banner
banner

यिनलाई नेपालतारा बुहारीलाई सभासद

पदम हमाल -
स्वावास अयोधी प्रसाद यादवजी, जसले आमनिर्वाचन सम्पन्न गराउने तरखर गर्दैछन् । अव राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि ५ वर्षका लागि हुने आवधिक निर्वाचन सम्पन्न हुनेछ ।
र, अर्को निर्वाचनका लागि तैयारीहरु सुरु हुनेछन् । संविधान जारी भएपछिको संविधान कार्यान्वयन हुन नसकिरहेको स्थितिलाइ चिर्दै निर्वाचन सम्पन्न गराउनु ठूलै काम हो । अव मुलुक आर्थिक समुन्नतिको राजमार्ग खन्नेतिर लाग्नेछ । संक्रमणकालको अन्त्य गरेर उन्नतिमा लाग्नु भनेको स्थिरता हो र मुलुकले स्थिरता खोजेकै हो, निर्वाचन परिणामले वाममोर्चालाई बहुमत दिएका यसैले हो ।
तर, आफन्तलाई क्रेन लगाएर तान्ने प्रवृत्तिको अन्त हुनसकेन । साला, साला, छोरा, बुहारी, गर्लफ्रेण्ड, सम्धी सम्धिनीसम्मलाई समानुपातिक भन्ने एउटा बाटो राखेर दलहरुले गर्नूसम्मको भ्रष्टाचार, अनैतिकता गरेका छन् ।
यी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छोरा अशोक यादवकी श्रीमती प्रमिला कुमारी यादवलाई माओवादी केन्द्रबाट सभासद बनाएका छन् । गजव त के पनि छ भने छोरा बुहारी सँगै बस्दैनन् भनेर यिनले ढाँटे । बुहारीलाई सभासद बनाउन यहाँसम्मको ढाँटन् प्रचण्डल व्यापारीमा कर छल्न देखिएको थियो, अव प्रमुख निर्वाचन आयुक्तकै परिवारमा पनि देखियो । यिनकी बुहारी २ नम्बर क्षेत्रबाट सभासद बनेकी छिन् । यिनलाई नेपाल सरकारले दिने नेपाल तारा, यिनले बुहारीलाई सभासदको पदवी, उस्तै उस्तै सम्मान भएन त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper