banner
banner

चुनाव हारेपछि पनि धमाधम नियुक्ती ?

धर्मरत्न श्रेष्ठ -
बर्दिया नीकितादेखि संगीतासम्म देउवा सरकारको नियुक्ति धरापमा
सबै राजनीतिक नियुक्ति खारेज हुन्छन्( एमाले महासचिव
६ पुस, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु गरेदेखि मतपरिणाम आइसक्दासम्म करिब एक दर्जनभन्दा बढी व्यक्तिलाई देउवा सरकारले राजनीतिक नियुक्ति दियो । तर, चुनावपछि एमालेको सरकार बन्ने अवस्था आएकाले कामचलाऊ सरकारबाट नियुक्ति खानेहरुको पद धरापमा पर्न लागेको छ ।
कामचलाउ सरकारले गरेका राजनीतिक नियुक्तिहरु नयाा बन्ने सरकारले नमान्ने र सबै खारेज गर्ने चेतावनी एमाले महासचिव ईश्वर पोखरेलले दिएका छन् ।
पोखरेलले अनलाइनखबरसाग भने( निर्वाचन आचारसंहिता लागु भएपछि पनि धेरै नियुक्ति भएका छन् । चुनावपछि समेत निर्लज्ज ढंगले कार्यकर्ता भर्ती गरिएको छ, ती सबै निर्णय नयाा सरकारले खारेज गर्नेछ ।
क(कसको पद धरापमा ?
निर्वाचनको परिणाम सार्वजनिक हुादा कांग्रेस प्रत्यक्षतर्फ तेस्रो दल बनेको छ । तर, सरकारले चुनाव हारिसकेपछि पनि गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई ४ वर्षका लागि नियुक्त गरेको छ । त्यस्तै चलचित्र विकास बोर्डको अध्यक्षमा नीकिता पौडेललाई चार वर्षकै लागि देउवा सरकारले नियुक्त गरेको छ ।
केही दिनअघिमात्रै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुन:नियुक्ति दिइएको छ । यी तीनवटै नियुक्ति सञ्चारमन्त्री मोहन बस्नेत सिन्धुपाल्चोक १ बाट पराजित भएपछि गरिएका हुन् ।
सरकार कामचलाऊ भइसकेपछि नियुक्ति पाउने अर्का भाग्यमानी व्यक्ति हुन् दक्ष पौडेल । उनी राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । बाग्लुङका कांग्रेस कार्यकर्ता पौडेललाई प्रधानमन्त्री पत्नी आरजु देउवाको दबावमा नियुक्त गरिएको स्रोतको दाबी छ ।
देउवा सरकार कामचलाउ भइसकेपछि नवगठित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई नियुक्त गरिएको छ । यो निर्णय अहिलेसम्म सार्वजनिक नगरिए पनि स्वास्थ्यमन्त्री दीपक बोहोराले जाादाजाादै आर्थिक लेनदेनमा यो निर्णय गराएको सूत्रको दाबी छ ।
त्यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी डा.गोविन्दराज पोखरेल चुनाव लड्न गएपछि राजिनामा दिएर खाली भएको ठाउामा युवराज भुसाललाई नियुक्त गरिएको छ । कांग्रेस नेता रामचन्ऽ पौडेलका सम्धी भुसाललाई सरकारले बााकी कार्यकालका लागि भनेर नियुक्त गरेको हो ।
त्यस्तै प्राधिकरणकै बाढी तथा डुबान नियन्त्रण आयोजना भन्ने नयाा संरचना स्थापना गरेर सो पदमा मोरङका कांग्रेस कार्यकर्ता सुमन कर्णलाई नियुक्त गरिएको छ । यसबीचमै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्ऽराज बस्नेतलाई नियुक्त गरिएको छ । बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री वीरवहादुर बलायरको प्रस्तावमा नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper