरिकहरु निकृष्ट श्रमिकको रुपमा विदेश पठाउने मात्र विकल्प रहदैन । तसर्थ नेपालको गौरव पुर्नस्थापना गर्न अन्नदाताको रुपमा रहेका कृषि उद्योगी र कृषि उद्योगको सम्मान नै एकमात्र बाटो हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper