banner
banner

मानवाधिकार स्तम्भको यस्तो बेहालत

पदम हमाल -
हामीले खडा गरेको मानवाधिकार स्तम्भको यो कन्तबिजोग । स्तम्भको यो बेहालत छ भने देशमा मानवाधिकारको स्थिति कस्तो होला ?
दण्डहीन मुलुक भनेर विदेशीले भन्ने गरेका छन् । १२ वर्ष भयो जनयुद्ध समाप्त भएको र संक्रमणकालीन न्याय व्यवस्थापनमा देश लागेको । जो दण्डित हुनुपथ्र्यो, उसैको हातमा सत्ता गइरह्यो र चलिरह्यो । अरुले दण्डहीनताको अन्त्यका लागि जति कराए पनि काग कराइरह्यो, पिना सुकिरह्यो । खुइलिएको  जिर्ण मानवाधिकार स्तम्भ र देशको मानवाधिकारको स्थिति उसतै उस्तै छ ।
संयुक्त राष्ट्रसंघले मकवानपुर, नामटारमा यो स्तम्भ बनाएर यस मानवअधिकार स्तम्भमा विश्वव्यापी घोषणापत्रको पूर्ण पाठ लेखाएको थियो । नेपाल सरकारले बेवास्ता गर्दा स्तम्भ त देखिन्छ तर घोषणापत्र खुइलिसकेको छ । न्याय व्यवस्था ध्वस्त पारेर मानवाधिकार खुइल्याउने काम राज्यले गरेको छ । राज्य जो वामपन्थीको हातमा जाँदैछ, तिनले दण्डहीनताको अन्त्य के गर्लान र ? किनभने तिनीहरु सबै हिजोका घटनालाई फासफुस पार्न खासखुश गर्नथालिसकेका छन् ।
कतै यहीकारणले हाम्रो देश असफल राष्ट्र हुने त होइन ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper